×

NMB BANK
NIC ASIA

असारे चटारोमा विद्यार्थी भर्ना अभियान : होला त प्रभावकारी ?

असार ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ११ असार – चालू आर्थिक वर्ष सकिनै लाग्दै स्थानीय तह बजेट निर्माण र योजना फरफारकको असारे चटारोमा व्यस्त रहेका बेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ स्थानीय तहलाई ‘दोस्रो चरणको विद्यार्थी भर्ना विशेष अभियान’ सञ्चालन गर्न निर्देशन दिएको छ । 

Muktinath Bank

पहिलो चरणमा विद्यालय बाहिर छुटेका विद्यार्थीलाई विद्यालयमा ल्याउनका लागि मन्त्रालयले सबै स्थानीय तहलाई दोस्रो चरणको विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत खेमराज जोशीले जानकारी दिए । मन्त्रालयले आज सचिवस्तरिय निर्णय गरी स्थानीय तहलाई दोस्रो चरणको विद्यार्थी भर्ना राष्ट्रिय अभियान सञ्चालन गर्न निर्देशन दिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयले भदौ ३१ गतेसम्म विद्यालयभन्दा बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन भर्ना अभियान सञ्चालन गर्न निर्देशन दिएको शाखा अधिकृत जोशीले बताए । सरकारले यस पटक ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चिता सिकाईको दायित्व’ भन्ने मूल नाराका साथ विद्यालय भर्ना अभियान सञ्चालन गरेको छ । 


Advertisment
Nabil box
Kumari

मन्त्रालयले भदौ ३१ गतेसम्म सबै स्थानीय तहलाई विद्यालय उमेर जाने बालबालिका भर्ना गरी ‘विद्यालय बाहिर बालबालिका नरहेको’ घोषणा गर्न समेत आग्रह गरेको छ । 

Vianet communication
Laxmi Bank

शुल्कवृद्धि फिर्ता गर्न माग 

अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयको विभिन्न तहमा र शीर्षकमा गरिएको शुल्कवृद्धि फिर्ता गर्न माग गरेका छन् । त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँलाई ज्ञापनपत्र बुझाउँदै २ संगठनले त्रिविद्वारा वृद्धि गरिएको शुल्क फिर्ता लिन माग गरेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

अनेरास्ववियूका कार्यवाहक अध्यक्ष शैलेश लामा र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङको टोलीले आज त्रिविको शुल्कवृद्धि फिर्ताको माग गर्दै उपकुलपति खनियाँको कार्यकक्षमा ज्ञापन बुझाएको हो । ज्ञापनपत्र बुझ्दै उपकुलपति खनियाँले विद्यार्थी संगठनका माग प्राथमिकताका आधारमा पूरा गर्दै जाने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x