×

NMB BANK
NIC ASIA

परराष्ट्रमन्त्री ज्ञवालीले भने- प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक

असार ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बेइजिङ, चीन, ९ असार- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको चीन भ्रमण सौहार्द र निकै उपलब्धिपूर्ण तथा प्रेरणादायी भएको बताएका छन् । 

भ्रमणका क्रममा बेइजिङको कार्यक्रम सकेर प्रधानमन्त्री केपी शर्मा ओली ल्हासा आउने क्रममा सञ्चारकर्मीसँग मन्त्री ज्ञवालीले नेपालमा उपलब्ध भएका पछिल्लो राजनीतिक परिवर्तनलाई चीनले खुलेर प्रशंसा गरेको बताए ।

Muktinath Bank

प्रधानमन्त्रीले अगाडि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई साकार पार्न चीनको सदा साथ रहने बलियो विश्वास चिनियाँ नेतृत्वले प्रकट गरेको भन्दै उनले पारस्परिक हितका सम्बन्धमा खुलेर छलफल भएको जानकारी दिए ।

सम्झौताभन्दा पनि मित्रता महत्वपूर्ण हुन्छ भन्ने प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै मन्त्री ज्ञवालीले त्यस अर्थमा भ्रमण निकै महत्वपूर्ण रहेको निष्कर्ष निकाले । नेपालले प्राथमिकतामा राखेको योजनामा साथ र सहयोग दिने विश्वसनीय आधार दिएको बताउँदै उनले, “यस भ्रमणबाट हामी सन्तुष्ट छौँ, खुशी छौँ ।” 

चीनसँग भएका सम्झौता र संयुक्त प्रेस विज्ञप्तिमा परराष्ट्रमन्त्री ज्ञवालीले समझदारीपत्रमा भएका हस्ताक्षर निकै महत्वपूर्ण भएको चर्चा गरे । यसपटक नेपाल सरकारले सबैभन्दा बढी प्राथमिकतामा राखेको विषय ट्रान्सहिमालयन बहुआयामिक यातायात सञ्चालनभित्र जोडिनुपर्छ र त्यसभित्र रेलमार्ग, सडक, हवाई क्षेत्र, अन्तरदेशीय प्रसारण उच्च प्राथमिकतामा हुन्छन् भनेर नेपालले पहिल्याएको र चीनले पनि सोहीरुपमा सहयोग गर्ने विश्वसनीय प्रतिबद्धता व्यक्त गरेको उनले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिनियाँ पक्षबाट आफूले पाएको जानकारीअनुसार आउने अगष्टसम्म रेलको सम्भाव्यता अध्ययन सकिने बताउँदै मन्त्री ज्ञवालीले भौगर्भिक अवस्थाका कारण थप अध्ययन आवश्यक रहेको जानकारी दिए । उनले नेपाल रेलमार्गसँग जोडिने विषयमा कुनै शंका नगर्न आग्रहसमेत गरे ।

नेपाल र चीनबीचमा विभिन्न तहको स्थायी संयन्त्र बन्ने र त्यसले दुई देशबीचको पारस्परिक सम्बन्धलाई नियमितरुपमा समीक्षा गर्ने बताउँदै मन्त्री ज्ञवालीले यस संयन्त्रले सहयोगका नयाँ क्षेत्रको अन्वेषणसमेत गर्ने बताए । उनले दुई देशबीचमा भएका सम्झौता र कार्यान्वयनका लागि आवश्यक वातावरण मिलाउने र समस्या आए सुल्झाउने उल्लेख गरे ।

त्यसैगरी परराष्ट्र मन्त्रालयस्तरको तीन तहको नियमित संवादको समेत अर्को समझदारीपत्रमा हस्ताक्षर भएको जानकारी दिँदै उनले अबका दिनमा परराष्ट्रमन्त्री, परराष्ट्र सचिव र सहसचिव तथा महानिर्देशक तहमा नियमित संवाद हुने बताए ।


Advertisment
Nabil box
Kumari

यस्ता संयन्त्रले नेपाल–चीनका समग्र पक्षआई आवधिकरुपमा छलफल गरेर अगाडि बढाएर लैजाने बताउँदै उनलेले विकास निर्माणका तहमा परराष्ट्र सचिव र चिनियाँ राजदूतबीचको संयन्त्रले स्थायीरुपमा नै काम गर्ने बताउनुभयो । मन्त्री ज्ञवालीले दुई देशबीचको संयन्त्र निकै प्रभावकारी रहेको दाबीसमेत गरे ।

जलस्रोतको क्षेत्रमा नेपालले चार तवरले सहयोगलाई अगाडि सारेको भन्दै उनले अन्तरदेशीय विद्युत् प्रसारण लाइन, साझा लगानी, आवश्यकताअनुसार दुई देशबीच विद्युत्को व्यापार र नेपालको ऊर्जा क्षेत्रको अध्ययन तथा विकासका निम्ति अध्ययन गर्ने विषयमा सम्झौता भएको बताए ।

Vianet communication
Laxmi Bank


प्रसारण लाइन निर्माणमा हासिल गरेको दक्षता र साधन तथा स्रोतबाट नेपाल लाभान्वित हुन खोजेको भन्दै त्यसले ऊर्जाको क्षेत्रमा पारस्परिक सहयोग गर्ने मन्त्री ज्ञवालीले जानकारी दिए । उनले सिचुवान प्रान्तमा महावाणिज्य दूतावास खोल्ने सम्झौता भइसकेको उल्लेख गर्दै पारस्परिक सहयोगको हिसाबले त्यो निकै महत्वपूर्ण हुने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x