फागुन २८, २०८०
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
– नरबहादुर साउँद
विक्रम सम्वत् २०३५ सम्म नेपालले करीब ३ लाख मेट्रिक टन चामल निर्यात गथ्र्याे । २०३७ सालदेखि नेपालले चामल आयात गर्न थाल्यो । नेपाल कसरी चामल निर्यातक देशबाट चामल आयातक देश बन्यो भन्ने विषयमा जनसंख्या वृद्धि, उत्पादकत्वमा न्यून वृद्धि र कोदो, फापर, मकै, मादराजस्ता मोटो अन्नको सट्टा चामल नै खाने गरिनाले हो भन्ने गरिन्छ । अन्नको आयात रोकेर आत्मनिर्भर बन्न सरकार र कृषकहरूले निम्न कुरामा ध्यान दिने कि ?
१) प्राङ्गारिक मलको उत्पादन र प्रयोग
आजभन्दा ३–४ दशकपहिले नेपालमा रासायनिक मलको प्रचलन थिएन । किसानहरूले माटो मलिलो बनाइराख्न प्रशस्त गोठे मल प्रयोग गर्थे । विशेषतः बर्खाको समयमा गोठमा सोत्तर प्रयोग गरी गोठे मल उत्पादन बढाउने गर्थे । मलबिना पर्याप्त उत्पादन हुन सक्दैन भन्ने विषयमा चिन्तित रहन्थे ।
यसैले दूध र मल उत्पादनका लागि गाई, भैंसी, भेडा, बाख्रा पालनलाई निकै महत्त्व दिन्थे र सोत्तरको बिछ्याएर प्रशस्त मल उत्पादन गर्थे । यसले गर्दा खेतबारीको माटो मलिलो र उत्पादनशील भइरहन्थ्यो । यद्यपि गोठे मलको थुप्रो आँगनमा खुला ठाउँमा बनाइने हुनाले घाम र वर्षाको असरले पोषकतत्त्वहरू उडेर चुहिएर नष्ट हुनाले मल त्यति गुणस्तरीय बन्दैन्थ्यो होला । मललाई घामपानीबाट बचाउन थुप्रोमाथि छाना अवश्य चाहिने रहेछ ।
माटोको उर्वराशक्ति र स्वास्थ्य बढाई दिगो उत्पादन प्रणाली विकास गर्नका लागि प्राङ्गारिक मलको प्रयोग बढाउनु जरुरी छ । आजभोलि कृषकहरू बजारबाट रासायनिक मलका बोरा बोकेर ल्याई सजिलो र अल्छे खेती गरिरहेका छन् । यसले गर्दा माटोको जलधारणक्षमता, दानेदारपना, कोमलता र बुरबुरेपना नष्ट हुँदै गएको छ, माटो कडा र कम उब्जाउ बन्दै गएको छ ।
माटोले हामीलाई अन्न, दाल, तेल, कपास, चारा, तरकारी, फलफुल जे चाहन्छौं त्यही दिने भएकाले माता भूमिः पुत्रोक्हं पृथिव्याः (भूमि मेरी आमा म उनको पुत्र) भनिएको छ । माटो उब्जाउ र स्वस्थ रहेमा मात्र खाद्य र पोषण सुरक्षा हुन सक्छ ।
यसैले सरकारले माटो स्वस्थ र उत्पादनशील राख्नका लागि प्राङ्गारिक मल र सूक्ष्मजैविक मलहरूको उत्पादन र प्रयोग बढाउने नीति र कार्यक्रम बृहद् स्तरमा सञ्चालन गर्नुपर्ने आवश्यकता छ । यसमा गरिएको लगानीले भविष्यमा कृषि क्षेत्रले धेरै लाभ र आड प्राप्त गर्नेछ ।
२) गह्राहरूको समतलीकरण
गह्राहरू समतल नहुनाले माटोमा प्रयुक्त मलहरू र मलिलो माटो बगेर नष्ट भइरहेका छन् । यसैले गराहरूको समतलीकरण गर्ने अभियान चलाउनुपर्ने आवश्यकता देखिन्छ ।
नगरपालिका र गाउँपालिकामा उपलब्ध जेसीबी, ब्याकहो आदि उपकरणहरू त्यसै थन्क्याएर राख्नुको सट्टा कृषकहरूको गरा समतलीकरण गर्नमा प्रयोग किन नगर्ने ? सबै नगरपालिका र गाउँपालिकाहरूले गरा समतलीकरण गर्ने उपकरण खरीद गर्न बजेट किन नछुट्ट्याउने ?
