×

NMB BANK
NIC ASIA

खानेपानीको हाहाकार : प्रशोधन केन्द्र जीर्ण हुँदा सुन्दरीजलबाट धमिलो पानी

असार १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० असार – सुन्दरीजलबाट उपत्यकामा वितरणका लागि ल्याइएको वाग्मतीको पानी राम्रोसँग प्रशोधन नहुँदा धमिलो पानी धारामा खस्ने गरेको छ ।

Muktinath Bank

सुन्दरीजल प्रशोधन केन्द्रमा रहेका ६ वटा प्रशोधन केन्द्रमध्ये हाल २ वटा मात्र सञ्चालनमा छन् । विक्रम सम्वत् २०२२ मा निर्माण भएको प्रशोधन केन्द्र हालसम्म मर्मत भएको थिएन । केन्द्रले पानी प्रशोधन नै गर्न नसक्ने भएपछि ४ वटा केन्द्रको मर्मत शुरू गरिएको कार्यालय प्रमुख वसन्तकुमार पालले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धाराको पानी पिउन त के कपडा धुन र नुहाउनसमेत नहुने धमिलो खस्न थालेपछि आज समता मानव अधिकार तथा नागरिक समाजले प्रशोधन केन्द्रको स्थलगत रुपमा अनुगमन ग¥यो । धारामा पानी नआउने, आएपनि धमिलो पानी मात्र आउने गरेकाले खानेपानीको मुहान क्षेत्रमै हाहाकार भएर अनुगमन गर्नुपरेको समाजका अध्यक्ष नोर्साङ शेर्पाले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

‘प्रशोधन गर्ने प्रयोजनका लागि राज्यको पैसा खर्च भएकाले शुद्ध पानी पिउन पाउने नागरिकको मौलिक हकको रक्षा हुनुपर्छ, केन्द्रमा कार्यालय र पर्याप्त मात्रामा कर्मचारीसमेत नभएको पाइयो, उपत्यकामा बढी पानी जाने केन्द्रको यस्तो हालत हुनुभएन, सुध्रनुपर्छ,’ उनले भने ।

Vianet communication
Laxmi Bank

लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयले सुन्दरीजलमा विक्रम सम्वत् २०७० मा निर्माण गरेको ‘डिस्इन्फेक्सन प्लान्ट’ (शुद्घिकरण गर्ने उपकरण) सञ्चालन नै हुन नसक्दा पनि आधुनिक प्रविधिबाट पानी प्रशोधन हुन नसकेको कार्यालय प्रमुख पालले स्वीकारे । ‘प्रशोधन गर्न रासायनिक पदार्थ पनि पुग्दैन, ‘डिस्इन्फेक्सन प्लान्ट’ चलेन भनेर निर्देशनालयलाई पत्र लेखे पनि न त जवाफ आयो, न बन्यो,’ उनले भने । 

सुन्दरीजल क्षेत्र जाँदैमा मीठो र शुद्ध पानी पाइएला भन्ने सबैको अनुमान हुन्छ । मुहानमाथिको वस्तीका कारण पनि वर्षाको पानी प्रदूषित हुने गरेको स्थानीय सन्दीप लामाले सुनाए । ‘पानीको मुहानमाथिको बस्तीमा भूकम्पले घरसँगै शौचालय पनि भत्किए, धेरै शौचालय अझै पुनःनिर्माण भइसकेका छैनन्, खुला शौचालय यहाँको बाध्यता बनेको छ, वर्षाको भेलले यो फोहर पानीपोखरीमै आउँछ,’ उनले भने । 

‘प्रशोधन केन्द्र जीर्ण बन्दै जाँदा वर्षौं अघिदेखि दिइएको निर्देशनअनुसार बल्ल मर्मत शुरु गरेर कार्यान्वयनतर्फ गएको छ, धेरै ठाउँमा मूल पाइपबाटै पानी वितरण र चोरी भएका छन्, त्यससम्बन्धी विवरण पेश गर्न आयोगले दिएको निर्देशन पनि लिमिटेडले मानेन’

पानीपोखरीमाथि रहेको मूलखर्क, चिलाउने, ओखरेनी, कुनेलगायतका वस्ती सार्न विगत ३० वर्षअघिदेखि बहस चले पनि अझै टुंगोमा पुग्न सकेको छैन । बस्ती स्थानान्तरण वा सरसफाइको अभियान दुवै अघि नबढ्दा उपभोक्ता भने धारामा बल्लबल्ल खसेको धमिलो पानी हेरेर बस्न बाध्य छन् । धारामा आएको पानी पिएपछि घाँटी दुख्ने र नुहाएमा जीउ चिलाउने समस्या देखिएको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलकी सहारा थापाको गुनासो छ । कपडा धुँदा रङ नै बदलिने समस्या आउन थालेको उनको भनाइ छ । 

संविधानमा खानेपानीलाई मौलिक हकका रुपमा उल्लेख गरिए पनि उपत्यकामा पानी बढी पाइने भनेर चिनिने मुहान क्षेत्रकै अवस्था दयनीय बनेको छ । सुन्दरीजल पानी प्रशोधन केन्द्रको पटक–पटक अनुगमन गरी सेवाको गुणस्तर सुधार्न लिमिटेडलाई दिएको निर्देशन वेवास्ता गरिएको खानेपानी महसुल निर्धारण आयोगका अध्यक्ष उपेन्द्रकुमार अधिकारीले बताए । ‘प्रशोधन केन्द्र जीर्ण बन्दै जाँदा वर्षौं अघिदेखि दिइएको निर्देशनअनुसार बल्ल मर्मत शुरु गरेर कार्यान्वयनतर्फ गएको छ, धेरै ठाउँमा मूल पाइपबाटै पानी वितरण र चोरी भएका छन्, त्यससम्बन्धी विवरण पेश गर्न आयोगले दिएको निर्देशन पनि लिमिटेडले मानेन,’ उनले भने । 

निर्देशनालय स्रोतले भने आइरन मात्र प्रशोधन हुनेगरी प्लान्ट बनाइएको जानकारी दिएको छ । एमोनिया जस्ता व्याक्टेरिया नयाँ स्थापना गरिएको प्लान्टबाट प्रशोधन हुन नसक्ने जनाइएको छ । सुन्दरीजलबाट उपत्यकामा वर्षामा दैनिक ९ करोड लिटर र हिउँदमा ६ करोड लिटर पानी आपूर्ति हुने गरेको लिमिटेडले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x