×

NMB BANK
NIC ASIA

वैदेशिक रोजगारीमा गएकाले घरमा सम्पर्क नगर्दा..

असार ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम, ११ असार -धनुषा जिल्लाबाट वैदेशिक रोजगारीमा गएका एक युवा दश वर्षदेखि सम्पर्कविहीन हुँदा सन्तान बिचल्लीमा परेका छन् । 

Muktinath Bank

सिनुरजोडा गाउँका पल्टु यादव ओमान गएदेखि सम्पर्कमा नआउँदा बालबच्चा सहाराविहीन बन्न पुगेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यादव ओमान गएपछि उनकी श्रीमतीले इँटाभट्टामा काम गर्दा गाउँहरूले अनैतिक सम्बन्धको आरोप लगाएपछि उनले आत्महत्या गरेदेखि छोरी पुनिता टुहुरो भएकी छिन् । 


Advertisment
Nabil box
Kumari

पुनिता भन्छिन्– “म र भाइ गाउँलेसँग बिन्ती गर्छौं, प्रशासनसँग बाबुको अवस्थाबारे बुझिदिन अनुरोध गर्छौं तर कसैले पनि हाम्रो गुनासो सुन्दैनन्् ।” हामीसँग बाबुको नागरिकता वा अन्य कागजपत्र नभएकाले जन्मदर्ता हुन सकेको छैन, विद्यालयमा नाम लेखाउन नसकेकाले पढाइबाट समेत वञ्चित भएको उनी बताउँछिन् । 

Vianet communication
Laxmi Bank

पुनिता अहिले १३ वर्षकी छिन् । उनलाई आफ्नो घरमा बस्नसमेत दिइएको छैन, मामाघरमा बस्दै आएकी छन् । 

बाबु विदेश जाने क्रममा जग्गा घितोमा राखी ऋण लिएको र ऋणको भार अधिक भएपछि साहुले जग्गामा अधिपत्य कायम गरेको पुनिताले बताइन् । 
वेदैशिक रोजगारीमा गएकाहरूले परिवारसँग सम्पर्क नगरेपछि अमानवीय घटनामा वृद्धि भइरहेको मनोपरामर्शदाता संगीता कर्ण बताउँछिन् । सुरक्षित आप्रवासन परियोजना र मित्र धनुषाका अनुसार यस जिल्लाबाट वैदेशिक रोजगारी गएकाको मृत्यु हुनेकोे संख्या पनि बर्सेनि बढ्दै गएको छ । सन् २०१२ देखि २०१६ सम्ममा यस जिल्लाबाट वैदेशिक रोजगारी गएकामध्ये १९९ जनाको मृत्यु भएको छ । 
यस जिल्लाबाट विशेषगरी मलेसिया, कतार, ओमान र साउदीमा रोजगारीमा जाने गरेको पाइन्छ । 
तथ्यांक अनुसार धनुषा जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्यामा वर्सेनि वृद्धि भइरहेको देखिएको छ । परियोजना प्रमुख रामकुमार कर्ण आर्थिक वर्ष २०७० देखि २०७४ सालसम्ममा यस जिल्लाबाट एक लाख १६ हजार ७१७ जना वैदेशिक रोजगारीमा गएको बताउनुहुन्छ । 

यस जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्यामा वर्सेनि वृद्धिसँगै दलाल र कम्पनीबाट ठगिने गरेको घटना पनि बढ्दै गएको छ । परियोजनाका प्रशिक्षक देवकुमार मण्डल परियोजनाले व्यक्तिगत सूचना तथा परामर्श दिने व्यवस्था गरेपनि अधिकांशले परामर्श र सूचना नलिई जाने प्रवृत्तिले दलाल र कम्पनीबाट ठगिने गरेको प्रस्ट गर्नुहुन्छ । 

म्यानपावर कम्पनिहरुले रोजगारीमा जानेहरुसँग अधिक रकम लिने, सम्झौताअनुसार काम नपाउने गरेको र जोखिमपूर्ण काम गर्नु परेकाले अधिकांश युवा शारिरीक र मानसिक तनाबका कारण समयसमयमा घर आउने, परिवारसँग सम्पर्क नगर्ने प्रवृत्ति देखिएको छ । 

परियोजना प्रमुख कर्ण वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेमा कम उमेर भएको संख्या अधिक देखिएको बताउनुहुन्छ । कतिपय अभिभावकले आर्थिक उपार्जनको प्रलोभनमा परी कम उमेरका सन्तानलाई उमेर बढाई नागरिकता र राहदानी बनाउन लगाई वैदेशिक रोजगारीमा पठाउने पनि गरेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x