×

NMB BANK
NIC ASIA

समर्थकलाई खुशीको खबर - मेस्सीले तत्काल संन्यास नलिने !

असार ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ११ असार – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले विश्वकप नजितेसम्म अन्तर्राष्ट्रिय फूटबलबाट संन्यास नलिने बताएका छन् ।

Muktinath Bank

लगातार एक विश्वकप र दुई कोपा अमेरिका फूटबल प्रतियोगिताको फाइनलमा पुगेर पनि उपाधिबाट बञ्चित भएपछि निराश बन्दै संन्यास घोषणा गरेका मेस्सी फेरि टीममा फर्किएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुसमा जारी विश्वकपमा पनि अर्जेन्टिनाले खराब प्रदर्शन गरिरहेको छ । यसै प्रतियोगितापछि मेस्सीले संन्यास लिने अडकलबाजी भइरहेका बेला उनले विश्वच्याम्पियन नबनेसम्म संन्यास नलिने प्रस्ट पारेका हुन् ।


Advertisment
Nabil box
Kumari

आइतबार आफ्नो ३१औं जन्मोत्सव मनाएका मेस्सीले भनेका छन् - 'मैले सारा महत्त्वपूर्ण ट्रफी जितेँ, विश्वकप भने आजसम्म महत्त्वाकांक्षामै सीमित भएको छ । म मेरो देशको प्रतिनिधित्व गर्दै विश्वकप ट्रफी नउचालेसम्म संन्यास लिन्नँ ।'

Vianet communication
Laxmi Bank

विश्वकप ट्रफी उचाल्ने सपनाका कारण पनि आफू भावुक बनेको उनको प्रतिक्रिया छ ।

मेस्सी नेतृत्वको अर्जेन्टाइन टीम रुस विश्वकपमा कठिन परिस्थितिमा छ । आइसल्याण्डसँग बराबरी र क्रोएसियासँग लज्जास्पद् हार बेहोरेको अर्जेन्टिना अघिल्लो चरणमा जान नाइजेरियासँगको खेल जित्नै पर्ने दबाब छ ।

अझै आइसल्याण्डले क्रोएसियालाई हराएको खण्डमा उसले भन्दा २ गोल बढी अन्तरले नाइजेरियालाई हराउनुपर्ने हुन्छ ।

क्रोएसियासँगको हारपछि स्तब्ध बनेको अर्जेन्टिनाका खेलाडी शनिबार र आइतबार निकै हँसिलो मुद्रामा अभ्यासमा सहभागी भएका छन् ।

अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएअनुसार मेस्सी आफैँ साथी खेलाडीहरूलाई हसाउनमा केन्द्रित छन् । टीममा उत्साह भरेर मात्र खेल जित्न सकिनेमा सबैको एकमत देखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असार ९, २०७५

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x