×

NMB BANK
NIC ASIA

नेपालमा रेल पुर्‍याउने चीनको भिजन, नेपालले लगानी गर्नै नपर्ने !

असार १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० असार - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रेल पुर्‍याउन चिनियाँ राष्ट्रपति शी चिनफिङ प्रतिवद्ध रहेको बताउनुभएको छ ।

Muktinath Bank

चीनको छ दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेपालमा रेल पुर्‍याउने चिनियाँ राष्ट्रपति शीको भिजन रहेको बताउनुभएको हो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘चीनबाट रेल सञ्चालनको सन्दर्भमा यो नयाँ विकास पनि हो । यसर्थ यसमा धेरै हरातो भन्दा पनि परिपक्क ढंगले काम गर्नुपर्ने हुन्छ । डिटेल सर्भेको काम गरेपछि केही वर्षमा काम शुरु हुन्छ,’ ओलीेले भन्नुभयो, ‘राष्ट्रपति शीले नेपालमा रेल पुर्‍याउने आफ्नो भिजन रहेको कुरा वार्ताको क्रममा बताउनुभएको छ ।’


Advertisment
Nabil box
Kumari

रेल्वे लाइनमा लगानी चीनले नै गर्ने उहाँले बताउनुभयो । ‘जोसँग पैसा छ उसैले गर्ने हो, पैसा नहुनेले लगानी गर्नुपर्दैन’ ओलीले भन्नुभयो । 

Vianet communication
Laxmi Bank

छिमेकीविरुद्ध कार्ड खेल्दैनौं

प्रधानमन्त्री ओलीले छिमेकीका विरुद्धमा नेपालले कार्ड नखेल्ने पनि बताउनुभयो । इमान्दार कुटनीतिक प्रयासमार्फत् छिमेक र अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्ने उहाँको भनाइ छ ।

‘हामी छिमेकीविरुद्ध कार्ड खेल्दैनौं, प्रतिकूल परिस्थितीमा पनि दृढताका साथ उभिन्छौ,’ उहाँले भन्नुभयो, ‘हामी इमान्दार कुटनीतिक प्रयास गर्छौं, इमान्दार छिमेक र अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्छौं ।’

प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणपछि अब नेपाललाई पारवहनको प्रयोग र यातायातको प्रयोगका लागि समस्या नभएको बताउनुभयो । उहाँले आफ्नो भ्रमण सफल रहेको पनि उल्लेख गर्नुभयो ।

राजकीय भ्रमणका शिलसिलामा असार ५ गते चीन भ्रमणमा गएका प्रधानमन्त्री ओली आइतवार स्वदेश फर्किनुभएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलललगायतले स्वागत गर्नुभएको थियो ।

ओलीको स्वागतका लागि नेकपाका कार्यबहाक अध्यक्ष माधवकुमार नेपाल पनि विमानस्थल पुग्नुभएको थियो ।

चीनमा रहँदा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति शी चिनफिङ, प्रधानमन्त्री ली खछ्याङ लगायतसँग भेटवार्ता गर्नुभएको थियो ।

ओलीको भ्रमणका दौरान नेपाल र चीनबीच १० वटा सम्झौता र ४ वटा समझदारी भएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x