×

NMB BANK
NIC ASIA

विराटनगर महानगरपालिकाको दोश्रो नगरसभा : कार्यक्रम शुरु नहुँदै स्वास्थ्य स्वयंसेविकाको विरोध

असार १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर, १० असार– विराटनगर महानगरपालिकाको दोश्रो नगरसभा शुरु हुन नपाउँदै विवाद उत्पन्न भएकाे छ । कार्यक्रम शुरु हुन नपाउँदै वडा सदस्य र महिला स्वास्थ्य स्वयंसेविकाहरुले कार्यक्रममा सम्बोधन नगरिएको भन्दै कार्यक्रम बहिस्कार गर्न खोजेका थिए । 

Sagarmatha Cement
Muktinath Bank

आर्थिक बर्ष २०७५/०७६को नीति तथा कार्यक्रम सार्बजनिक गर्नको लागि आयोजना गरिएको कार्यक्रममा महिला स्वस्थ्यस्वयंसेविकाहरुले आफुहरुलाई अपमान गर्न खोजेको भन्दै कार्यक्रम बहिस्कार गरी एक हुल बाहिर निस्कँनै लाग्दा बिचमा रहेका केही महानगरका कर्मचारीले रोके । तर उनीहरु सम्बोधनमा महिला स्वास्थ्य स्वयंसेविकालाई हेला गरिएको भन्दै उनीहरुको आक्रोश कम भएन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यही बीचमा वडा सदस्यहरु पनि एकाएक उठेर कार्यक्रम बहिस्कार भन्दै बाहिर निस्कीए । वडा सदस्यहरु बाहिर निस्कँदै गर्दा मेयर भीम पराजुलीलाई त्यो बेलासम्म नबोली नहुने भयाे । मेयर पराजुलीले माईकिङ गरेर गल्ती स्वीकार गरेपछि उनीहरु केही मत्थर भएर कार्यक्रम स्थलमा बसे । यो घटना क्रमको मुख्य कारण भने दिउँसो २ बजे भनेर बोलाईएकाे कार्यक्रम करिब २ घण्टा ढिलो शुरु हुँदाको परिणाम भएको कार्यक्रममा एक सहभागीले बताए । 


Advertisment
Nabil box
Kumari

कार्यक्रम ढिला शुरु हुँदा आक्रोशमा बसेका महिला स्वयम् सेविकाहरुले कार्यक्रममा आसन ग्रहण गराउँदा आफुहरुको नाम छुटाएको भन्दै बिरोध गरे । त्यस्तै वडा अध्यक्ष र कार्यपालिका सदस्यलाई आशन ग्रहण गराएको भएपनि वडा सदस्यलाई आशन ग्रहण नगराएपछि महिला स्वास्थ्य स्वयम सेविकाले कुरा उठाउने बितिकै वडा सदस्यहरुले पनि अाफ्नाे अाक्राेश पाेखे । 

Vianet communication
Laxmi Bank

विराटनगरको बजेट ४ अर्ब ४७ करोड

विराटनगर महानगरपालिकाको दोश्रो नगरसभाबाट ४ अर्ब ४७ करोड ८ लाख ४९ हजारको बजेट सार्बजनिक गरेको छ। मेयर भीम पराजुलीले सार्वजनिक गरेको बजेटमा महानगरपालिका तर्फ २ अर्ब ५२ करोड ८३ लाख ४९ हजार र मझौला शहर एकिकृत शहरी वातावरणीय सुधार परियोजना अन्तर्गत क्षेत्रीय सहरी विकास परियोजना तर्फ १ अर्ब ९४ करोड २५ लाख रहेको छ । अनुमानित बजेटमा आन्तरिक श्रोतबाट ५४ करोड ३ लाख, राजश्व बाँडफाँडबाट ३७ करोड ५ लाख, संघीय र प्रदेश सरकार वितिय समानिकरण अनुदान ५३ करोड ८७ लाख ९५ हजार जुटाइने मेयर पराजुलीले जानकारी दिए । त्यस्तै संघीय सरकार शसर्त अनुदान बिषयगत कार्यालय तर्फ ४४ करोड ९६ लाख, संघीय सरकार समपुरा विशेष अनुदान १० करोड, संघीय सरकार शसर्त अनुदान ३६ करोड १५ लाख प्राप्त हुने छ । बैदेशिक तथा अन्य संघ संस्था अनुदान ४ करोड ४६ लाख ५० हजार, जनसहभागीताबाट ३ करोड ५० लाखको आशा गरिएको छ । 

