×

NMB BANK
NIC ASIA

किन चल्दैनन् दुर्गमका एयरपोर्ट ?

असार १३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

- प्रकाश शर्मा

Muktinath Bank

नेपालमा आन्तरिक विमानस्थल चल्न छाडे भन्ने समाचारहरू नियमितजसो आइरहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकले पनि के देखाउँछ भने- ५५ वटा विमानस्थलमध्ये करीब ३० को हाराहारीमा प्राविधिक हिसाबले सञ्चालनमा आएका छन् । केही नयाँ साझेदारी मोडलमा बाहेक खासै नयाँ एयरपोर्ट सञ्चालनमा आएको पाइँदैन । यद्यपि स्ट्रिप नै निर्माण कार्य रोकिएको भने पक्कै होइन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चुनावको खाजा बनिरहेका विमानस्थल र देशको वर्तमान राजनीतिले यो रोकिने संकेत दिँदैन भन्न सकिन्छ । तर सञ्चालनमा रहेका भनिएका विमानस्थलहरूमा पनि विमान सेवा त्यस्तो भरपर्दो रूपमा देखिन नसकेको पक्कै हो । यात्रु अभावप्राय: विमान कम्पनीले देखाउने प्रमुख कारणमध्ये एक हुँदै आएको छ ।


Advertisment
Nabil box
Kumari

नेपालको अर्थतन्त्रमा सबैभन्दा बढी लगानी भएको क्षेत्रमध्ये वायुसेवा एक हो नै । वायुसेवा, भूमण्डलीकरणको युगको एक प्रमुख अस्त्र हो, जसले साघुरिँदो दुनियालाई अझै साघुँरो बनाउँदै लागेको छ । नेपालजस्तो भौगोलिक विकटता भएको मुलुकमा यसको महत्त्व झन् भन्दा झन् बढ्नुपर्ने अवश्य हो, यद्यपि अवस्था त्यस्तो छैन भन्न सकिन्छ ।

Vianet communication
Laxmi Bank

पर्यटकीय हिसाबले निकै महत्त्वपूर्ण रहेको लुक्ला विमानस्थल, सिमीकोट विमानस्थल, पोखरा विमानस्थल वा जोमसम विमानस्थलबाहेक अन्तको त्यस्तो अवस्था छैन । निकै आरामदायी र छिट्टो मानिने वायुसेवा आन्तरिकरूपमा किन कमजोर र निरही देखियो भन्ने समीक्षाको विषय बनाउनुपर्ने बेला आइसक्यो । यो क्षेत्रको विश्व मानचित्रमा बढेको मागबाट नेपाल किन पछि परेको छ त ? कमजोर आर्थिक पक्ष मात्रै यसको कारक हो या अन्य केही यसबारे अब पर्याप्त बहस हुनु जरुरी छ ।

व्यवसायको फाइदा सधैँ पैसामा मात्रै हिसाब गर्नु किमार्थ हुन्न । अन्तिम नतिजामा मात्रै ध्यान दिँदा त्यसका लागि अपनाइरहेको प्रक्रियामा झन् बढी ध्यान दिनु जरुरी हुन्छ भन्न सकिन्छ । अर्थात् यो सन्दर्भमा यात्रुलाई गरिने व्यवहार र तिनले यो क्षेत्रप्रति राख्ने धारणाले पनि खास अर्थ राख्छ । सडक पहुँच अभावमा निर्विकल्प जहाज मात्रै चढ्नुपर्ने अवस्था र अहिलेको सडक पहुँच पुगेको अवस्था निकै भिन्न हुन्, यो कुरा बुझ्नु जरुरी छ ।  

मालिक त तिनै हुन्, जो जहाज चढ्छन् । ती मात्रै हैनन् कि जसले जहाज किनेर ल्याउँछ्न् । जब ती ‘मालिकहरू’को यसप्रति सकारात्मक धारणा विकास गर्न सकिँदैन तब यो क्षेत्रको दिगोपन कल्पना कसरी गर्न सकिएला र ? वायुसेवा सेवा कम्पनीहरूले निर्विकल्प जहाज चढ्नु पर्ने बेलामा गरेको गैरजिम्मेवार गैरव्यवसायिक चरित्रको सिकार हुन् अहिलेका नचलेका आन्तरिक विमानस्थलहरू । बगैँचामा फूल देख्न आफैँ रोप्नुपर्छ । रोपिएन भने प्लास्टिकको नमूनाले मात्रै बगैँचाको सौन्दर्यता न आउनसक्छ ।

कालोबजारीमा महंगोमा किन्नु परेको टिकट, पहुँच नपुगेर नपाएको टिकट, एक केजी सामान बढी हुँदा खेपिएको झन्झट, निन्द्राको बेवास्था गरी टीकट लिन बसेको लाइन, जहाज क्यान्सिल हुने सही सूचनाको समयमै प्रवाहको कमी, डलर प्यासेन्जरलाई ग्राह्यता दिँदा स्थानीयले पाउने सास्ती कसले बुझ्ने ?

बिउ रोप्नु मात्रै नि ठूलो अर्थ नराख्न सक्छ । मलजल समयमा गर्न सकिएन भने पनि रुख नमर्ला तर सुगन्ध आउने अवस्था नबन्न सक्छ । व्यापार यही नै हो जुन दिगो होस्, फलोस्, फुलोस् । उत्कृष्ट सेवाको पर्खाइमा बसेका यात्रुहरू यति विचलित र तिरस्कृत भए कि गाडी आउँदा भगवान आएसरह महसुस गर्नुपर्यो । यो चाहिँ नेपालको वायुसेवा संकुचित हुनुको प्रमुख कारण हो भन्ने लाग्छ ।  सयौँ घुम्तीमा हजार जिन्दगीलाई बाजी राखेर यात्रा गर्नुपर्ने अवस्था विद्यमान रहँदा रहँदै पनि विमानस्थल चलेन भनेर समाचार पढ्नुपर्ने अवस्थाका दोषी को हुन् ?

समयको वचत, सुरक्षित यात्राको प्रत्याभुत हुने वायुसेवा यसरी संकुचित नहुनुपर्थ्यो भन्ने लाग्छ । उड्डयन प्राधिकरणले गर्ने भाडा निर्धारण वैज्ञानिक बनाइ यात्रुलाई सकेसम्म सस्तो र सुलभ ढंगले अवताजावतको प्रबन्ध मिलाउने उपयुक्त निकाय कुन हो ? यात्रुलाई दुर्व्यवहार हुँदा कारवाही गर्ने निकाय कुन हो ? यसबारे यात्रु वर्गलाई सुसूचित गर्नु जरुरी छ ।

सेवाको स्तरीकरण व्यवासायिक चरित्रको प्रमुख चरित्र नै हो । दुर्गमका ती यात्रुले कतै त्यसको अभाव महसुस गरे कि ? कालोबजारीमा महंगोमा किन्नु परेको टिकट, पहुँच नपुगेर नपाएको टिकट, एक केजी सामान बढी हुँदा खेपिएको झन्झट, निन्द्राको बेवास्था गरी टीकट लिन बसेको लाइन, जहाज क्यान्सिल हुने सही सूचनाको समयमै प्रवाहको कमी, डलर प्यासेन्जरलाई ग्राह्यता दिँदा स्थानीयले पाउने सास्ती कसले बुझ्ने ? यी र यस्तै गैरव्यववसायिक व्यवहारलाई बिर्साउने अवस्था बनेन कि ? आखिर समीक्षा कसले गर्ने ?

जिल्लामा यतिसम्मको अवस्था हुन्छ कि सेड्युल परिवर्तन हुँदा पनि यात्रुवर्गमा सूचना पुग्दैन, निजी तथा सरकारी वायु सेवाको संलग्नताले झन् गुणस्तरमा अचाक्ली सुधारको अपेक्षा गर्दछ, तर यो सिद्धान्त हामीकहाँ फेल खाइरहेको छ । यी र यस्तै 'मार्केट स्ट्राटेजी’ले गर्दा विमानस्थलहरू निकम्मा बनेका हुन् भन्दा फरक नपर्ला ।

छोटो समयका लागि मात्र फाइदा र नाफामा हिसाब राख्ने यस्तै चरित्र कायम रह्यो भने यो क्षेत्र थप संकुचित बन्छ भन्ने अवस्था नआउलान् भन्न सकिन्न । तर हु कियर्स ? मौरीले धेरै ठाउँको रस खाएर मीठो मह बनाउँछ, तर हामी ठीक उल्टो एक ठाउँको कमाइ अन्तै लगेर यो क्षेत्रलाई खोक्रो बनाइरहेका छौं । अनि अर्थतन्त्रले यस्तै उल्टो नियती भोगिरहेछ ।

समयमै यात्रु वर्गमा राम्रो सेवा दिएर सकारात्मक प्रभाव छाड्दै यसको दिगो विकासको नयाँ मोडेल विकास गर्ने कि नगर्ने ?

अन्तमा नयाँनयाँ एयरपोर्ट सञ्चालनमा देखिएको तदारुकताले केही आशाको सञ्चार भने गरेको छ । तर ती विमानस्थलको दिगो सञ्चालन र सबल बनाउन आवश्यक पर्ने आधारभूत पूर्वाधार जस्तै- सदरमुकामसम्म बाटो तथा सहज यातायातको व्यवस्था, टिकटको सहज वितरण, समयमै आवश्यक सूचना स्थानीय सञ्चार माध्याममा प्रसारण तथा प्रकाशन गर्न सकेको खण्डमा पुरानो शाख ब्युँताउन सकिन्छ कि ?

स्थानीय ट्राभल एजेन्सी तथा व्यापारीसँगको साझेदारीले वायुसेवा कम्पनीको अपरेटिङ कस्ट कम गर्ने वातावरण मिलाउन सकेको खण्डमा पनि सस्तो सेवा दिन सकिन्छ ।

जहाज चढ्ने कल्चर विकास गर्नुपर्ने बेलामा हामी कहीँ अन्तै रुमलिएर बस्यौं कि ? समयमै यात्रु वर्गमा राम्रो सेवा दिएर सकारात्मक प्रभाव छाड्दै यसको दिगो विकासको नयाँ मोडेल विकास गर्ने कि नगर्ने ? महात्मा गान्धीलाई अरुले गोली हानेर मारे, हिटलरलाई त्यही गोली आफैँ हान्न कसैले रोक्न सकेन । अर्थतन्त्र त्यसरी नै चल्छ । अब सोच्ने पालो सरोकारवालाको ।

@tweet1mb

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x