लेजर लेभलरको प्रयोग गरी गराहरूको उपयुक्त समतलीकरण गरी मल र पानीको सदुपयोग क्षमता वृद्धि गरी उत्पादन बढाउन ढिलाइ गर्नु हुँदैन । यसका लागि कृषकहरूलाई सहयोग गर्नुपर्छ ।
३) बासमती धान
देशमा बासमती चामलको माग बढ्दो छ । बासमती धानको खेती परापूर्वकालदेखि हुँदै आएको हो । स्थानीय धानहरूको प्रयोग गरी पुड्का र चाँडै तयार हुने (१२० दिनमा) बासमती धानका जातको विकासमा ध्यान केन्द्रित हुनु आवश्यक छ ।
(भारतमा १२० दिनमा तयार हुने बासमती धान पुसा बासमती १५०९, पुसा बासमती १६१२, पुसा बासमती १६०९ र १३० दिनमा तयार हुने पुसा बासमती १६३७ प्रचलित छन् । यिनबाट ४०५० क्विन्टल प्रतिहेक्टर उत्पादन हुने भनिएको छ ।)
४) धानको बीउ
सुक्खा धानको बीउमा अंकुरण कम हुने समस्या देखिएको छ । धानको बीउ उन्मोचन गर्दा पर्याप्त परीक्षणहरू नभएको जस्तो देखिन्छ । नेपालमा सिफारिस भएका धानभन्दा किसानले सर्जु (५२ बढी रुचाएको देखियो । नेपालका धान वैज्ञानिक र बाली प्रजनन् विज्ञहरूले बढी मेहनत गर्नुपर्ने देखिन्छ ।
५) मोटो अन्नको उत्पादन र उपभोगमा जोड
कोदो, फापर, मकै, जौ, उवा, मादरा, चिनु, कागुनु आदि अन्नहरू धान र गहुँभन्दा बढी पौष्टिक भए पनि यिनको उत्पादन र उपभोग निकै कम भएको छ । यी अन्नको न्यूनतम समर्थन मूल्य तोकेर र बजारको पनि सुनिश्चिता गरी उत्पादन बढाउनुपर्ने आवश्यकता छ । आजभोलि मिश्रित पीठो बढी पोषिलो हुन्छ भन्ने जनचेतना बढ्दै गएकाले मोटो अन्नले बजार पाउने प्रशस्त सम्भावना छ ।
६) प्रधानमन्त्री कृषि आधुनिकीरकण परियोजना जनतासम्म पुग्नुपर्यो
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सोझै सर्वसाधारण कृषकसँग सम्पर्कमा रहनुपर्छ । सहकारी र समूहमा भ्रष्टाचार र पक्षपात हुने र तिनले सर्वसाधारण कृषकसँग सम्पर्क नराख्ने गरेको पाइन्छ । यसैले परियोजनाले आफ्नो कार्यभार अरुको काँधमा बिसाएर हुँदैन । कृषकहरूलाइ समेट्ने र कृषि उत्पादन बढाउने कसरी भन्ने कुरामा कार्यनीति प्रभावकारी बनाउनुपर्छ ।
(लेखक साउँद मदन पुरस्कार विजेता कृषि प्राविधिक हुन् । साउँदले कृषि विधामा लेखेको ‘नेपालका बालीनाली र तिनको दीगो खेती’ पुस्तकका लागि २०६६ सालको मदन पुरस्कार पाएका हुन् ।)
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...