×

NMB BANK
NIC ASIA

सुर्खेत, ९ असार – कर्णालीको राजधानी वीरेन्द्रनगरको चनौटेमा जन्मेकी गायिका टीका पुन चर्चित छिन् । २०५७ सालमा पहिलो पटक प्रेमदेव गिरीको संकलन रहेको ‘यानी माया’ गीतमा स्वर दिएकी थिइन् गायिका पुनले । तर, उनले २०६५ सालदेखि जलेसी जमुना तीजको गीतमार्फत् व्यवसायिक गायन क्षेत्रमा कदम राखेकी हुन् ।

Muktinath Bank

हालसम्म १ सय १ भन्दा बढी अर्वाडहरू पाइसकेकी छिन् भने स्टेज कार्यक्रममा उनको भ्याइँनभ्याइँ छ । युके, जापान, कोरिया, अस्ट्रेलिया, इजरायल, कतार, मलेसिया, सिंगापुर लगायत विश्वका १६ वटा देशमा पुगिसकेकी गायिका पुनको प्रेरणाको स्रोत उनकी आमा जैसरा सिंह हुन् । सानै उमेरदेखि नै कला क्षेत्रमा लाग्नुपर्छ भन्ने सिकाउने नै आमा रहेको उनले लोकान्तरसँग बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलो पुरस्कारले थप प्रेरणा


Advertisment
Nabil box
Kumari

‘म ५ कक्षामा अमरज्योति मावि नेवारेमा पढ्दै थिएँ । रेडक्रस सम्बन्धी जिल्लाव्यापी लोकगीत प्रतियोगिता आयोजना गरिएको थियो । गीतमा हेनरी ड्युनाको बारेमा शब्द बनाई गाउनुपर्ने नियम थियो । म आफैले गीत बनाए र गाए, अनि प्रथम भएँ । त्यतिबेला मलाई लाग्यो, मैले दुनियाँ नै जिते, संसार नै मेरो कब्जामा भएजस्तो, शब्दबाट उल्लेख गर्ने नसकिने गर्वानुभूति, उत्साह मैले महसुस गरे,’ उनले खुलस्त पार्दै भनिन्, ‘यदि म त्यो पुरस्कार पाउँदिन थिएँ भने म आज यो ठाउँमा सायदै हुन्थें ।’

Vianet communication
Laxmi Bank

गीत गाउन भनेपछि हुरुक्कै हुने बानीका कारण मिठो स्वरकी धनी पुनले प्रथम भइसकेपछि बाल्यकालमै नृत्य निर्देशक कुलमान नेपालीले सुर्खेतको बागिना समूहमा बोलाए । त्यसपछि उनको कला र गलामा निखारपन बढ्दै गयो र कर्णालीको गहना नभई सम्पत्तिको रुपमा अहिले स्थापित भइसकेकी छिन् ।

उनले गोरखा दक्षिण बाहु तथा जनसेवाश्री पुरस्कार समेत प्राप्त गरिसकेकी छिन् । ‘एक पटक काठमाडौंमा पुजा लोकदोहोरी अवार्ड भन्ने थियो, धेरै चलेको  ख्याति प्राप्त, धेरैको प्रतिस्पर्धा रहेको प्रतियोगितामा मेरो नाम पनि नोमिनेसनमा थियो । मुना थापा, देविका घर्ती लगायत दर्जनौं त्यतिबेलाका चर्चित गायिकाले भाग लिएका थिए । अवार्ड मैले पाउँछु भन्ने मलाई लागेको थिएन । तर, अहिलेको कर्णाली खासगरी सुर्खेती स्रोता, दर्शकबाट धेरै भोट पाएका कारण मैले उक्त अवार्ड हात पारें, त्यतिबेला मलाई झन् गर्व लाग्यो । कला क्षेत्रमै केही गर्नुपर्छ जस्तो लाग्यो,’ उनले भनिन् ।

‘दशर्कको संगीतको स्वाद अनुरुप कलाकारले प्रस्तूति दिँदा अन्यथा मान्नु हुँदैन । यद्यपि एकाध अलि बढी नै छाडा खालका संगीत आएका छन् । समाजमा बस्ने सबै मान्छे एउटै खालका त हुँदैनन् नि ?’

‘लालुपाते नुग्यो भुइँतिर’ जस्ता सयौं चर्चित गीत गाइसकेकी पुनले ‘गीत संगीतमा नै स्थापीत हुन्छु’ भन्ने नलागेको बताइन् । तर पनि लोकसंगीतलाई आफूले औंधी माया गर्ने र लोकसंस्कृतिलाई बचाई राख्नुपर्ने ठानेर निरन्तरता दिँदा यो अवस्थामा आइपुगेको उनको अनुभव छ । लोक गीतसंगीतमा अहिले पछिल्लो चरणमा आएको अश्लिलतालाई उनी परिवर्तनको रुपमा लिनुपर्ने बताउँछिन् ।

