×

NMB BANK
NIC ASIA

प्रवासी नेपालीद्वारा पर्वतका २ जनालाई आर्थिक सहयोग

असार ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पर्वत, ९ असार – प्रवासी नेपालीले पर्वतका २ जनालाई आर्थिक सहयोग उपलब्ध गराएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

सो रकम मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको पहलमा संकलन गरिएको थियो । पर्वतको कुश्मा नगरपालिका–१४ आर्थरका १३ वर्षीय अर्जुन गौतम र सोही ठाउँ ३ दुलुङ्गकी अमृताकुमारी शर्मालाई शुक्रबार एक कार्यक्रमबीच संकलित रकम हस्तान्तरण गरिएको मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलका अध्यक्ष दीया चापागाईंले बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष चापागाईंका अनुसार गौतम ब्लड क्यान्सर र शर्मा मिर्गौला पीडित हुन् । घरको आर्थिक अवस्था कमजोर रहेका दुवै जनालाई उपचारमा केही राहात पुगोस् भनेर मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलले आर्थिक संकलन गरी रकम हस्तान्तरण गरिएको हो । 


Advertisment
Nabil box
Kumari

बालक गौतमलाई १ लाख २० हजार रुपैयाँ र शर्मालाई २८ हजार रुपैयाँ उपलब्ध गराइएको सो रकमको चेक बालक गौतमका बुबा शुक्रराज गौतम र शर्माका श्रीमान टीकाप्रसाद उपाध्यायलाई प्रदान गरिएको अध्यक्ष चापागाईंले बताइन् । शर्मालाई इजरायल शाखाका वरिष्ठ उपाध्यक्ष कुसुम रिचाले व्यक्तिगतरुपमा १५ हजार र बाँकी रकम संस्थाले उपलब्ध गराएको हो । 

Vianet communication
Laxmi Bank

रकम हस्तान्तरण कार्यक्रममा कुश्मा नगरपालिकाका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख उदिमराज पौडेल, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, युवा संघ पर्वतका अध्यक्ष थमनारायण पौडेल, इजरायल शाखाका वरिस्ठ उपाध्यक्ष कुसुम रिचा लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम मातृभूमिका लागि पर्वत सेवा समाज नेपाल केन्द्रीय समितिका अध्यक्ष अर्जुनप्रसाद पौडेलको अध्यक्षतामा भएको थियो । 

नेपालको पर्वत जिल्लामा प्रधान कार्यालय रहेको मातृभूमिका लागि पर्वत सेवा समाजले रोजगारीको सिलसिलामा विश्वका विभिन्न मुलुकमा रहेका पर्वतेलीलाई समेटेर आफ्नो शाखा विस्तार गरी मानवीय सेवामा सक्रिय रहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x