×

NMB BANK
NIC ASIA

सन्दर्भ धान दिवस : जनसङ्ख्या बढ्दो उत्पादन घट्दो

असार १५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, १५ असार– असार महिना ‘मानो रोपेर मुरी फलाउने’ समय । आज असार १५ गते धान दिवस । 
‘धान उत्पादनमा वृद्धि : राष्ट्रको समृद्धि’ भन्ने मूलनाराका साथ १५ औँ धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइँदै छ । 

Muktinath Bank

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रूपमा मनाउन शुरु गरिएको हो । यसवर्ष सरकारले काठमाडौँको दक्षिणकालीमा धान दिवसको आयोजना गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पु¥याउन प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको हो ।


Advertisment
Nabil box
Kumari

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । धानको उत्पादन बढ्दा कूल गार्हस्थ्य उत्पादनमा वृद्धि हुन्छ । कृषि क्षेत्रबाट प्राप्त कूल गार्हस्थ्य उत्पादनमध्ये धानको योगदान १२ प्रतिशत छ । राष्ट्रिय उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान भने ३३ प्रतिशत छ । 

Vianet communication
Laxmi Bank

जल, जमीन र जनशक्ति पर्याप्त भए पनि धानको उत्पादनमा सन्तोषजनक वृद्धि हुन सकेको छैन । युवा जनशक्ति विदेश पलायन हुनु, खेतीयोग्य जमीन खण्डीकरण भई घडेरीकरणमा रूपान्तरण हुनु पर्याप्त सिञ्चित जमीन नहुनु, उन्नत जातका बीउबिजनको प्रयोग नगर्नु र प्राङ्गारिक तथा रासायनिक मलको सहीरूपमा प्रयोग नहुनु एवं धानको समर्थन मूल्य नतोकिनुले धानको उत्पादन बढ्न नसकेको कृषि विज्ञहरूको भनाइ छ । 

नेपालीलाई प्रतिवर्ष ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । प्राप्त तथ्याङ्कअनुसार नेपालमा धानको उत्पादन सरदर ५२÷५३ लाख मेट्रिक टन रहेको छ । तर गतवर्ष भने यसको उत्पादन ४२ लाख मेट्रिक टनमा मात्र खुम्चन पुग्यो ।

नेपालीहरू दुई छाक अनिवार्य नत्र तीनै छाक भए पनि भात खाने गर्छन् । सो बानीले गर्दा चामलको आयात बढेको छ । हाल प्रतिमहिना रु दुई अर्बको चामल आयात हुन्छ । 

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहसचिव शङ्कर सापकोटाले सरकारले आगामी पाँच वर्षमा धानको उत्पादन दोब्बर वृद्धि गर्ने लक्ष्य लिएको बताउनुहुन्छ । उहाँले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत पकेट, ब्लक, जोन र सुपरजोनमार्फत क्षेत्र पहिचान गरी धानको उत्पादन वृद्धि गर्दै लैजाने नीति सरकारको छ भन्नुभयो । 

विश्वको कूल जनसंख्यामध्ये आधाभन्दा बढी जनसंख्या एशिया महादेशमा बसोबास गर्छन् । एशियाका धेरै मानिसको आहार भात हो । त्यसैले सबैभन्दा धेरै धान उत्पादन गर्ने देश चीन र भारत एशियामै पर्छन् । 

त्यसपछि क्रमशः इण्डोनेसिया, बंगलादेश, भियतनाम, थाइल्याण्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल र जापान धेरै धान उत्पादन गर्ने देशको गणनामा सूचीकृत भएका छन् । 

नेपाल संसारकै अग्लो स्थानमा धान उत्पादन गर्ने देशमा पनि पर्छ । जुम्लाको छुमचौरमा उत्पादन हुने जुम्लीमार्सी धान विश्वमा प्रसिद्ध छ । तर, उक्त धान मागअनुसारको उत्पादन हुन सकेको छैन । नेपालको झापा जिल्लामा सबैभन्दा धेरै धान उत्पादन हुन्छ ।

