×

NMB BANK
NIC ASIA

रुघाखोकीलाई सामान्य सोच्दा ज्यानै जाला, भाइरल इन्फ्लुएन्जाबाट बच्न डा. रवीन्द्र समिरको सुझाव

असार १७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

 मौसम परिवर्तनको समयमा भाइरल इन्फ्लुएन्जाको कारण मानिसको मृत्यु हुने गरेको भन्दै रुघाखोकी र ज्वरोलाई सामान्य रुपमा नलिन चिकित्सकहरुले सुझाव दिएका छन् ।

Muktinath Bank

पछिल्लो समय अस्पतालहरुमा भाइरल इन्फ्लुएन्जाका विरामी बढ्न थालेकाले आफ्नो स्वास्थ्य प्रति सजक रहन जनस्वास्थ्य विज्ञ डाक्टर रवीन्द्र समिरले सुझाव दिएका छन् ।  डा. रविन्द्र समिरका अनुसार  भाइरल इन्फ्लुएन्जा भनेको भाइरसको संक्रमणको कारण लाग्ने रुघा हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी हुन् भाइरल इन्फ्लुएन्जाको लक्षण 
 


Advertisment
Nabil box
Kumari

ज्वरो आउने ।

Vianet communication
Laxmi Bank

जाडो हुने, काम्ने ।

खोकी लाग्ने ।

सास फेर्न गाह्रो हुने,स्वर बस्ने ।

 सिंगान आइरहने ।

छाती तथा घांटी दुख्ने ।

 शरीरमा घमौरा आउने ।

वान्ता हुने, रिंगटा लाग्ने ।

सम्पूर्ण शरीर दुख्ने, थकित हुने ।

ज्वरोको औषधि खाएपनि लामो समय निको नहुने ।


भाइरल इन्फ्लुएन्जाका बालबालिकाहरुमा  छिटोछिटो सास बढ्ने, सास फेर्न गाह्रो हुने, छालाको रंग निलोनिलो देखिने, पानी तथा झोलिलो खाना नखाने, सुतिरहने, बिमिरा सहितको ज्वरो आउने, रुघा र खोकीले ग्रस्त बनाउने डा. रवीन्द्र समिरको भनाइ छ । यस्ता  लक्षण सामान्य वा मौसमी रुघामा, छाती वा घाँटीको संक्रमणमा, टाइफाइड तथा निमोनियामा पनि देखिने भएकोले अभिभावक तथा चिकित्सक पनि झुक्किने सम्भावना हुनसक्ने उनले बताए ।   भाइरल इन्फ्लुएन्जाको कारण दिर्घ रोगका विरामीलाई छिटो संक्रमण हुने उनले बताए ।

यस्ता रोगका विरामीलाई बढि जोखिम 

मुटुको रोग

मधुमेह

 दम

छातीको इन्फेक्सन भइरहने व्यक्ति

मृगौला तथा क्यान्सरका बिरामी 

बालबालिका, बृद्धबृद्धा, स्वास्थ्यकर्मी, गर्भवती महिलालाई बढि जोखिम हुन्छ ।

भाइरल इन्फ्लुएन्जामा एन्टिबायोटिकले सेकेण्डरी इन्फेक्सन रोक्ने बाहेक निको गर्न सक्दैन । ज्वरो, खोकी लगायतको लाक्षणिक उपचार गर्ने, घरमै आराम गर्ने, प्रशस्त झोलिलो एबम पोषिलो खानेकुरा खाने तथा गाह्रो भएमा अस्पताल जाने जस्ता उपचारका प्रक्रिया हुन्छन । एन्टी भाइरस औषधि सबैलाई प्रभावकारी हुँदैनन् । भाइरल इन्फ्लुएन्जा ठिक नभएर निमोनिया लगायत कम्प्लिकेसन भएमा सन्चो हुन  गाह्रो हुने उनले बताए ।
 

भाइरल इन्फ्लुएन्जाबाट बच्न यस्ता छन् डा. रवीन्द्र समिरका सुझाव

 महिनाभन्दा माथिका उमेरका सबैले इन्फ्लुएन्जाको भ्याक्सिन अनिबार्य रुपमा लगाउनुपर्छ । यो खोप निकै प्रभावकारी छ ।

रुघाखोकी लागेको व्यक्तिलाई घरमा छुट्टै कोठामा राख्ने, उसले प्रयोग गरेका सामान प्रयोग नगर्ने तथा नजिकबाट संसर्ग गर्नुहुँदैन ।

 रुघाखोकी लागेको व्यक्तिसंग दुरी राख्ने, राम्रो खालको मास्क लगाएर कुरा गर्ने गर्नुपर्दछ ।

बिद्यालय, अस्पताल, सिनेमा घर, सार्वजनिक बस, सपिंग मल, स्विमिंग पुल आदिबाट एकार्कामा रोग चांडो फैलिने सम्भावना हुन्छ । तसर्थ भिडभाडमा जानु हुँदैन ।

साबुनपानीले वा स्यानिटाइजरले राम्रोसंग हात सफा गरेर मात्र खाना खाने गर्नुपर्दछ ।

मुख, नाक तथा आँखामा हात सफा नगरी छुनुहुंदैन ।

 रुघाखोकी लागेको बेला रक्सी खानुहुँदैन ।

 आफुले काम गर्ने अर्थात हातले छुने ठाउँलाई सफा गर्नुपर्दछ ।

बाटोमा हिंड्दा वा भिडमा जाँदा मास्क लगाउनुपर्दछ ।

बिरामी हुँदा घरमा आराम गर्ने, प्रशस्त झोलिलो तथा पोषिलो खाने कुरा खानुपर्दछ ।

रुघाखोकी तथा ज्वरो आउने बित्तिकै आफ्नो चिकित्सकसंग परामर्श गर्ने, दिएको औषधि नियमित सेवन गर्ने तथा अपेक्षित सुधार नभए तुरुन्त अस्पताल जानुपर्दछ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x