×

NMB BANK
NIC ASIA

बुटवलमा प्रर्दशनी केन्द्र बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान, लागत डेढ अर्ब

असार १२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल, १२ असार – ५ नम्बर प्रदेशको राजधानी बुटवलमा अत्याधुनिक प्रदर्शनी स्थल बन्ने प्रक्रियाको औपचारिक थालनी भएको छ ।

Muktinath Bank

बुटवल उपमहानगरपालिका– १० रामनगरस्थित बुटवल मण्डपमा प्रस्तावित अन्तर्राष्ट्रिय स्तरको उच्च प्रविधियुक्त ‘बुटवल प्रदर्शनी केन्द्र’ निर्माणका लागि मंगलबार ‘ग्लोबल टेण्डर’ आह्वान भएको छ । नेपाल सरकारको शहरी विकास मन्त्रालय, शहरी विकास र भवन निर्माण विभागले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन हल र प्रदर्शनी केन्द्रका लागि ग्लोबल टेण्डर आह्वान गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवलको राजमार्ग चौराहबाट पूर्वपट्टि रहेको बुटवल मण्डपको साढे १६ बिगाहा जग्गामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी स्थल बन्न लागेको हो । साढे १० बिगाहा क्षेत्रफलमा अहिले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (सभाहल) निर्माणको काम चलिरहेको छ । आकाशबाट हेर्दा नेपाली राष्ट्रिय झण्डा आकारमा सम्मेलन केन्द्र र प्रदर्शनी स्थलको निर्माण हुनेछ । मण्डपमै रहेको बाँकी ६ बिगाहा क्षेत्रमा व्यवस्थित प्रदर्शनी केन्द्र बनाइने छ । १ अर्ब ५० करोडभन्दा बढी लागत अनुमान गरिएको यो प्रदर्शनी स्थल मुलुककै नमूना हुने जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

बुटवल मण्डपमा काठमाडौंको भृकुटी मण्डपजस्तै भित्र खुल्ला भएको ठूलो भवन हुनेछ । प्रदर्शनीको लागि विभिन्न व्यवस्थित दर्शकदीर्घा पनि बन्ने छन् । सोही प्रदर्शनी केन्द्रमै चिल्डेन पार्क, व्यवस्थित पार्किङ क्षेत्रसहित हरियालीयुक्त वातावरण तयार हुनेछ ।

Vianet communication
Laxmi Bank

नेकपाका महासचिव विष्णुप्रसाद पौडेल अर्थमन्त्री बनेका बेलामा बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्र लगायतको निर्माणको संकल्प गरिएको थियो । सरकारले गत माघमा मुलुकका सातै प्रदेशमा अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनी केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।

बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले प्रदर्शनी केन्द्र निर्माणको औपचारिक प्रक्रियाले आफूहरू खुशी भएको उल्लेख गर्दै बुटवलका लागि अर्को गौरवको विषय थपिएको प्रतिक्रिया दिए । बुटवल अर्थात् बुद्धबल्लीलाई मुलुककै प्रमुख केन्द्रका रुपमा विकास गर्ने अभियान स्वरुप अर्को नयाँ कामको थालनीले बुटवलबासी सबैलाई खुशी बनाएको प्रमुख सुवेदीले बताए ।

बुटवल मण्डपमा अस्थायी संरचना बनाएर प्रदर्शनी तथा मेला महोत्सव सञ्चालन हुँदा लाखौं रकम खेर गइरहेको अवस्था छ । अब व्यवस्थित प्रदर्शनी केन्द्र बन्ने प्रक्रियाको औपचारिक शुभारम्भ भएपछि बुटवलका उद्योगी, व्यवसायी उत्साही बनेका छन् । रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ, बुटवल उद्योग वाणिज्य संघ, उद्योग व्यापार संगठन लगायतका संस्थाले अस्थायी संरचना निर्माण गर्दै बर्सेनि मेला महोत्सव गर्दै आएका थिए ।

उद्योग संघका अध्यक्ष गणेश अधिकारीले प्रक्रिया शुरू हुनु खुशीको कुरा रहेको भन्दै ग्लोबल टेण्डरमा सामेल हुने कम्पनीलाई अग्रिम शुभकामना दिए । रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठले बुटवलम व्यवस्थित प्रदर्शनी केन्द्रको खाँचो रहेका बेलामा शुरू भएको प्रक्रियाले उत्साह जागेको बताए । उनले समयमै काम सम्पन्न नहुने रोगको भने अन्त्य हुन जरुरी रहेको बताए । 

उद्योग वाणिज्य संघका अध्यक्ष खेमबहादुर हमालले अन्तर्राष्ट्रिय प्रदर्शनी स्थलले आर्थिक सवलीकरणमा समेत मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले समयमै काम सम्पन्न गर्ने र गराउनेतर्फ ध्यान दिन जरुरी रहेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x