×

NMB BANK
NIC ASIA

एउटा न्यापकिनको सहायताले ३२ वर्षपछि पक्राउ प–यो रेप र हत्याको आरोपित

असार १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० असार – अमेरिकाको वाशिङटनमा बलात्कार र हत्याको एक मुद्दा सुल्झाउन प्रहरीलाई ३२ वर्ष लाग्यो । अपराधको आरोपितले रेस्टुराँमा फ्याँकेको न्यापकिनका आधारमा उसलाई प्रहरीले पक्रेको हो ।

आरोपित ६६ वर्षीय गेरी चार्ल्स हार्टम्यान हुन् । उनले सन् १९८६ मा १२ वर्षीया एक किशोरीलाई बलात्कारपछि हत्या गरेका थिए । उनलाई हिरासतमा लिएर पीयर्स काउन्टीमा एउटा मुद्दा दर्ता गरिएको छ । 

प्रहरीले यो घटना वाशिङटनको तकोमामा भएको बतायो । मिशेल वेल्च र उनका दुई बहिनीहरू पगेट पार्क गएका थिए । मिशेल ११ बजे लन्च गर्न घर गइन् र उनका बहिनीहरू वाशरूमतिर गए । दुवै बहिनी पार्कमा आउँदा मिशेललाई देखेनन् । 

त्यसपछि उनीहरूले धाइआमालाई सूचना दिए र उनले उनीहरूको आमालाई बताइन् । प्रहरीले मिशेललाई खोज्न थाल्यो । कुकुरको सहायताले खोज्दा मिशेलको शव त्यही राति एक सुनसान ठाउँमा फेला प–यो । उनलाई बलात्कारपछि हत्या गरी त्यहाँ फालिएको थियो । 

प्रहरीले प्रमाण त जम्मा ग–यो तर कसैलाई पक्राउ गरेन । घटनास्थलबाट प्राप्त प्रमाणको आधारमा एक व्यक्तिको डीएनए प्रोफाइल तयार पारियो । तर प्रादेशिक र केन्द्रीय डेटाबेसमा त्यसको रुजु भएन । 

यो मुद्दा कोल्ड फाइलमा थन्कियो । पछि सन् २०१६ मा प्रहरीले यो मुद्दाको फाइल खोल्यो अनि जेनेटिक जिनियोलजिस्टका साथ अनुसन्धान शुरू ग–यो । दुई दाजुभाइलाई सम्भावित आरोपितको रूपमा पहिचान गरेर निगरानी गर्न
थालियो । अनुसन्धानमा खटिएका जासूस स्टिभ रिपोलीले हार्टम्यानलाई पछ्याउँदै रेस्टुराँसम्म पुगे । त्यहाँ हार्टम्यानले एक सहकर्मीसँग कफी पिए ।

रिपोलीले भने, ‘मैले धेरैचोटि उसलाई न्यापकिन प्रयोग गरेको देखें । उसले न्यापकिन कुल्चियो र एक ब्यागमा हाल्यो । उसले त्यो ब्याग पनि कुल्चियो र रेस्टुराँबाट बाहिर जानुअघि न्यापकिन ब्यागमा हाल्यो ।’

रिपोलीले त्यो न्यापकिन वाशिङटन स्टेट पट्रोल क्राइम ल्याबोरेटोरी पठाए । मंगलवार ल्याबले प्रहरीलाई न्यापकिनमा भएको डीएनए घटनास्थलबाट प्राप्त डीएनएसँग मिल्ने बतायो । त्यसपछि बुधवार प्रहरीले हार्टम्यानलाई हिरासतमा
लियो ।

एजेन्सी

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x