करेण्ट लागेर वृद्धको मृत्यु

असार ९, २०७५

फलेवास (पर्वत) ९ असार – पर्वत जिल्लाको मोदी गाउँपालिका–२ देउपुरमा करेण्ट लागेर १ वृद्धको मृत्यु भएको छ । 

मोदी–२ देउपुरस्थित सिमखेतका ७५ वर्षीय ऋषिराम शर्माको आज बिहान करेण्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । तरकारीका लागि थाँक्रो काट्न गएका वृद्धलाई विद्युत्को थ्रीफेज लाइनमार्फत् बुटामा विद्युत् प्रवाह भएकाले करेण्ट लागेको प्रहरीले जनाएको छ । 


ADVERTISEMENT

विद्युत्को तारलाई छोएको बुटामा चढेर हाँगा काट्दा करेण्ट लागेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । मृतक वृद्धको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा लगिएको मोदी–२ का वडाध्यक्ष विकास तिमिल्सिनाले जानकारी दिए ।

असार ९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस