×

NMB BANK
NIC ASIA

आजबाट ३१ वर्षका भए मेस्सी, थाहा पाउनुस् उनीबारे १० रोचक तथ्य

असार १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० असार –वर्तमान विश्व फूटबलका महान खेलाडी लियोनल मेस्सी ३१ वर्षका भए । उनको आज जन्मदिन हो ।

Muktinath Bank

पाँच पटकका वर्ष खेलाडी मेस्सीले जारी विश्वकपमा अपेक्षित प्रदर्शन गर्न सकिरहेका छैनन् । उनकै नेतृत्वमा रहेको अर्जेन्टाइन टीम २ खेलसम्म जीतविहीन छ र समूह चरणबाटै बाहिरिने खतरामा पनि छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यति हुँदाहुँदै पनि उनका अधिकांश समर्थक अन्तिम समयसम्म भए पनि उनको जादुयी प्रदर्शन हेर्न पाउने र अर्जेन्टिना नकआउट चरणमा पुग्ने आशामा छन् । अर्जेन्टिनाले समूहको आफ्नो अन्तिम खेल नाइजेरियासँग मंगलबार खेल्ने छ ।


Advertisment
Nabil box
Kumari

यसरी समर्थकले आशा र भरोसा गर्नुका धेरै कारण छन् । पहिलो त उनले आफ्नो फूटबल करियरमा जमाएको प्रभाव र क्लब फूटबलमा प्राप्त गरेको उपलब्धि नै हो ।

Vianet communication
Laxmi Bank

मेस्सी र पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई वर्तमान विश्व फूटबलका सबैभन्दा प्रतिभाशाली र चर्चित स्टार मानिन्छ ।

विश्वकप र मेस्सीको जन्मदिनको अवसर पारेर हामीले उनकीबारे १० रोचक तथ्य तपाईंलाई जानकारी दिँदैछौं ।

१. चे ग्वेभाराको गाउँमा जन्म

मेस्सीको जन्म अर्जेन्टिनास्थित क्रान्तिनायक चे ग्वेभाराको गाउँ रोसोरियोमा भएको हो । बुवा जर्ज मेस्सी एक कारखानामा मजदूरी गर्दथे । जर्जका ४ छोराछोरीमध्ये मेस्सी तेस्रो सन्तान हुन् ।

२. बाल्यकालमै अचम्मको प्रतिभा

मेस्सीले ५ वर्षकै उमेरदेखि फूटबल खेल्न थाले । उनी स्थानीय क्लब ग्रान्डोलीमा अनुबन्धित पनि भए । ९ वर्षको हुँदा मेस्सी फूटबलमा यति निपूण भइसकेका थिए कि बल खुट्टामा परेपछि सधैं उनकै कब्जा रहन्थ्यो । उनको खेल हेर्नेहरू भन्थे – यो केटोले म्याराडोनालाई पनि पछि पार्छ । जबकि त्यतिबेला अर्जेन्टिनामा विश्वकप जिताउने म्याराडोनालाई भगवानसरह मानिन्थ्यो ।

३. ११ वर्षकै उमेरमा भयानक बिमारी

११ वर्षको उमेरमा मेस्सीमा ग्रोथ हर्मोनको कमी देखियो । यो यस्तो समस्या थियो कि त्यसको समयमै उपचार गर्न नसके उनको शारीरिक वृद्धि नै ठप्प हुन्थ्यो । मेस्सी दैनिक आफ्नो तिघ्रामा हर्मोनको इन्जेक्सन लगाउँथे । यो क्रम ३ वर्षसम्म जारी रह्यो ।

४. उपचारका लागि बार्सिलोनाको यात्रा

मेस्सीको उपचारका लागि मासिक डेढ हजार डलर खर्च लाग्थ्यो । बुवा जर्ज एक साधारण मजदूर भएकाले उनको उपचारमा निकै समस्या आयो । त्यति नै बेला जर्जका साथीले बार्सिलोना क्लबको बारेमा बताए । बार्सिलोनाले उपचार गरिदिने सुनेपछि उनी परिवारसहित स्पेन प्रस्थान गरे ।

बार्सिलोना मेस्सीको उपचार गर्न तयार भयो । उपचार भइसकेपछि मेस्सीका सामु दुई विकल्प थिए– अर्जेन्टिना फर्किने कि स्पेनमै रहने । मेस्सीले स्पेन नै बस्ने निर्णय लिए । ‘मेरा लागि यो क्लबले यति धेरै गर्‍यो, अब म क्लबमै रहन्छु र यसको गुन तिर्छु ।’ सोही कारण हो, कैयन आकर्षक अफरहरूलाई लत्याउँदै मेस्सी अझैसम्म बार्सिलोनामै छन् ।

