×

NMB BANK
NIC ASIA

भारत हुँदै युरोपियन बजारमा पुग्छ नेपाली चरेश, संकलकदेखि तस्करसम्म भारतीय नागरिक

असार १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० असार– प्रदेश ३ को मकवानपुर र धादिङमा उत्पादन हुने चरेश भारत हुँदै युरोपेली देशका बजारमा पुग्ने गरेको तथ्य खुलेको छ । 

Muktinath Bank

भारतीय नागरिकको सक्रियतामा भारतीय बजार हुँदै नेपाली चरेश युरोपसम्म पुग्न थालेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले शनिवार काठमाडौंबाट २ सय १३ किलोग्राम चरेश पक्राउ गरेपछि नेपाली चरेश युरोपसम्म पुग्ने गरेको तथ्य खुलेको हो । 


Advertisment
Nabil box
Kumari

प्रहरीले शनिवार मकवानपुर र धादिङबाट संकलन गरेर भारत लैजान ठिक्क पारिएको २ सय १३ किलोग्राम चरेशसहित १ भारतीय नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको हो । 

Vianet communication
Laxmi Bank

पक्राउ पर्नेमा भारत विहार राज्यको मोतिहारीस्थित झकिया टोलीका २५ वर्षीय मेराज आलम छन् । उनको साथबाट २ किलो २ सय ५० ग्राम अफिम समेत बरामद भएको प्रहरीले जनाएको छ । 

नेपालमा खाद्यान्न लगायतका सामान ढुवानी गर्ने डब्लूबी २३ बी ५८८५ (WB23B5885)  नम्बरको भारतीय ट्रकका चालक आलम नेपालबाट फर्किदा ट्रकमा चरेश बोकेर भारत जाने गरेको लागू औषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) ठूले राईले जानकारी दिए । 

‘पक्राउ परेका आलम नेपालमा खाद्यान्न लगायतका सामान ढुवानी गर्ने ट्रकका चालक हुन्,’ रार्इले भने, 'भारतबाट खाद्यान्न ल्याएर अनलोड गरिसकेपछि उनले ट्रकमा चरेश तस्करी गर्ने गरेको तथ्य खुलेको छ ।’

आलमले ट्रकमा विशेष प्रकारको फल्स बटम बनाइ चरेश तस्करी गर्ने गरेका थिए । धेरै पहिलेदेखिको विशेष सूचनाका आधारमा आलमलाई पक्राउ गरिएको डिआईजी राईले बताए । 

संकलनदेखि तस्करीसम्ममा भारतीय नागरिक 

प्रहरीले चरेश र अफिमसहित पक्राउ परेका आलम भरिया मात्रै भएको बताएको छ । चरेश तस्करीका लगानीकर्ता भारतीय नै रहेको प्रहरीको भनाइ छ । उनको खोजी भइरहेको डिआईजी राईले बताए । 

‘पक्राउ परेका व्यक्ति निश्चित रकम लिएर नेपालबाट चरेश भारत पुर्याउने कार्यमा संलग्न रहेको देखिन्छ,’ डिआईजी राई भन्छन्, ‘तस्करीमा लगानी गर्ने व्यक्ति भारतीय नै हुन् भन्ने तथ्य फेला पारेका छौं । उनको फोन नम्बर र लोकेशन पत्ता लागेको छ । केही दिनमै पक्राउ गर्छौं ।’

चरेशमा लगानी गर्ने मात्रै नभइ मकवानपुर र धादिङका ग्रामिण क्षेत्रमा उत्पादन हुने चरेश संकलन गर्ने कार्यमा समेत भारतीय नागरिकको संलग्नता रहेको डिआईजी राई बताउँछन् । 

‘पछिल्लो समय चरेश खेतीमा नेपालीको सहभागिता कम हुँदै गएको छ । यस्तो अवस्थामा भारतीयहरु सक्रिय हुन थालेका छन्,’ डिआईजी राई भन्छन्, ‘ग्रामिण क्षेत्रबाट संकलन गर्नेदेखि नेपालबाट भारतमा तस्करी गर्नसम्म भारतीय नै संलग्न रहेको देखिन्छ ।’

युरोपियन बजारमा नेपाली चरेश

प्रहरीका अनुसार शनिवार काठमाडौंबाट पक्राउ परेको चरेश विभिन्न जिल्लाबाट संकलन गरी काठमाडौंबाट दिल्ली लगिँदै थियो । 

दिल्लीबाट उक्त चरेश भारतका विभिन्न अन्तर्राष्ट्रिय विमानस्थलबाटै युरोपियन बजारसम्म पुर्याइने गरिएको प्रहरी स्रोत बताउँछ । 

‘नेपालबाट भारतमा चरेश तस्करी गर्नेको समूहले चरेश तस्करीमा संलग्न अन्तर्राष्ट्रिय गिरोहलाई बेच्ने गरेका छन्,’ प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोका एक अधिकारी भन्छन्, ‘अन्तर्राष्ट्रिय गिरोहले नेपालबाट तस्करी गरिएको चरेश युरोपमा पठाउने गर्छ ।’ युरोपियन बजारमा नेपाली चरेशमा माग उच्च हुने गरेको प्रहरी बताउँछ । 

प्रहरीका अनुसार शनिवार पक्राउ परेको चरेशको नेपाली बजार मूल्य ५ लाख ३२ हजार ५ सय रुपैयाँ हुन आउँछ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x