×

NMB BANK
NIC ASIA

साउदी अरबमा आजदेखि महिलाले गाडी चलाउन पाउने

असार १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० असार – साउदी अरबमा महिलाहरूलाई गाडी चलाउन लगाइएको प्रतिबन्ध आइतवार हटाइएको छ । अब उनीहरूले आधिकारिक रूपमा कार तथा अन्य वाहन चलाउन पाउनेछन् ।

अघिल्लो वर्षको सेप्टेम्बरमा युवराज मोहम्मद बिन सलमानको आदेशमा साउदी सरकारले यसको घोषणा गरेको थियो । महिलालाई गाडी चलाउन नदिने साउदी अरब संसारकै एक मात्र मुलुक थियो । 

सलमानको भिजन २०३० अन्तर्गत देशमा महिलाहरूलाई अनेकौं क्षेत्रमा अधिकार दिइएको छ । गाडी चलाउने अधिकार पनि त्यसैको एक हिस्सा हो । 

हालै त्यहाँ महिलाहरूलाई व्यापार शुरू गर्ने अधिकार दिइएको छ । उनीहरूलाई स्टेडियम गएर म्याच हेर्ने छुट पनि दिइएको छ । 

साउदीमा लामो समयदेखि महिलालाई गाडी चलाउने अधिकार दिन माग उठिरहेको थियो । रियादमा सन् १९९० को दशकमा गाडी चलाउँदा महिला पक्राउ परेका थिए । धेरैचोटि महिलाहरूले साउदी नीतिको विरुद्धमा चुपचाप कार
चलाएर त्यसको भिडियो सामाजिक सञ्जालमा राखेका थिए । 

युवराज सलमानले भिजन २०३० अन्तर्गत तेल र ग्यास अनि हजयात्रामा धेरै निर्भर साउदी अरबको अर्थव्यवस्थालाई विविधता दिन खोजेका हुन् । उनी उत्पादन र सेवा क्षेत्रलाई प्रोत्साहन गर्न चाहेका हुन् । उनी धेरैभन्दा धेरै मानिसलाई
अर्थव्यवस्थाको हिस्सा बनाउन चाहन्छन् । यसबाट देशमा उत्पादकता बढ्ने उनको सोच छ ।

एजेन्सी

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x