×

NMB BANK
NIC ASIA

दूधमा समेत लापरवाही, यी २३ डेरीको दूधमा भेटियो हानिकारक जीवाणु

असार ११, २०७५

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

काठमाडौं, ११ असार – राजधानीका २३ वटा प्रशोधित दूध डेरीका ३३ वटा ब्रान्ड (पाउच) मा मानव स्वास्थ्यलाई हानि पुर्‍याउने कोलिफर्म नामक सूक्ष्म जीवाणु फेला परेको छ । कृषिमन्त्री चक्रपाणि खनालको नेतृत्वमा १५ दिनअघि (जेठ २८) संकलन गरिएका ४२ वटा दूधका नमुनामध्ये ३३ वटामा हानिकारक जीवाणु फेला परेको हो ।

Muktinath Bank

बबरमहलस्थित खाद्य तथा प्रविधिमातहतको केन्द्रीय प्रयोगशालाका अनुसार अन्तर्राष्ट्रियस्तरको खाद्य सुरक्षा व्यवस्थापन प्रणालीमा आधारित आईएसओ प्रमाणीकरण गरिएको सरकार स्वामित्वको दुग्ध विकास संस्थानसहित २३ वटा निजी तथा सामुदायिक डेरीको दूधमा कोलिफर्म फेला परेको छ। मन्त्रालयद्वारा जारी रिपोर्टअनुसार आधुनिक डेरी बालाजु (आधुनिक), गल्फु विनायक डेरी काभ्रे (अलिसाज), आकृति दुग्ध तथा कृषि बालकोट (अनमोल), जयश्री डेरी काभ्रे (अपर्ण), भक्तपुर डेरी भक्तपुर (भक्तपुर), चौधरी डेलिसियस मिल्क एन्ड वेभरेज (एचडीआई नीलो/रातो), हिमालय डेरी लगनखेल (डेली यूएचटी), दुग्ध विकास संस्थान (डीडीसी काउ/क्रिम/स्ट्याडर्ड/टि मिल्क) का दूधमा कोलिफर्म जीवाणु पाइएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैगरी जगदम्बा डेरी भक्तपुर (एभ्रीडे), एचडी मिल्क एन्ड वेभरेज काठमाडौं (गोधूलि), कालिका डेरी भक्तपुर (कालिका), कान्तिपुर फ्रेस मिल्क (रातो/नीलो), नवप्रभात डेरी गोदावरी (नवप्रभात), नेपाल डेरी धापाखेल (एन्डिज), कन्ट्री फुड प्रालि भक्तपुर (नोभा), राजधानी डेरी काठमाडौं (आरडीसी), सुजल डेरी थानकोट (सफल), संजीवनी डाइटी उद्योग भक्तपुर (संजीवनी), शिवम् डेरी भक्तपुर (शिवम्), सीताराम डेरी कीर्तिपुर (कृष्ण), हिमालय डेरी प्रडक्ट लगनखेल (टुडे), तुलसा डेरी प्रालि काठमाडौं (तुलसा) र संयुक्त डेरी पाटनको (एस) लगायत प्रशोधित दूधमा पनि कोलिफर्म फेला परेको छ। प्रयोगशालाले सामूहिक कृषि डेरी बालाजुको उत्पादन (सुलभ रातो/नीलो प्याकेट) र भक्तपुरको खरिपाटी डेरीको उत्पादन (गायत्री) मा भने कोलिफर्म नभेटिएको जनाएको छ।


Advertisment
Nabil box
Kumari

चिकित्सकका अनुसार कोलिफर्म रातो रगत भएका मानिस, चौपाया र चराचुरुंगीको दिसामा पाइन्छ। यो दर्जन बढी ब्याक्टेरियाहरूको समूह हो। कोलिफर्म मुख्य तीन प्रकारका हुन्छन्– इकोलाई, फेकल र टोटल। दूधमा भेटिएको कोलिफर्म कुन प्रकारको हो भनेर केन्द्रीय प्रयोगशालामा वर्गीकरण गरिँदैन। चिकित्सकका अनुसार इकोलाई कोलिफर्म मिसिएको दूध वा पानी पिउँदा स्वास्थ्यमा हानि पुग्छ। यो जीवाणुको मिसावट भएमा पखाला लाग्ने, टाउको दुख्ने, मांसपेसी बाउँडिने आदि हुन्छ। दूधमा कोलिफर्मको मात्रा जति धेरै हुन्छ, त्यति धेरै जोखिम हुन्छ। कोलिफर्म दूधमा हावाको माध्यमबाट उडेर वा दूषित पानीको मिसावटबाट सर्ने गर्छ।

Vianet communication
Laxmi Bank

कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x