×

NMB BANK
NIC ASIA

तराईमा लामो खडेरी : भूमिगत जलस्रोत र नदी नाला सुक्दै, खेतभरि दरार

असार ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी, ११ असार – लामो खडेरीले पानीको मुहान सुक्न थालेका छन् । असार दोस्रो सातासम्म पनि मनसुनी वर्षा नहुँदा तराईमा पानीका मुहान सुक्न थालेका हुन् ।

Muktinath Bank

खडेरीको बाबजुत कृषकहरू धान रोपाइमा जुटेका छन् । बोरिङ, नहर, खोलानाला, नदीको पानीको भरमा कृषकहरू रोपाइमा सक्रिय छन् । तर, लामो खडेरीले पानीको मुहानै सुख्न थालेपछि कृषकहरू चिन्तित बनेका छन् । कैलारी गाउँपालिका–८ दक्षिण टेढीका स्थानीय कृषक सुन्दरलाल चौधरीले धान रोपाइ गर्ने क्रममा बोरिङ सुकेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बोरिङ सुकेपछि रोपाइ नै प्रभावित भएको कृषक चौधरीले बताए । ‘२÷३ कठ्ठामा रोपाइ गर्न पम्पसेटले बोरिङबाट पानी तान्यो । पछि त पानी तान्नै छोड्यो । उखेलेको बियाड सुक्न थाल्यो,’ उनले भने । भूमीगत जलस्रोतजस्तै नदी नाला पनि सुक्न थालेका छन् । लामो सुख्खाले उसैपनि कम बग्ने नदी नालामा कृषकले धान रोपाइको लागि पम्पसेटले पानी तान्न थालेपछि सुक्न थालेका हुन् ।


Advertisment
Nabil box
Kumari

कैलालीको घुराहा, कटैनी, खुटियालगायत नदी नाला सुक्न थालेका हुन् । धनगढी उपमहानगरपालिका–१६ का स्थानीय प्रकाश चौधरीले १ साता यता घुरही नदीमा दैनिक दर्जनौं पम्पसेटले कृषकहरू पानी तान्न थालेपछि मुहानै सुकेको जानकारी दिए ।

Vianet communication
Laxmi Bank

यसैबीच, कृषकले रोपाइ गरेको धान सुख्न थालेको छ । सिँचाइ सुविधा नहुँदा धान रोपिएको खेतमा दरार फाट्नुसँगै रोपिएको धान सुक्न थालेको हो । जुनकारण रोपिएको बीउ पुनः पम्पसेटको मद्दतले सिँचाइ गर्नु परेपछि कृषकलाई हैरानी भएको छ । कैलारी गाउँपालिका–६ का कृषक पहलमान चौधरीले समयमा पानी नपर्दा दोस्रो पटक करीब १ विगाहाभन्दा बढी जमिनमा रोपिएको धान सिँचाइ गरेको बताए । जुनकारण धान रोपाइ निकै नै खर्चिलो भएको उनको भनाई छ ।

बोरिङको भरले रोपाइ शुरूवात गरेका उनी भन्छन्, ‘खेतीपातीले उभो नलाग्ने भो । डिजेलको मूल्य बढेको बढ्यै छ । खेतीमा गरेको लगानी सुख्खाले सखापै पर्लाजस्तो छ ।’ उत्पादन राम्रो हुने आशमा जेठ अन्तिमबाटै धमाधम रोपाइ शुरू गरेका कैलालीका किसान यतिखेर पुर्पुरोमा हात राख्न थालेका छन् ।

मनसुन लाग्ने बेलामा खडेरी परेपछि धान उत्पादन नहुने भन्दै किसान चिन्तित भएका हुन् । उनीहरूले मध्य असार लाग्दासमेत पर्याप्त पानी नपर्दा धान खेती प्रभावित हुन थालेको बताएका छन् । लामो समय यस्तै सुख्खा भएमा भोकमरी हुन सक्ने सम्भावनाले किसानलाई सताउन थालेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x