×

NMB BANK
NIC ASIA

कलंकी-कोटेश्वर रिङरोड बनिसक्ने बित्तिकै भत्काइने, यस्तो छ कारण

असार १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० असार - चिनियाँ प्रविधि र प्राविधिक प्रयोग गरी निर्माण भएको कोटेश्वर–कलंकी सडक ‘रोड सेफ्टी’का हिसाबले असुरक्षित देखिएको छ । दुईतर्फ कालोपत्रे सकिएपछि ग्वार्कोदेखि सानेपा पुलसम्मको खण्डमा मात्रै ११ महिनायता २२९ सवारी दुर्घटना भएका छन् । दुर्घटनामा १२ जनाले ज्यान गुमाएका छन् भने १०९ घाइते भएको महानगरीय ट्राफिक प्रहरी वृत्त सातदोबाटोले जनायो ।

Muktinath Bank

सडकमा ट्राफिक लाइट, लेन लाइन, जेब्रा क्रसिङ, आकाशे पुल तथा वैज्ञानिक फुटपाथ नहुँदा दुर्घटना बढेको सातदोबाटो ट्राफिक वृत्तका प्रमुख सीताराम हाछेथू बताउँछन् । ‘सडकको दुवैतर्फ आंशिक रूपमा गाडी चलेको ११ महिनाजति भयो । यस अवधिमा २ सय २९ दुर्घटना भए । १२ जनाले त ज्यानै गुमाए,’ हाछेथूले भने, ‘सडकमा लेन रेखा छैन । सडक बत्ती छैन । जेब्राक्रसिङ छैन । न ट्राफिक लाइट राखिएका छन् । सडक पूर्ण रूपमा सञ्चालन नहुँदै यति धेरै दुर्घटना हुनुको कारण यही हो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरी वृत्त सातदोबाटोका अनुसार जेब्राक्रसिङ, लेन सिग्नल र ट्राफिक सिग्नल नहुँदा दोषीलाई कारबाही गर्नसमेत गाह्रो भएको छ । वृत्त प्रमुख हाछेथूले भने, ‘सडक त बन्यो । ट्राफिक जाम पनि हट्यो । तर, दुर्घटना बढ्यो । दोषी पहिचान गर्न लेन सिग्नल चाहियो । सिग्नल नै नभएपछि कसरी कारबाही गर्ने ? दोषी कसरी प्रमाणित गर्ने ? सडक बनाएपछि आधारभूत आवश्यकता पनि पूरा गर्नुपर्छ ।


Advertisment
Nabil box
Kumari

बनेको सडक फेरि भत्काइने

Vianet communication
Laxmi Bank

सडकको नक्सामै सडकबत्ती, ट्राफिक लाइट, पर्याप्त ओभर हेड ब्रिज नभएपछि चक्रपथ सडक सुधार आयोजना आफैँले सडकमा आवश्यकताअनुसारका संरचना थप्ने योजना बनाएको छ । आयोजनाका अनुसार सडकको काटेश्वर, बालकुमारी, ग्वार्को, सातदोबाटो, महालक्ष्मीस्थान, चापागाउँ दोबाटो, एकान्तकुना र बल्खु चोकमा ट्राफिक लाइट निर्माण गरिनेछ ।

त्यस्तै, प्रत्येक पाँच सय मिटरको फरकमा निर्माण गरिने ‘ओभर हेड ब्रिज’ पनि आयोजनाले नै गर्नेछ । त्यसबाहेक सडकबत्तीका लागि आवश्यक पोल गाड्ने काम पनि आयोजनाले नै गर्नेछ । यसका लागि उक्त क्षेत्रहरूमा कालोपत्रे गरिएको सडक भत्काउनुपर्छ ।

नयाँ पत्रिकामा खबर छ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x