अपडेट : एसईई नतिजा आउन अझै आधा घण्टा लाग्ने, शिक्षा सचिव रुष्ट

असार ९, २०७५

काठमाडौं, ९ असार – माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७४ को नतिजा प्रकाशन गर्न अझै आधा घण्टा लाग्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका उपनियन्त्रक गेहनाथ गौतमले प्राविधिक कठिनाइका कारण नतिजा प्रकाशनमा ढिलाइ भइरहेको बताएका छन् । बोर्ड परिसरमा पर्खिरहेका पत्रकारलाई जानकारी दिँदै गौतमले ‘सफ्टवेयर’मा समस्या देखिएको बताए । आज अपरान्ह ४ बजे नतिजा प्रकाशन गर्ने भनिएपनि बोर्डले साँझ साढे ७ बजेसम्म पनि नतिजा प्रकाशन गर्न सकेको छैन ।


ADVERTISEMENT

बोर्डको ढिलाइप्रति शिक्षा मन्त्रालयका सचिव खगराज बराल रुष्ट भएका छन् । पूर्वतयारी राम्ररी नगरेकै नतिजा प्रकाशनको समय तोकिएकोप्रति सचिवको असन्तुष्टि छ । बोर्डका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले आजै दिउँसो नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको बताएका थिए ।

प्राविधिक समस्या समाधान भएपछि पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गरिने जनाइएको छ । गत वर्ष चैत ८ गतेदेखि २० गतेसम्म एसईई सञ्चालन भएको थियो । एसईईको नतिजा लोकान्तर डटकमबाट थाहा पाउन सकिने छ । नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

असार ९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार