×

NMB BANK
NIC ASIA

मुख्य समाचार : प्रधानमन्त्री ओली स्वदेश फर्किँदै, एसईईको नतिजा सार्वजनिक

असार १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० असार –

Sagarmatha Cement
Muktinath Bank

चीनको छ दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) बिहान स्वदेश फर्किँदै हुनुहुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिबार दिनभर ल्हासामा व्यस्त रहनुभएका प्रधानमन्त्री ओली आइतबार बिहानै स्वदेश फर्किन लाग्नुभएको हो ।


Advertisment
Nabil box
Kumari

चीनमा प्रधानमन्त्रीको अन्तिम सक्रियता

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री ओली उहाँको सम्मानमा नेपाली महावाणिज्यदूतावास ल्हासाले शनिबार आयोजना गरेको रात्रिभोजमा सरिक हुनुभयो । 

नेपाली वाणिज्यदूत गोविन्दबहादुर कार्कीले आयोजना गर्नुभएको सो रात्रिभोजमा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल र ल्हासामा रहेका नेपालीको समेत सहभागिता थियो । रात्रिभोजमा प्रधानमन्त्री ओली रहनु भएको होटल सांग्रिलामा आयोजना गरिएको थियो ।

प्रधानमन्त्री ओलीले सो अवसरमा नेपाली समुदायसँग संक्षिप्त छलफल गर्नुभएको थियो । 

कृषि परियोजना अवलोकन

प्रधानमन्त्री ओलीलगायतको नेपाली प्रतिनिधिमण्डलले क्यूशी काउन्टीमा रहेको ‘चाइना नेशनल मोर्डन एग्रिकल्चर पाइलट जोन’को आज अवलोकन ग¥यो । 

तिब्बत जनसरकारले तिब्बतमा आधुनिक कृषि प्रणाली अपनाउन ‘पाइलट जोन’ बनाएको हो । कृषिलाई आधुनिकीकरण गरेर उत्पादन बढाउने र धेरै भन्दा धेरैलाई रोजगारी प्रदान गर्ने लक्ष्यका साथ तिब्बत जनसरकारले काम गरिरहेको छ । 

पोताला दरबार र जोखान मन्दिरको भ्रमण  

नेपाली प्रतिनिधिमण्डलले शनिबार नै पोताला दरबार र जोखान मन्दिरको भ्रमण गरेको थियो । गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री ज्ञवाली, भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलगायतका नेपाली प्रतिनिधि भ्रमणमा सहभागी हुनुहुन्थ्यो । 

एसईईको नतिजा सार्वजनिक

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार वर्ष २०७४ को माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात् कक्षा १० को परीक्षाफल सार्वजनिक गरेको छ ।
    
परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएकामा ‘ए’ प्लस ग्रेड (स्तरीकृत अंक) प्राप्त गर्ने १४ हजार २३४, ‘ए’ प्राप्त गर्ने ४६ हजार १३०, ‘बी’ प्लस प्राप्त गर्ने  ५९ हजार ३७, ‘बी’ प्राप्त गर्ने ७० हजार ५१२, ‘सी’ प्लस प्राप्त गर्ने ६१ हजार ८७०, ‘सी’ ल्याउने एकलाख एक हजार ४३, ‘डी प्लस’ ल्याउने ३५ हजार ५८४ र ‘डी’ ल्याउने ५८ हजार ६८८ रहेका छन् ।

चिकित्सा शिक्षा विधेयक संशोधन नगर्न माग

संसद्मा छलफलका क्रममा रहेको चिकित्सा शिक्षा विधेयक जनमैत्री र सर्वसुलभ भएको भन्दै डा गोविन्द केसीको नेतृत्वमा नागरिक अभियन्ताले त्यसलाई संशोधन नगर्न माग गरेका छन् । 

उक्त विधेयक चाँडो पारीत गरी कार्यान्वयन गर्न उनीहरुले माइतीघर मण्डलामा शनिबार धर्ना दिएका हुन् । धर्नाको क्रममा सहभागीले विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा बनेको मापदण्ड लागू गरिनुपर्ने, गुणस्तरीय र निःशुल्क शिक्षामा सबैको सहज पहुँचको सुनिश्चितता गर्नुपर्ने, न्यायिक जाँचबुझ आयोगले दोषी ठहराएका त्रिवि उपकुलपतिलगायत सम्पूर्ण दोषीलाई कारबाही गर्नुपर्ने, माइतीघरलगायत केही स्थानमा निषेधाज्ञा घोषणा फिर्ता गर्नुपर्ने, चिकित्सकमाथि हुने धम्की तथा आक्रमण रोक्न तत्काल कानूनको निर्माण र कार्यान्वयन गर्नुपर्नेलगायत माग गरेका थिए । 

हराएको एक लाख ५५ हजार फेला पारेर सम्बन्धित धनीलाई प्रदान

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले हराएको रु एक लाख ५५ हजार भेट्टाएर सम्बन्धित धनीलाई प्रदान गरेको छ । प्रभागले शनिबार दिउँसो १ बजे गोंगवुस्थित दीपज्योति स्कुलनजिकै सडकमा हराएको रकम फेला पारेर सम्बन्धित धनीलाई बुझाएको हो । 

उक्त रकम प्रभागका प्रमुख मोहनबिक्रम केसीले नुवाकोट घर भई हाल टोखा नगरपालिका बस्ने श्रीकृष्ण तामाङलाई प्रदान गरे ।

भरतपुर महानगरको बजेट साँढे तीन अर्ब

भरतपुर महानगरपालिकाले आव का लागि रु तीन अर्ब ३४ करोड पाँच लाखको बजेट प्रस्ताव गर्ने भएको छ । महानगरपालिकाको आइतबारबाट शुरु हुने परिषद्मा उक्त बजेट प्रस्तुत हुँदैछ । 

महानगरपालिकाका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीका अनुसार आज साँझसम्ममा बजेटको सम्पूर्ण तयारी पूरा हुँदैछ । जसअनुसार चालूतर्फ रु एक अर्ब ७० करोड ४९ लाख अर्थात् कूल बजेटको ५१.०४ प्रतिशत छ भने पूँजीगततर्फ रु एक अर्ब ६२ करोड ५६ लाख अर्थात् ४८.६६ प्रतिशत रहेको छ ।

सरल र सहज न्याय दिलाउनु आफ्नो दायित्वः कामु प्रधानन्यायाधीश

कामु प्रधानन्यायाधीश दीपकराज जोशीले नेपाली जनतालाई सरल र सहज ढंगबाट न्याय दिलाउनु आफ्नो दायित्व भएको बताउनुभएको छ । 

भानु नगरपालिका–८, बेनिबगरस्थित त्रिवेणी चेपेघाट पञ्चमन्दिर संरक्षण समितिको आयोजनामा शनिबार आयोजित नेमुनि ऋषिको शालिक प्रतिस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x