फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
काठमाडौं, १० असार –चीन र नेपालबीच तिब्बतको केरुङदेखि काठमाडौंसम्म रेलमार्ग बिछ्याउने सम्झौतामा बिहीवार हस्ताक्षर भएको छ ।
चीनको ६ दिने भ्रमण गरेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली खछ्याङबीच दुवै देशलाई जोड्नका लागि सडक, रेल र हवाईमार्ग बनाउने सम्झौता भएका छन् ।
दुवै देशले द्विपक्षीय सहयोगअन्तर्गत भएको यस ऐतिहासिक सम्झौताबाट एक नयाँ युगको शुरूआत हुनेछ । यसबाहेक आपसी सहयोगका लागि अप्टिकल फाइबर नेटवर्कबाट पनि दुई देश जोड्ने विषयमा सहमति बनेको छ ।
चीनमा रहेका वरिष्ठ पत्रकार सैबल दासगुप्ता भन्छन्, ‘तिब्बतमाथि ल्हासासम्म जुन रेलमार्ग छ त्यसलाई बढाएर काठमाडौं पु–याउने योजना छ । यसका लागि अनेकौं पुल र सुरुङ बनाउनुपर्ने हुन्छ । यो कठिन र खतरनाक काम मानिन्छ ।’
उनका अनुसार, ‘यसमा धेरै खर्च पनि लाग्नेछ र नेपालसँग त्यस्तो क्षमता छैन । ऋण लिँदा नेपाल ३०–४० सम्म त्यही तिरेर बस्नुपर्ने हुन्छ । यसका बारेमा नेपालले सोच्नुपर्छ । रेल आएपनि के गर्ने भनी सरकारले सोच्नुपर्छ । नेपालका लागि चीन ग्राहक हैन तर चीनका लागि नेपाल ग्राहक हो ।’
यो रेलमार्ग अहिलेका लागि भारतको सीमासम्म आउँदैन । त्यसैले अहिल्यै यसबाट भारतलाई कुनै खतरा देखिँदैन । तर सैबल दासगुप्ता भन्छन्, ‘मानौं यो रेलमार्ग काठमाडौंबाट अघि बढेर भारतीय सीमासम्म आइपुगेका चीनको सामान भारतको ढोकैमा आइपुग्नेछ ।’
उनी थप्छन्, ‘चीन नेपाललाई आफ्नो सामान बेच्न चाहन्छ भने त्यसभन्दा ठूलो जोक अरू कुनै हुँदैन । नेपालका मानिस त रेलको टिकट किन्न पनि सक्ने छैनन् । सस्ता सामानको कुरा गर्ने हो भने नेपालमा एउटा ठूलै बजार त छ तर ठूलो मशिनरीका लागि त उसले भारतकै मुख ताक्नुपर्नेछ ।’
सैबालका अनुसार, ‘चीनको एक मात्र उद्देश्य भारतको ढोकामा आफ्नो माल ल्याउनु हो र यसका लागि ऊ नोक्सानी सहन पनि तयार छ । अनि ऊ भारतमाथि पेटी सडक परियोजनाको अंग बन्ने दबाब दिन चाहन्छ किनकि भारतका व्यापारीहरू नै भारत किन यति ठूलो मौका हातबाट जान दिएको भन्नेछन् ।’
चीनका राष्ट्रपति शी चिनफिङ पेटी सडक परियोजनाअन्तर्गत एसियाका मुलुकहरूलाई अरबसँग जोड्न चाहन्छन् । तर धेरै जानकारहरूका अनुसार, यो पेटी सडक परियोजनामार्फत चीन महाशक्ति बन्ने आफ्नो सपना साकार पार्न चाहन्छ ।
चीनले भारतलाई पनि यसमा संलग्न हुन अनुरोध गरेको छ तर भारतले यसलाई अस्वीकार गरिरहेको छ । यस योजनाअन्तर्गत शुरू भएको चीन पाकिस्तान आर्थिक कोरिडर पाकिस्तानप्रशासित कश्मीर भएर जाने हुँदा आफ्नो सम्प्रभुताको उल्लंघन भएको भारतको जिकिर छ ।
