×

NMB BANK
NIC ASIA

भारतीयको झूर काम : वीरगन्जमा संयुक्त चौकीको भवन ३ महिनामै चुहियो

असार ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पर्सा, ९ असार – वीरगन्जको अलौंमा निर्माण भएको एकीकृत चेकजाँच चौकी (आइसीपी) को मुख्य भवनमा चुहिन थालेपछि भन्सार कर्मचारीलाई काम गर्न समस्या भएको छ । 

Muktinath Bank

हस्तान्तरण भएको ३ महिना नपुग्दै भवनको छत चर्किएर वर्षाको पानी चुहिन थालेपछि काम गर्न कर्मचारीलाई समस्या भएको हो । भवन निर्माणको जिम्मा लिएको भारतीय कम्पनी केएस स्फटनेट सोलुसन प्रालिले गुणस्तरीय निर्माण नगरेको कारण आइसीपीको मुख्य भवन र गोदाम सामान्य वर्षामै चुहिन थालेकोे भन्सारका कर्मचारीले गुनासो गरेका छन् । ४÷५ दिन अगाडि भएको सामान्य वर्षा हुँदा मुख्य भवन र गोदाममा पानी चुहिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्य भवन र गोदाममा पानी चुहिन थालेपछि काम गर्न र मालसामान भण्डारण गर्न समस्या भएको आइसिपी व्यवस्थापनको जिम्मा पाएको इटरमोडेल आइसीपी कार्यालयका प्रमुख हेमेन्द्र मोहन शाहीले जानकारी दिए । उनले अहिले देखिएको समस्यालाई समाधान गर्न केएस स्फटनेट सोलुसन प्रालिका कर्मचारीलाई भनिएपनि समस्या यथावत् नै रहेको बताए ।


Advertisment
Nabil box
Kumari

यसै विषयमा सोलुसन प्रालिका परियोजना प्रबन्धक सुभाषचन्द्र दाससँग बुझ्दा उनले भवनको छत र गोदाममा देखिएका समस्यालाई चाँडै समाधान गरिने बताए । निर्माण कार्य गुणस्तरीय भएपनि परियोजनाको डिजाइनमा कमजोरी रहेका कारण पानी चुहिने समस्या देखिएको उनले दावी गरे । 

Vianet communication
Laxmi Bank

आइसीपीको मुख्य भवन लगायत गोदाम निर्माणमा भएको लापरवाहीबारे आइसीपी निर्माण कार्यको रेखदेखको जिम्मा पाएका शहरी विकास तथा भवन डिभिजन कार्यालय पर्साका प्रमुख सुरेश वाग्लेसँग बुझ्दा उनले निर्माण कार्य तथा अनुगमनको सम्पूर्ण जिम्मा भारतीय पक्षलाई नै भएको र नेपाली कार्यालयलाई भूिमकाविहीन बनाइएका कारण समस्या देखापरेको तर्क गरे । आइसीपीको भवन निर्माण गर्दा गुणस्तरीयतालाई गम्भीतापूर्वक नलिएका कारण ३ महिना नबित्दै चुहिने समस्या देखा परेको उनको भनाइ रहेको छ । 

निर्माण कार्यको अनुगमन तथा गुणस्तरको परीक्षणसमेत भारतीय पक्षले नै गरेकाले हाल देखिएको समस्याको मुख्य दोषी भारतीय पक्ष नै भएको कार्यालय प्रमुख वाग्लेको ठम्याइ छ । १ अर्ब ३९ करोड रुपैयाँको लगानी भएको आइसीपी निर्धारित समयभन्दा ५ वर्ष ढिलो निर्माण सम्पन्न भएको थियो । गएको चैत ११ गते नेपाल सरकारलाई भारतीय पक्षले विधिवत्रुपमा आइसिपीलाई हस्तान्तरण गरेको थियो । 

आइसीपी हस्तान्तरण गर्दा निर्माण गरिएको भवन, गोदामलगायतका पूर्वाधार मापदण्ड अनुसार भए–नभएकोबारे कुनै अनुगमन नगरिएको आइसीपीकै कर्मचारीको भनाइ रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x