प्राप्त रकममध्ये ४ दशमलव ४७ प्रतिशत सामाजिक सुरक्षा भत्तामा जाने देखिएको छ । भौतिक पूर्वाधार निर्माणको लागि भन्दै महानगरले ७२ दशमल ७२ प्रतिशत अर्थात ३ अर्ब २५ करोड ३ लाख खर्च हुने बताएको छ । वातावरण, सरसफाई विपद ब्यवस्थापन, सुचना तथा प्रबिधि ब्यवस्थापन, संस्थागत विकास सेवा प्रवाह र सुशासनको लागि १ दशमलव ३३ प्रतिशत अर्थात ५ करोड ९३ लाख ३० हजार विनियोजन गरिएकाे छ । सामाजिक विकास, महिला तथा बालबालिका, स्वास्थ्य, शिक्षा, कृषि र पशुपन्छी कार्यक्रममा संघीय सरकारको शसर्त अनुदान समेत गरी ६२ करोड ४३ लाख ३४ हजार अर्थात १३ दशमलव ९६ प्रतिशत रकम विनियोजन गरिएको मेयर पराजुलीले जानकारी दिए । 

स्थानीय तहले अधिकार बुझेन !

स्थानीय तह कार्यान्वनयनमा गएको पनि एक बर्ष पूरा भएको छ । एक बर्षको अबधिमा धेरै राम्रा पनि काम भए पनि कतिपय कामहरु झारा टार्ने खालको भएको स्थानीयले अाराेप लगाएका छन् । तर विराटनगर महानगरपालिकाले दोश्रो नगरसभा गरी रहँदा आफ्नो अधिकारको पूर्ण प्रयोग गर्न नपाएकाे बताइन्छ ।

स्थानीय तह आफैमा स्थानीय सरकार भएकोले अाफूले बनाएको बजेट नीति तथा कार्यक्रम जारी भई रहँदा कार्यक्रममा प्रमुख अतिथी संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित थिए ।

उनीसँगै बिराटनगरको बिरेन्द्र सभागृहको मञ्चमा प्रसस्तै अतिथीहरु बोलाईएका थिए । मञ्चमा संघीय संसदका ३ जना सांसद थिए भने प्रदेश सभाका झण्डै एक दर्जन प्रदेश सभा सदस्यहरुको उपस्थिती थियो । यो पुरानो परम्परा भएपनि अहिले स्थानीय सरकारले पनि पुरानै परम्परालाई निरन्तरता दिएको पाईएको छ । 

हिजो मात्र पनि मोरङको केरावारी गाउँपालिकाले पनि दोश्रो गाउँ सभामा प्रमुख अतिथीमा यसैगरी लालबाबु पण्डितलाई प्रमुख अतिथी बनाएको थियो भने अतीथिहरुमा सांसद देखि जिल्ला समन्वय समितिका अध्यक्ष समेतलाई बोलाएर मञ्चमा राखिएको थियो । कतिपय स्थानीय तहले आफ्नो अधिकार आफैले प्रयोग गर्ने भन्दै बजेट सार्बजनिक संसदमा गरेको जस्तै गरी गरेको पाईएपनि कतिपय स्थानीय तहले आफ्नो अधिकार प्रयोग गर्न नजानेको टिका टिप्पणी हुँदै आएको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x