प्रधानमन्त्री ओली चीनबाट फर्किँदा जे देखियो [फोटोफिचर]

असार १०, २०७५

काठमाडौं १० असार–चीनको छ दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आइतवार स्वदेश फर्किनुभएको छ ।

गत असार ५ गते चीन प्रस्थान गर्नुभएका प्रधामनन्त्री ओली आइतवार बिहान स्वदेश फर्किनुभएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलललगायतले स्वागत गर्नुभएको थियो ।


चीनमा रहँदा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति शी चिनफिङ, प्रधानमन्त्री ली खछ्याङ लगायतसँग भेटवार्ता गर्नुभएको थियो ।

ओलीको भ्रमणका दौरान नेपाल र चीनबीच १० वटा सम्झौता र ४ वटा समझदारी भएका थिए ।

 

 

असार १०, २०७५ मा प्रकाशित

गगन अर्याल

अर्याल लोकान्तरका फोटो पत्रकार हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस