बाँधियो विपिन र नम्रताको जोडी, ‘प्रसाद’ छायांकनमा

असार १२, २०७५

काठमाडौं, १२ असार –विपिन कार्की र नम्रता श्रेष्ठको जोडी बाँधिएको चलचित्र ‘प्रसाद’को शुभमुहुर्त गरिएको छ । सोमबार काँडाघारीमा रहेको गान्धी महिला आश्रममा गरिएको मुहुर्तस“गै औपचारिक रूपमा चलचित्रको छायांकन शुरु भएको हो ।

निसन्तान दम्पतीको कथामा आधारित चलचित्रलाई नोभेम्बर रेन, क्लासिक, पर्व लगायतका चलचित्रका निर्देशक दिनेश राउतले निर्देशन गर्दैछन् ।


ADVERTISEMENT

सन्तान नजन्मिँदा पति र पत्नीबीच आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मूल्य–मान्यताविरुद्धको कथा फिल्मले बोल्ने निर्देशक राउतले बताए ।

सुभास थापाको निर्माण रहने यो चलचित्र राजेश श्रेष्ठले खिच्नेछन् ।
 

असार १२, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस