२७ जेठ २०८३, बुधबार

नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा : ओली

नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा : ओली

काठमाडौं १३ असार, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ ।

आज हनुमानढोकास्थित गद्धी बैठक भवन पुनर्निर्माण उद्घाटनको क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले यस भवनको पुनर्निर्माण (रेक्ट्रो फिटिङ) का लागि सहयोग गरेकोमा अमेरिका राजदुतवासमाफर्त अमेरिकी सरकारलाई आभार प्रकट गर्नुभएको  छ । हनुमानढोका दरबार क्षेत्रमा रहेका सबै भवनहरु नेपालको पौराणिक अवस्था झल्काउने,ऐतिहासिक र साँस्कृतिक महत्वका भएको बताउनुभयो ।

२०७२ सालको भूकम्पले ९ हजार भन्दा बढी घर भत्काएको, लाखौं मानिस घरबार विहिनभएको,सयौं साँस्कृतिक धरोहरहरु क्षतविक्षत भएको प्रधानमन्त्री ओलीले स्मरण गर्नुभयो । “हामी भूकम्पले क्षतीग्रस्त अवस्थामा भएका बेला अमेरिकाले गरेको सहयोग उल्लेखनीय छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “हामी भविष्यम ापनि यस्तो सहयोगको अपेक्षागर्दछौं ।”

प्रधानमन्त्री ओलीले भूकम्प पछिको पुननिर्माण अझ राम्रो बनाउन सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । संविधानसभाले संविधान जारी गरेर,नयाँ निर्वाचन मार्फत सरकार गठन भइसकेपछि देश नयाँ युगमाप्रवेश गरेको

प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले भन्नुभयो “राजनीति संघर्षको युग सकेर हामी अब विकास र समृद्धिको यात्रामा छौं । ”

salt training

कमेन्ट गर्नुहोस्