५. ‘बार्सिलोना बी’बाट व्यावसायिक फूटबलमा

मेस्सीले बार्सिलोना बीबाट आफ्नो व्यावसायिक फूटबल यात्रा शुरु गरे । उनको उचाइ अन्य खेलाडीभन्दा कम थियो, जसका कारण उनले ड्रिबलिङ र कलात्मक खेल शैलीमा आफूलाई निपूण बनाउँदै लगे ।

६. पहिलो अनुबन्धन न्याप्किनमा

मेस्सीको पहिलो अनुबन्धन न्यापकिन पेपरमा लेखियो । एफसी बार्सिलोनाका चिफ चाल्र्स मेस्सीसँग यति धेरै प्रभावित भए कि अनुबन्धनका लागि प्रोफेसनल पेपर कुर्ने धैर्य पनि भएन । उनले आफ्नो अगाडि रहेको न्याप्किन पेपर झिके अनि त्यहीँ अनुबन्धनको बेहोरा लेखे । त्यसलाई पछि मात्र प्रोफेसनल कपीमा उतारियो ।

७. दुई देशको नागरिकता

मेस्सीसँग दुई देशको नागरिकता छ । अर्जेन्टिनाका नागरिक मेस्सीलाई स्पेनले पनि नागरिकता दिएको छ । २००५ मा स्पेनको नागरिकता पाएका मेस्सीसँग दुवै देशको पासपोर्ट पनि छ ।

८. स्पेनका लागि खेल्ने अफर अस्वीकार

बार्सिलोनामा रहेर आफ्नो प्रतिभा तिखारेका मेस्सीले स्पेनले आफ्नो देशका तर्फबाट खेल्न अफर गरेको थियो । तर उनले जन्मभूमि अर्जेन्टिनालाई नछाड्ने निर्णय गरे । सोही कारण मेस्सी अझै अर्जेन्टिनाका लागि खेलिरहेका छन् ।

९. दुई सन्तान भएपछि बाल्यकालकी प्रेमिकासँग विवाह

मेस्सीको विवाह एन्टोनेला रोकुजोसँग भएको छ । अर्जेन्टिनाकी पूर्वमोडल रोकुजो मेस्सीकी बाल्यकालकी प्रेमिका हुन् । उनीहरूले २ छोरा थियागो र माटियोको जन्म भइसकेपछि विवाह गरेका हुन् । विवाहपछि जन्मिएका कान्छा छोरा सिरो मेस्सी ३ महिनाका भए ।

१०. संन्यास अनि फिर्ता

पाँचपटक बालोन डो’र, ५ पटक युरोपीयन गोल्डेन बुटसहित क्लब फूटबलमा अधिकांश रेकर्ड तोडिसकेका मेस्सीका लागि देशका तर्फबाट ठूलो उपाधि नजित्नु सधैं खड्किने गरेको छ । मेस्सीले त्यसका लागि अधिकतम पहल पनि गरे । उनको टीम २०१४ को विश्वकप तथा  २०१५ र २०१६ को कोपा अमेरिका फूटबल प्रतियोगिताको फाइनलमा पुगेर पराजित भयो । त्यसपछि मेस्सी यति दुःखी भए कि उनले अन्तर्राष्ट्रिय फूटबलबाट संन्यासको घोषणा गरे । उनको संन्यासबाट विश्वभरका फूटबलप्रेमी दुःखी भए । अर्जेन्टिनाका राष्ट्रपतिसमेतको आग्रह र करोडौं समर्थकको चाहनामा मेस्सी अन्तर्राष्ट्रिय फूटबलमा फर्किएका हुन् ।

११. नेपालमा समेत सहयोग

मेस्सी युनिसेफका गुडविल एम्बेस्डर हुन् । साथै उनको च्यारिटी फाउन्डेसन ‘लियो मेस्सी फाउन्डेसन’ पनि छ । मेस्सीको फाउन्डेसनले विश्वभरमा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ । मेस्सीकै सहयोगमा नेपालका १४ जिल्लामा ७४ वटा स्वास्थ्यचौकी निर्माणधीन छन् ।

१२. खानाका शौखिन

मेस्सी खानाका शौखिन छन् । सी फूड उनका लागि सबैभन्दा फेभरेट भोजन हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

असार ९, २०७५

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x