सन् १९६६ मा एशियाका थुप्रै देशमा भोकमरी भयो । द्वन्द्व र लडाइँका कारण सो भोकमरी भएको थियो । त्यसैले संयुक्त राष्ट्रसंघ (युएन) ले सन् १९६६ लाई धानबाली वर्षका रूपमा घोषण गरेको थियो । युएनले घोषण गर्नुअघि फिलिपिन्सको राजधानी मनिलामा मुख्य कार्यालय रहने गरी सन् १९६० मा अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र (इरीको) स्थापना भइसकेको थियो । 

खाद्यान्न उपभोग गर्ने जनशक्ति बढेसँगै उत्पादनको बढोत्तरी आवश्यक छ । तर नेपालमा भने कूल खेतीयोग्य जमीनमध्ये झण्डै ११ लाख हेक्टर जमीन बाँझो छ । सरकारी तथ्याङ्कअनुसार करीब ३१ लाख हेक्टर जमीन खेतीयोग्य छ । 

उन्नत जात भित्र्याउने नाममा स्थानीय धानका जात प्रायः लोप भइसकेका छन् । सरकारले देशलाई धानमा आत्मनिर्भर गर्न इरीसँग हालै सम्झौता पनि गरेको छ ।

कृषि सचिव डा युवकध्वज जिसीले नयाँ नयाँ धानको जातको पहिचान र सिफारिस, माटोको उर्वराशक्तिमा बढोत्तरी कायम गर्ने, रोग तथा किराको रोकथाम, उत्पादकत्व वृद्धिको उपाय पहिचान तथा सीप र प्रविधि हस्तान्तरण गर्ने उद्देश्यले इरीसँग सो सम्झौता भएको जानकारी दिनुभयो । 

इरीले सर्वप्रथम सन् १९६६ मा पहिलोपटक आइआर ८ नामक धानबालीको जात सिफारिस गरेको थियो । जुन बीउले विश्वभर नै धानको उत्पादकत्व दर वृद्धि गरेको थियो । इरीले हालसम्म आविस्कार गरेका ८२ नयाँ जातका धानको बीउमध्ये ५० थरीका बीउ नेपाललाई प्राप्त भएको छ । 

नेपालमा विगत दश वर्षदेखि धानको उत्पादन सन्तोषजनक देखिएको छैन । २०६४ देखि २०७४ सम्म अर्थात् १० वर्षमा धानको उत्पादन दर र जमीनको उपभोगको तथ्याङ्क हेर्दा उत्पादन दर भने कछुवाको गतिमा देखिएको छ । 

विसं २०६४ मा १४ लाख ३९ हजार ५२५ हेक्टर जमीनमा खेती हुँदा ३६ लाख ८० हजार ८३८ मेट्रिक टन, २०६५ मा १५ लाख ४९ हजार २६२ हेक्टरमा खेती गर्दा ४२ लाख ९९ हजार २४६ मेट्रिक टन, २०६६ सालमा १५ लाख ५५ हजार ९४० हेक्टरमा खेती हुँदा ४५ लाख २३ हजार ६९३ मेट्रिक टन, २०६७ मा १४ लाख ८१ हजार २८९ हेक्टरमा खेती गर्दा ४० लाख २३ हजार ८२३ मेट्रिक टन, २०६८ मा १४ लाख ९६ हजार ४७६ हेक्टरमा खेती गर्दा ४४ लाख ६० हजार २७८ मेट्रिक टन, २०६९ मा १५ लाख ३१ हजार ४९३ हेक्टरमा खेती गर्दा ५० लाख ४७ हजार ४७ मेट्रिक टन धान उत्पादन भएको थियो । 

त्यसैगरी, २०७० मा १४ लाख २० हजार ५७० हेक्टरमा खेती गर्दा ४५ लाख चार हजार ५०३ मेट्रिक टन, २०७१ मा १४ लाख ८६ हजार ९५१ हेक्टरमा खेती गर्दा ५० लाख ४७ हजार ४७ मेट्रिक टन, ०७२ मा १४ लाख २५ हजार ३४६ हेक्टरमा खेती गर्दा ४७ लाख ८८ हजार ६१२ मेट्रिक टन, २०७३ मा १३ लाख ६२ हजार ९०८ हेक्टरमा खेती गर्दा ४२ लाख ९९ हजार ७८ मेट्रिक टन र २०७४ मा १५ लाख ५२ हजार ४९६ हेक्टर जमीनमा धानखेती गर्दा ५२ लाख ३० हजार ३२७ मेट्रिक टन धान उत्पादन भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x