‘समाजको विकास हुँदै जाँदा कहीँ न कहीँ कला क्षेत्रको पनि विकास हुँदै जान्छ र त्यसैको प्रतिफल स्वरुप स्रोता दर्शकले उही पुरानै संगीतलाई नै पराउँछन् भन्ने छैन,’ उनले भनिन्, ‘दशर्कको संगीतको स्वाद अनुरुप कलाकारले प्रस्तूति दिँदा अन्यथा मान्नु हुँदैन । यद्यपि एकाध अलि बढी नै छाडा खालका संगीत आएका छन् । समाजमा बस्ने सबै मान्छे एउटै खालका त हुँदैनन् नि ?’ उनको प्रश्न छ ।

पहिलेको तुलनामा कलाकारलाई बाँच्न सहज पनि र असाध्यै गाह्रो पनि रहेको उनको भनाई छ । पहिले एल्बमहरू बिक्री हुन्थें । अहिले युट्यूबमा गीत चल्नुपर्ने हुन्छ । जति बढी भ्यू बढ्यो त्यति नै कलाकारको आम्दानीको स्रोत बढ्ने भएका कारण राम्रो र चल्ने खालको गीत ल्याए बाँच्न गाह्रो हुँदैन । उनले कला क्षेत्रमा आउन चाहनेलाई निरन्तरता दिन आग्रह गर्छिन् । ‘शुरूमै सफल भइन्छ भन्ने छैन, हामीले चाहेजस्तो हुन्छ भन्ने पनि छैन,’ उनले भनिन्, ‘तर, कडा संघर्ष गर्न सके र कला क्षेत्रमा जम्न र दर्शक र स्रोताले खोजेजस्तोे गीत संगीत दिन सके समस्या नै छैन ।’

अहिले कलाकारको बाँच्ने प्रमुख आधार भनेकै स्टेज कार्यक्रम रहेको गायिका पुनले बताइन् । उनले भनिन्, ‘जति बढी मन छुने, राम्रा गीत दिन सक्यो, त्यति नै अवसरहरू आँउदै जान्छन् र त्यति धनी नबने पनि जीवन गुजार्न समस्या हुँदैन ।’

‘चाहिँदा मात्रै प्रयोग गर्ने र आवश्यक नपरे नहेर्न प्रवृत्ति अन्त्य भए कला क्षेत्रको संरक्षण हुने र कला क्षेत्रका पर्यटकलाई कर्णालीमा आकर्षित गरी कर्णालीलाई आत्मनिर्भर बनाउन सहयोग पुग्छ ।’


बलेको आगो राज्यले नतापोस्

गायिका पुनले नेपालमा बलेको आगो सबैले ताप्ने तर बाल्न प्रयास नगर्ने बानी बढ्दै  गएको बताइन् । ‘कम्तिमा राज्यले त्यसो नगरेको भए कलाकारलाई ठूलो राहात हुन्थ्यो,’ उनले भनिन् । अब कर्णाली प्रदेश सरकारले कर्णाली क्षेत्रको समृद्धिका लागि कलाकारको साथ र सहयोग लिएर अघि बढ्नुपर्ने बताइन् । ‘कर्णाली आफैमा कलाको धनी क्षेत्र हो,’ उनले भनिन्, ‘राज्यले कला क्षेत्रको संरक्षण र सम्वद्र्धन गर्नुपर्छ र त्यसबाट राज्यले लाभ लिनुपर्छ ।’

‘कर्णालीको कलाकारलाई कसरी प्रर्वद्धन गर्ने भन्ने बारेमा सरकारले सोचोस् । कलाकारलाई सपोर्ट गरिदेओस्, कलाकार गहनाको रुपमा नभएर सम्पत्तिको रुपमा बुझोस् । हामीलाई संरक्षण गरिदेओस् । चाहिँदा मात्रै प्रयोग गर्ने र आवश्यक नपरे नहेर्न प्रवृत्ति अन्त्य भए कला क्षेत्रको संरक्षण हुने र कला क्षेत्रका पर्यटकलाई कर्णालीमा आकर्षित गरी कर्णालीलाई आत्मनिर्भर बनाउन सहयोग पुग्छ,’ उनले भनिन् । उनले जीवनभरि कलाकारिता गरेका सर्जकलाई राज्यले कोष स्थापना गरेर भएपनि राहात दिनुपर्ने र काममा लगाउनुपर्ने माग गरिन् । राज्यले कलाकारलाई काममा लगाउन सके धेरै पाइदा पुग्ने उनको विश्वास छ ।

तीजको भ्याइँनभ्याइँ

गायिका टीका पुनलाई अहिले तीजका गीतमा स्वर दिन भ्याइँनभ्याइँ छ । तीज यो वर्ष ढिलो भएपनि पुनले अहिलेसम्म ११ वटा एल्बममा स्वर दिइसकेकी छिन् भने २ वटा गीतको छायांकन समेत सम्पन्न भइसकेको छ ।

सुर्खेती श्रष्टा धर्मराज गिरीको ‘गैराबारी नास्पाती पाक्यो, जुरेली चरीले खायो बरिलै, नवौं डाँडा माइती र मावली, बाबाको सम्झना आयो बरीलै, मायाको   वासना मनभरि चल्याछ हरर, नाच्दिन्छु फरिया पारेर फरर’ भन्ने गीतमा आवाज दिइसकेकी छिन् । कर्णाली र ७ नम्बर प्रदेशका महिला दिदिबहिनीलाई लक्षित गरी ल्याइएको उक्त गीत स्रोता तथा दर्शकले मन पराउने उनको विश्वास रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x