×

NMB BANK
NIC ASIA

आफ्नो व्यवसाय छोडेर जनताको काममा व्यस्त वडाध्यक्ष

असार ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बेनी, म्याग्दी, ९ असार - म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीका वडाध्यक्ष पदम पुन आफ्नो व्यवसाय छोडेर जनताको काममा व्यस्त हुुनुहुन्छ । 

स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित हुँदा गाउँको विकासमा अपेक्षा गरेअनुसार काम नहुने धेरैको अनुमान थियो । 

जिल्लाका ठूला राजनीतिक दलका उम्मेदवारलाई समेत पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका बेनी नगरपालिका–३ भकिम्लीका पदम पुन गाउँमा लोकप्रिय हुनुहुन्छ । 

बिहानदेखि बेलुकीसम्म जनताको सेवामा सक्रिय रहनुभएका पुनले आफूले शुरू गरेको बाख्रापालनलाई समेत समय दिन सक्नुभएको छैन । बेनी नगरपालिकाभित्रका वडामा सबैभन्दा बजेट कार्यान्वयन तथा योजना सम्पन्नमा समेत भकिम्ली अग्रस्थानमा छ । वडावासीको दैनिक काम, निर्माणाधीन अवस्थामा रहेको जयन्ती माविको २० कोठे भवनमा उहाँले धेरै समय खर्चनुपरेको छ । तीन वर्ष अगाडि करीब रु १२ लाखमा स्थापना गरेको बाख्रापालन व्यवसायलाई पर्याप्त समय दिन नसक्दा पुनले बाख्रापालन नै छोड्न लागेको बताउनुभयो । 

“मैले जनप्रतिनिधिको भूमिकासँगै बाख्रापालनलाई अगाडि बढाउन नसक्ने भएकाले संख्या घटाउँदै छु, आफ्नो कार्यकालमा भकिम्लीमा धेरै काम गर्नुपर्नेछ”, पुनले भन्नुभयोे । जनताको प्रतिनिधिको भूमिका र व्यवसायलाई सँगसँगै लैजान समय व्यवस्थापन गर्न नसकिने बताउँदै उहाँले खरी र उन्नत जातका ८५ वटा बाख्रा बिक्री गरिसक्नुभएको छ । 

जनप्रतिनिधिको उपस्थिति जनताको आवश्यकताअनुसार हुने भएकाले पनि व्यवसायमा ध्यान दिँदा जनताले समयमै काम नपाउने उहाँको भनाइ छ । जयन्ती माविको व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका पुनले २० कोठे भवन र खेलमैदान निर्माणका लागि स्वदेश तथा विदेशमा भइरहेको चन्दा संकलन अभियानका बारेमा जानकारी तथा भवन निर्माणमा समेत दैनिकजसो उपस्थिति जनाउने गर्नुभएको जयन्ती मावि भकिम्लीका प्रअ रामबहादुर पुनले बताउनुभयो । सदरमुकामबाट नजिक भए पनि राजनीतिक दलको उपेक्षाका कारण सडक, शिक्षा, पर्यटनलगायतका क्षेत्रमा पूर्वाधार विस्तारमा पर्याप्त बजेट विनियोजन हुन नसकेको गुनासो गर्दै अध्यक्ष पुनले प्रवासमा रहेका भकिम्लीवासीले विद्यालयको भवनलाई रु एक करोडभन्दा बढी आर्थिक सहयोग गरेको बताउनुभयो । 

उहाँले बेनी–भकिम्ली सडक, स्वार्गाआश्रम, बेलढुंगा, सुन्तला र पशुपालनका क्षेत्रमा बजेट तथा अनुदानका लागि पहल भइरहेको जानकारी दिनुभयो । तत्कालीन समयमा राज्य पक्षका सुरक्षाकर्मीको ज्यादतिले दुईवर्ष जेल जीवन बिताएर २०६० सालबाट भूमिगत राजनीति गर्नुभएका पुन गाउँकै मुुसुङ्डोले आधारभूत विद्यालयका पूर्वशिक्षक समेत हुनुहुन्छ । 

स्थानीय तहको निर्वाचनमा दलीय प्रतिष्पर्धामा जनताले स्वतन्त्र उम्मेदवारलाई जिताए पनि उहाँले सेवा प्रवाहमा समान व्यवहार गर्ने गर्नुभएको र गाउँस्तरमा हुने योजना बाँडफाँडमा समेत आवश्यक सहयोग लिने गर्नुभएको स्थानीयवासीले बताएका छन् । नगरपालिकाभित्रका वडामा सबैभन्दा धेरै जनश्रमदान हुने वडामा समेत पर्ने भकिम्ली सामाजिक तथा विकास निर्माणमा जनताको उत्साहजनक सहभागिता हुने गरेको छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x