×

NMB BANK
NIC ASIA

समृद्धिको नाराबीच रासायनिक मलको हाहाकार, सरकारले दुःख दिएको किसानको आरोप

असार ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी, ११ असार – सरकारले समृद्ध नेपालको नारा दिइरहेको बेला ७ नम्बर प्रदेशका किसानले मलखादको चरम अभाव झेल्नुपरेको छ । किसानलाई रोपाइको चटारो लागेको बेला रासायनिक मलको हाहाकार भएको हो ।

Muktinath Bank

माग अनुसारको रासायनिक मल समयमा आपूर्ति नगरिँदा रासायनिक मलको अभाव सिर्जना भएको छ । मलको अभाव भएपछि धान रोपाइमा लागेका किसानले सास्ती खेप्नुपरेको छ । कैलारी गाउँपालिका–३ टिसिएनका स्थानीय कृषक मोतीराम चौधरीले आवश्यक मल उपलब्ध नहुँदा धान रोपाइ कसरी गर्ने भन्ने कुराले पिरोल्ने गरेको बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘रोपाइकै बेलामा मल अभाव हुनुपर्ने ? पैसा तिरेर पनि मल किन्न नपाउनु बडो दुःखको कुरा हो,’ उनले भने, ‘सरकारले आफ्नो नीति तथा कार्यक्रममा कृषि क्रान्ति तथा कृषि आधुनिकीकरणको कुरा गर्छन् । तर, हामी मल बिना धान रोपाइ गर्न बाध्य छौं ।’


Advertisment
Nabil box
Kumari

राज्यले सीमा क्षेत्रबाट हुने अवैध मल निकासीमा कडाइ गरेको छ । यता, मलको अभाव सिर्जना हुँदा कृषक सीमावर्ती भारतीय बजारबाट मलको अवैध आयात गर्दै आएका थिए । तर, अवैध आयातमा भएको कडाइ र सरकारी निकायबाट पनि मलको सहज आपूर्ति नहुँदा कृषकलाई कृषि पेशा हैरानी पेशा बनेको हो ।

Vianet communication
Laxmi Bank

कैलारी गापा–२ कुकुरभुक्काका स्थानीय कृषक राजु रैकाल भन्छन्, ‘हिजोसम्म यता अभाव हुँदा पारीबाट ल्याएर पनि काम चलाउँथ्यौं । तर, अचेल न यताबाट उपलब्ध हुन्छ, नत उताबाट । राज्यले किसानलाई दिनसम्म दुःख दियो ।’ रासायनिक मलको आपूर्ति कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडबाट हुँदै आएको छ । ७ नम्बर प्रदेशमा ७० प्रतिशत मलको आपूर्ति कृषि सामग्री र बाँकी साल्ट ट्रेडिङले गर्दै आएको छ ।

तर, ती २ कम्पनीले मलको अभाव चर्किएको बेला आवश्यक कोटा अनुसारको मल बिक्री गरिसकेको दाबी गरिरहेका छन् । साथै, हाल मल अपुग हुुनुको दोष एकअर्कालाई दिनुको साथै ठूला किसानले हिउँदे बालीको लागि समेत खरिद गरी स्टक राखेको हुँदा हाल अभाव देखिएको जिकिर गरिरहेका छन् ।

केही समय पहिले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीको रोहवरमा बसेको छलफलमा कृषि सामग्री र साल्ट ट्रेडिङले मल आपूर्तिबारे जानकारी गराएका थिए । कृषि सामग्रीले यूरिया मल ५५ सय मेट्रिक टन, डीएपी २५ सय मेट्रिक टन र पोटास २ सय मेट्रिक टन धान सिजनको लागि आपूर्ति गर्ने गरेको जनाएको थियो । सो अनुसार नै पुरानो मौज्दात र नयाँ गरी करीब २६ सय मेट्रिक टन मल बिक्री गरिसकेको कृषि सामग्री कम्पनी लिमिटेड धनगढीका क्षेत्रीय निमित्त प्रमुख दुर्गाप्रसाद पाण्डे बताए ।

त्यस्तै, साल्ट ट्रेडिङले धान र गहुँ सिजनको लागि डीएपी ३ हजार मेट्रिक टन, युरिया ६ हजार ८ सय मेट्रिक टन र पोटास २ सय मेट्रिक टन गरी १० हजार मेट्रिक टन कोटा रहेको मन्त्री चौधरीलाई साल्ट ट्रेडिङले जानकारी गराएको थियो । साल्ट ट्रेडिङ अञ्चल कार्यालय धनगढीका जनसम्पर्क प्रमुख रामचन्द्र जोशीले तोकिएको कोटाभन्दा १ हजार मेट्रिक टन बढी मल बिक्री गरेको जनाए । तर, कृषि सामग्रीका निमित्त प्रमुख पाण्डेले साल्ट ट्रेडिङले कोटा अनुसारको मल आपूर्ति गर्न नसक्दा अभाव भएको आरोप लगाए । 

यसैबीच, ७ नम्बर प्रदेशमा १० प्रतिशत किसानले मात्रै मलको अभाव झेलिरहेको बताइएको छ । मल आउँदो विहीबारसम्म धनगढी पुग्ने प्रवल सम्भावना रहेकाले अभाव हट्ने निमित्त प्रमुख पाण्डेको दावी छ । उनी भारतको बिसाखापटनम्बाट मल आयात भइरहेको पनि बताए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीले विनिताले केही किसानले मात्रै मल पाउन बाँकी रहेको बताउँदै मल आयातको प्रक्रिया जारी रहेकोले केही दिनमै मलको अभाव हट्ने दावी गरिन् । साथै, उनले पनि सहकारी संस्थाबाट ठूला किसानले हिउँदे बालीको लागि समेत मल खरिद गरी स्टक राखेको हुँदा केही अभाव देखिएको जिकिर गरिन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x