भारतमा अर्को वर्ष आमनिर्वाचन हुँदैछ । सैबल दासगुप्ता भन्छन्, ‘चुनावअघि मोदी सरकार कुनै हालतमा पेटी सडक परियोजनाको समर्थन गर्ने पक्षमा छैन । यसलाई मानेर एउटा सीमको कुरा गर्दा अर्को सीमाको पजि प्रसंग उठ्ने उसको अनुमान छ । अखण्डताको सिद्धान्तलाई भारतले तिलाञ्जलि दिएमा उसले चुनावमा पराजय बेहोर्नुपर्ने हुन्छ ।’
उनका अनुसार, चीनले निकै ठूलो जुवा खेलिरहेको छ र भविष्यमा सरकारले शायद परियोजनालाई स्वीकृति देला । चीनले सीधै सरकारलाई दबाब नदिएर भारतका व्यापारीहरूलाई फाइदा पु–याउने काममार्फत दबाब दिने प्रयास गरिरहेको छ ।
नेपालका वरिष्ठ पत्रकार युवराज घिमिरे भन्छन्, ‘अघिल्लो वर्ष नेपाल चीनको पेटी सडक परियोजनाको अंग बन्ने सहमति बनेको थियो तर त्यसअन्तर्गत कुन परियोजना सञ्चालन गर्ने भन्ने निर्णय लिइएको थिएन ।’
उनका अनुसार, भारतले आधिकारिक रूपमा त नेपालले चीन र तिब्बतसँग कस्तो सम्बन्ध राख्ने भन्ने कुरा नेपालको निर्णय भएको भनेको छ । तर नेपालले जे गरेपनि भारतीय संवेदनशीलता र सुरक्षासम्बन्धी चिन्तालाई आघात पु–याउनु नहुने भारतको इच्छा छ ।
उनी भन्छन्, ‘नेपालले बारम्बार छिमेकी मुलुक चीन र भारतको हितविरुद्ध कुनै काम नगर्ने बताउँदै आएको छ । तिब्बतसँग नेपालका १६ जिल्लाहरू टाँसिएका छन् त्यसैले तिब्बतसँग नजोडिइकन ती ठाउँको विकास सम्भव छैन ।’
घिमिरेले चीनको स्वायत्त क्षेत्र तिब्बत र नेपालबीच सन् १९६० को दशकमा चीनको सहयोगले कोदारी राजमार्ग बनेको जानकारी दिए ।
सन् २०१५ मा देशले नयाँ संविधान जारी गरेपछि मधेसीको मामिलामा भारतले नेपालमाथि आथिक नाकाबन्दी लगाएको अनि त्यसैले गर्दा नेपाल र भारतबीच तनाव बढेको थियो ।
त्यसपछि नेपाललाई भारतमा मात्र निर्भर रहँदा आफूलाई निकै मुश्किल हुने लाग्यो । अनि नेपालले चीनसँग सम्बन्ध बढाउन जरूरी भयो ।
तर रेलमार्ग बनेपछि चीनको सामान भारत आउँछ नै भन्ने छैन । उनी भन्छन्, ‘रेलमार्ग काठमाडौंसम्म मात्र आउने हो । अनि भारतले पनि त बिहारको रक्सौलदेखि काठमाडौंसम्म रेलमार्ग बनाउने कुरा गरेको छ र त्यो पाँच वर्षमा बन्नेछ ।’
‘द्विपक्षीय चर्चामा अधिकारीहरूले धेरैचोटि सीमापारि हुने तस्करीमा नियन्त्रण गर्ने कुरा गरेका छन् तर रेलमार्गले तस्करी बढाउँछ जस्तो मलाई लाग्दैन । यो सेवा यात्रीहरूका लागि शुरू गरिनेछ ।’
बीबीसी हिन्दीमा प्रकाशित मानसी दाशको रिपोर्ट
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...