×

NMB BANK
NIC ASIA

विश्वकपमा समूहको अन्तिम चरण आजबाट, यसकारण एकसाथ खेलाइन्छ दुई खेल

असार ११, २०७५

NTC
Sarbottam
तस्वीर : फिफा
Premier Steels
Marvel

काठमाडौं, ११ असार – रुसमा जारी विश्वकप फूटबल प्रतियोगितामा आजबाट समूहका अन्तिम चरणका खेलहरू हुँदैछन् ।

Muktinath Bank

प्रतियोगितामा सहभागी ३२ वटै टोलीले २-२ खेल खेलिसकेका छन् । समूहमा अब सबैले १-१ खेल खेल्न बाँकी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसक्रममा सोमबार ४ खेल हुँदैछन् । बेलुका पौने ८ बजे 'समूह ए'का साउदी अरेबिया र इजिप्ट तथा उरुग्वे र रुस भिड्नेछन् भने राति पौने ११ बजे 'समूह बी'का इरान र पोर्चुगल तथा स्पेन र मोरक्को आमनेसामने हुनेछन् ।


Advertisment
Nabil box
Kumari

रुस र उरुग्वे दुवै नकआउट चरणमा प्रवेश गरिसकेकाले आजको खेल समूह विजेता टुंगो लगाउन निर्णायक हुनेछ । इजिप्ट र साउदीले भने प्रतिष्ठाका लागि खेल्नेछन् ।

Vianet communication
Laxmi Bank

'समूह बी'मा भने समीकरण रोचक छ । मोरक्कोका लागि आजको खेल अन्तिम हुने पक्का भए पनि बाँकी तीनमध्ये कुन एक टीम मोरक्कोसँगै घर फर्किँदैछ भन्ने टुंगो लाग्न बाँकी छ ।

मोरक्कोलाई पराजित गर्न सके वा बराबरी खेलेमा पनि स्पेन अघि जानसक्छ भने पोर्चुगललाई पनि इरानसँग अंक खोस्नै पर्ने बाध्यता छ । 

यस्तै पोर्चुगललाई हराउन सके इरान पनि अघिल्लो चरणमा पुग्ने सम्भावना जीवित छ । यी ३ मध्ये २ टोली अघिल्लो चरणमा जान सक्छन् । तीनवटै टीमलाई इलिमिनेसनको खतरा पनि कायम छ ।

किन एक साथ खेलाइन्छ समूहको अन्तिम चरणका खेल ?

यसअघिका हरेक खेल फरक-फरक समयमा हुँदै आएकोमा अब एकसाथ २-२ खेल हुँदैछ । अझै प्रस्ट पार्नुपर्दा एक समूहका दुवै खेल एकै समयमा हुनेछ ।

किन एकसाथ दुई खेल खेलाइएको भन्ने जिज्ञासा आमपाठकमा हुनसक्छ ।

यसको मुख्य कारण हो, एक खेलको नतिजाले अर्को खेललाई प्रभावित नपारोस् भन्ने सतर्कता ।

उदाहरणका लागि 'समूह बी'लाई नै लिऔं -

यस समूहमा स्पेन, पोर्चुगल, इरान र मोरक्को छन् । मोरक्कोबाहेक बाँकी टीमको भाग्य र भविष्यको फैसला अन्तिम चरणको खेलबाटै हुनेछ ।

जीत र बराबरीले स्पेन र पोर्चुगल दुवैलाई अघिल्लो चरणमा पुर्‍याउने छ । हार्दा भने एकले अर्कोको नतिजामा भर पर्नुपर्छ । यी खेल एकसाथ नहुने हो भने पछिल्लोपटक खेल्ने टीमलाई अगाडि जान कुन-कुन अवस्था आफ्ना लागि अनुकूल छ भन्ने प्रस्ट हुन्छ र उसले त्यसबाट लाभ लिनसक्छ ।

समूहका सबै खेल एकसाथ हुने हो भने त्यस्तो लाभ कुनै पनि टीमलाई हुँदैन र सबैले समान स्थितिमा खेल्न पाउँछन् ।

एउटा खेलको नतिजाले अर्कोमा प्रभाव नपारोस् भन्नका लागि विश्वकपमा समूहका अन्तिम खेल एकसाथ खेलाउने गरिएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

असार ९, २०७५

आर्जेन्टिनालाई क्रोएशियाले बिहीबार राति भएको खेलमा ३-० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ। ...

माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x