×

NMB BANK
NIC ASIA

विश्वकपमा आज तीन खेल, को कसमाथि भारी ?

असार १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० असार – फूटबल विश्वकपको ११औं दिन आइतवार तीनवटा खेल छन् । इंग्ल्यान्ड र पनामा पौने ६ बजे, जापान र सेनेगल पौने ९ बजे अनि पोल्यान्ड र कोलम्बिया पौने १२ बजेदेखि शुरू हुने खेलमा भिड्दैछन् ।

इंग्ल्यान्डले विश्वकपमा पहिलोपटक खेल्न आएको पनामालाई हराएर राउन्ड अफ १६ मा स्थान बनाउन खोजिरहेको छ । उसले पहिलो म्याचमा ट्युनिसियालाई २–० ले हराएको थियो ।

इंग्ल्यान्ड कप्तान ह्यारी केनले उक्त खेलमा दुवै गोल गरेका थिए । उनीबाट आज त्यस्तै खेलको अपेक्षा गरिएको छ । 

इंग्ल्यान्डले ट्युनिसियालाई हराएर १२ वर्षपछि विश्वकपमा जीतका साथ शुरूआत गरेको थियो । टीममा ह्यारी केन र रहीम स्टर्लिङ जस्ता स्ट्राइकर छन् । यो टोली विश्व वरीयतामा १२ औं स्थानमा छ । पनामालाई हराएर ऊ अन्तिम १६ मा स्थान पक्का पार्ने ध्याउन्नमा छ ।

उता पहिलो म्याचमा बेल्जियमसित हारेको पनामाले प्रिक्वार्टरफाइनलमा पुग्नका लागि इंग्ल्यान्डलाई हराउनैपर्ने बाध्यता छ । इंग्ल्यान्डका कोच ग्यारेथ साउथगेटले पनामाविरुद्धको म्याचलाई हलुका रूपमा नलिनका लागि
खेलाडीहरूलाई चेतावनी दिएका छन् । 

अर्को म्याचमा अफ्रिकी मुलुक सेनेगल र एसियाली मुलुक जापानको भिडन्त हुँदैछ । सेनेगल सन् २००२ को विश्वकपमा राउन्ड अफ १६ मा पुगेको थियो । जापान चाहिँ तेस्रोपटक राउन्ड अफ १६ मा पुग्नका लागि भिड्दैछ ।

जापान र सेनेगल दुवैले आफ्नो पहिलो म्याच जितेका छन् । जापानले कोलम्बियालाई अनि सेनेगलले पोल्यान्डलाई हराएको हो । यो म्याच जित्ने टोलीले अर्को चरणमा पुग्ने सम्भावनालाई बलियो बनाउनेछ । 

सेनेगलले सादियो मानेबाट फेरि उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको छ । 

जापानले अघिल्लो म्याच आक्रामक खेलेको थियो र यसमा पनि उसले त्यही रणनीतिका साथ खेलेर फेरि जीत हासिल गर्ने कोशिश गर्नेछ । 

तेस्रो म्याचमा पोल्यान्डले प्रतियोगितामा टिकिरहनका लागि कोलम्बियालाई हराउनैपर्ने स्थिति छ । कोलम्बियाको पनि त्यही स्थिति छ । यो म्याचमा पोल्यान्डका रोबर्ट लेभेन्दोस्की र कोलम्बियाका हामेस रोड्रिगेजमाथि नजर रहनेछ ।
रोड्रिगेजले अघिल्लो विश्वकपमा ६ गोल गरेर गोल्डेन बूट जितेका थिए । 

अघिल्लो म्याचमा पोल्यान्डका कप्तान रोबर्ट लेभेन्दोस्की बल पाउन नै संघर्ष गरेका देखिए । त्यसले गर्दा उक्त म्याचमा पोल्यान्डले खास केही गर्न सकेन । यस खेलमा उनको सुधारिएको प्रदर्शनको अपेक्षा गरिएको छ । 

अर्कातर्फ कोलम्बियाले पनि अघिल्लो खेलको भन्दा राम्रो प्रदर्शन गर्ने अपेक्षा छ । कोलम्बियाको टोलीले विश्वकपमा युरोपेली मुलुकहरूविरुद्ध अहिलेसम्म नौ म्याच खेलेकोमा जम्मा दुईवटा जितेको छ भने पाँचमा हार बेहोरेको छ ।

एजेन्सी

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ २४, २०७५

काठमाडौं, २४ जेठ - फिफा विश्वकप फूटबल प्रतियोगिता यही जेठ ३१ गतेबाट रुसमा शुरु हुँदैछ । विश्वभरका करोडौं फूटबल समर्थक विश्वकपको प्रतिक्षामा छन् । आफूलाई मन पर्ने टोली र खेलाडीहरूको प्रदर्शनमा उनीहरूको नज...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

असार ९, २०७५

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...

असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x