‘चि मुसी चि’ चलचित्रको गीतिश्रृंखला सार्वजनिक

असार १३, २०७५

काठमाडौं, १३ असार – साउन ११ बाट प्रर्दशन हुने नेपाली चलचित्र ‘चि मुसी चि’मा समावेश ५ वटा गीत समावेश गरिएको गीतिश्रृंखला सार्वजनिक भएको छ ।

श्रृंखलामा रहेका ५ वटै गीत सोमबार यू–ट्युबमार्फत् सार्वजनिक गरिएका हुन् । ‘आउ आज’, ‘चि मुसी चि’, ‘सानो सानो कुरा’, ‘तिमीले माग्छौ भने’ र ‘हाँस्दा हाँस्दै’ बोलका गीत चलचित्रमा समावेश गरिएको छ । ‘चि मुसी चि’ गीतमा सन्तोष पोखरेलका शब्द तथा करणराज कार्कीको संगीत र सुजाता पाण्डेको स्वर रहेको छ ।


ADVERTISEMENT

‘सानो सानो कुरा’ गीतमा सुरज अधिकारीको शब्द–संगीत तथा तारा प्रकाश लिम्बुको स्वर छ । ‘तिमीले माग्छौ भने’ बोलको गीतमा सुरज अधिकारीकै शब्द–संगीत छ भने अञ्जु पन्त र युवराज चौलागाईको स्वर रहेको छ । ‘आउ आज’ गीतमा शब्द तथा संगीत सुरज अधिकारीको छ भने अलमोडाले स्वर दिएका छन् । ‘हाँस्दा हाँस्दै’ गीतमा रेगन क्षेत्रीको शब्द–संगीत तथा शारिका घिमिरेको स्वर छ । यीमध्ये ‘चि मुसी चि’ र ‘तिमीले माग्छौं भने’ बोलका गीतको भिडियो यसअघि नै सार्वजनिक भइसकेका थिए ।

म्यूजिकल थ्रिलर जनरामा निर्मित चलचित्रलाई निर्देशक दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । अरुणकुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डबबहादुर गुरुङ निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् । 

सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा लगायतका कलाकारको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।

असार १३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार