रोपाइँ खेतमा ‘राइस रोप्ने’ बच्चादेखि ‘गाँस फलाउने’ किसानसम्म (फोटो फिचर)

असार १५, २०७५

काठमाडौं, १ असार – असार १५ गते मनाइने राष्ट्रिय धान दिवसका दिन रोपाइँ खेतमा थरिथरिका दृश्य देखिए । रोपाइँ गरेर गाँस फलाउने मुख्य उद्देश्य लिएर किसानले धानखेती गर्छन् ।


ललितपुरको खुमलटार क्षेत्रका खेतमा नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० ले वैज्ञानिक धान खेतीबारे किसानलाई जानकारी गराउँदै धान दिवस मनाएको छ । दिवसका दिन गरिएको रोपाइँमा कृषि प्राविधिकले ‘लाइन–लाइन’ मिलाएर आधुनिक तरिकाले धानको बीउ रोप्न सिकाएका छन् ।


दिवसकै अवसरमा रोपाइँका गह्रामा बच्चा समेत रमाएका थिए । अंग्रेजी माध्यमका विद्यालयमा पढ्ने बालबालिकाले ‘राइस रोप्ने’ रहर पूरा गरिरहेका थिए । हिलो छ्यापाछ्याप गर्दै किसान र बालबालिकाले रमाइलो समेत गरिरहेका थिए ।


हेर्नुस् फोटो फिचर :

 

 

असार १५, २०७५ मा प्रकाशित

गगन अर्याल

अर्याल लोकान्तरका फोटो पत्रकार हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस