×

NMB BANK
NIC ASIA

मूर्तिकलाबाटै प्रदेशलाई चिनाउने धोको !

असार ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी, ९ असार – धनगढीको हसनपुरका २७ वर्षीय दीपक लामिछाने आफ्नै घरमा मूर्ति बनाउन बेलाबखत माटो पिट्ने र मुछ्ने काम गर्दै गरेको भेटिन्छन् ।

Muktinath Bank

कैलाली बहुमुखी क्याम्पसबाट समाज शास्त्रमा स्नातकोत्तर अध्ययन गरिरहेका लामिछाने २०७२ सालको विनाशकारी भूकम्पपछि पहिलो पटक धरहराको आकर्षक मूिर्त बनाएर एकाएक चर्चामा आए । त्यो भन्दाअघि लामिछाने साधारण माटोको चुला बनाएर आफ्नो सीपलाई अभ्यस्त गराउने प्रयत्नमा मात्र ध्यान दिन्थे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सानो छँदा छरछिमेकका साथीभाइसँग खेल्ने क्रममा लामिछानेले पहिलोपटक माटाको चुलो बनाएका थिए । पछि त्यही माटाको चुलोले नै लामिछानेलाई कलाको दुनियाँमा प्रवेश गरायो । माटोको चुलो धेरैलाई मन परेपछि चुलो बिक्री गर्दै लामिछानेले आफ्नो खर्चको जोहो पनि गर्न थाले ।


Advertisment
Nabil box
Kumari

अहिले उनले बनाएका विभिन्न देवीदेवताका मूर्ति, कर्णाली नदीमाथि बनेको सुदूरपश्चिम प्रदेश नम्बर ७ लाई चिनाउने दक्षिण एसियाकै नमूना ‘केबुल स्टेट ब्रिज‘ (कर्णाली पुल), कञ्चनपुरको महाकाली नदीमाथि बनेको एसियाकै लामो झोलुङ्गे पुल, स्वयम्भू, ताजमहल, पूर्व राजारानीका मूर्ति लगायतमा पोखिएको लामिछानेको कला सर्वत्र रुचिको विषय बनेको छ । 

Vianet communication
Laxmi Bank

आफूले बनाएका मूर्ति ५ हजारदेखि ५० हजार रुपैयाँसम्म बिक्री गर्ने गरेको बताउने लामिछाने कहाँ बेलाबखत मूर्ति खरिदका लागि आउनेको लर्को नै लाग्ने गरेको छ । ‘स्नातकोत्तर पढ्दै गरेको मान्छेले मूर्ति बनाउँदा रहेछन् भनेर शुरूशुरूमा परिवार र साथीभाइले होच्याउँथे,’ लामिछानेले भन्छन्, ‘अहिले त तिनै होच्याउनेहरु पनि यसै पेशाका पारखी बन्न थालेका छन् ।’

सफल मूर्तिकार बन्ने चाहना बोक्नु भएका लामिछानेले दृढ अठोटका साथ आफ्नो पेशालाई निरन्तरता दिनुभएपछि पहिले नकारात्मक र घृणाको नजरले हेर्नेहरु अहिले तारीफ गर्न थालेका छन् । ‘लामिछानेले कुँदेका आकर्षक मूर्ति लोभलाग्दा र सुन्दर मात्रै छैनन्, स्थानीय प्रर्यटन प्रवद्र्धनको गतिलो माध्यम पनि बन्न सक्ने देखिएको छ,’ मूर्ति अवलोकन गर्दै गरेका स्थानीयवासी महेन्द्र बमले भने, ‘यस्तो कलाले पोख्त थप युवा हाम्रो समाजलाई चाहिएका छन् ।’

देशभित्र उपयुक्त काम नभएर वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या बढ्दै गएका बेला रचनात्मक र सिर्जनात्मक कार्यले स्वदेशमै मनग्य आम्दानी गर्न सकिने अनुभव लामिछाने सुनाउँछन् ।

आफूले बनाएका मूर्ति बेचेर आएको रकमबाट उनी ललितकला प्रतिष्ठानमा अध्ययन गर्ने योजनामा छन् । छोराको मूर्ति बनाउने सीप र कलाको प्रतिभा देखेर उहाँको परिवारमा खुशीको सीमा नै छैन । ‘पढेको छोरोले कतै जागिर खाला भनेको त आफैं सीप सिकेर कमाउन थालेको छ,’ मूर्तिकार लामिछानेका बुबा ढलकबहादुर लामिछानेले भने, ‘मूर्ति बिक्री गरेर मासिक ३० देखि ५० हजार रुपैयाँ कमाउँदा खुशी र सन्तुष्ट छौं ।’ 

सीप र दृढ इच्छाशक्ति भएर सिर्जनात्मक काममा लाग्न सके आफ्नै देशको माटोले पनि आर्थिक जीवनमा परिवर्तन ल्याइदिन्छ भन्ने उदाहरण बनेका छन् लामिछाने । माटोको मूर्तिमै आफ्नो भविष्य बनाउन कस्सिएका पौरखी युवा लामिछानेले अहिलेसम्म मूिर्त बनाउन कुनै पनि औपचारिक तालिम भने लिएका छैनन् । शिवरात्री, कृष्णजन्माष्टमि, सरस्वती पूजा, दुर्गा पूजा, मेला, महोत्सवका बेलामा मूर्तिको माग बढी आउने गरेको लामिछानेले बताए ।

स्नातकोत्तर तहको अध्ययन गरिरहेका लामिछाने माटोबाहेक सिमेन्ट, फाइबर लगायतका वस्तुबाट मूर्ति बनाउने ज्ञान सिक्न यससम्बन्धी औपचारिक तालिम लिने सोचमा छन् । मूर्तिकलामार्फत् नै ७ नम्बर प्रदेशका पर्यटकीय स्थललाई देश र विदेशमा चिनाउने लक्ष्य उनको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x