×

NMB BANK
NIC ASIA

देशका विभिन्न स्थानमा बाढी-पहिरोको उच्च जोखिम, राहत बाँड्न ३ अर्ब रुपैयाँ तयार !

असार १७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १७ असार–मौसम पूर्वानुमान महाशाखाले आज (आइवार) दिनभर देशका केही ठाउँमा १०७ मिलिमिटरसम्म वर्षा हुने पूर्वानुमान गरेको छ । न्यून चापीय रेखा नेपालनजिकै आइपुगेकाले केही दिन भारी वर्षा हुने महाशाखाले पूर्वानुमान गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

महाशाखाका अनुसार आइतवार बिहानैदेखि देशका प्रदेश नम्बर १, २ र ४ का अधिकांश जिल्लामा भारी वर्षा शुरु भएको छ । यस्तै प्रदेश नम्बर ३ का सिन्धुली, धादिङ सहितका जिल्लामा पनि आइतवार बिहानैदेखि वर्षा शुरु भएको मौसमविद् समीर श्रेष्ठले लोकान्तरलाई बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मौषमविद् श्रेष्ठका अनुसार आइतवार राति देशका प्रायः सबै ठाउँमा भारी वर्षा हुने सम्भावना छ । आज साँझदेखि प्रदेश नम्बर ५ र ७ का जिल्लामा भारी बर्सात शुरु हुने महाशाखाले पूर्वानुमान गरेको छ । 


Advertisment
Nabil box
Kumari

आइतवार साँझ प्रदेश नम्बर ५ को बाँके, बर्दिया, दाङ र सल्यानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । 

Vianet communication
Laxmi Bank

प्रदेश १ र ३ का पहाडी जिल्लामा आइतवार बिहानैदेखि बर्सात शुरु भएको छ । आइतवार अपराह्नदेखि प्रदेश २ का बारा, पर्सा र रौतहट तथा प्रदेश १ का तराईका जिल्लामा पनि भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ । 

तराईका जिल्लामा बाढी र डुबानको जोखिम

आइतवार बिहानैदेखि शुरु भएको वर्षाका कारण तराईका जिल्लामा बाढीसँगै डुबानको जोखिम बढेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको बाढी पूर्वानुमान शाखाका अनुसार आइतवार बिहानदेखि शुरु भएको वर्षाले देशका १० वटा नदीमा पानीको बहाव बढेको छ । 

शाखाले कन्काई, कोशी, कमला, बाग्मती नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीमा पानीको बहाव बढ्न शुरु भइसकेको जनाएको छ । 

कमला नदीको जलाधार क्षेत्रमा भारी वर्षा भइरहेकाले सिरहा र धनुषा जिल्लाका केही क्षेत्रमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ । 

यस्तै महाभारत र चुरे पर्वत श्रृंखला भएर बग्ने विरिङ, कन्काई, कमला, खाँडो, गागन, रातु, बागमती, पूर्वी राप्ती, रिउखोला, वाणगंगा, पश्चिम राप्ती, बबई लगायत नदीमा पानीको बहाब बढेर शतर्कता तहसम्म पुग्ने बाढी पूर्वानुमान शाखाले जनाएको छ । 

कस्तो छ विपद् व्यवस्थापनको तयारी ? 

देशका पहाडी जिल्लामा पहिरो र तराईका जिल्लामा बाढी तथा डुबानको जोखिम बढिरहेका बेला सरकारले पनि सम्भावित विपद्को व्यवस्थापनका लागि तयारी तीव्र पारिएको जनाएको छ । 

गृहमन्त्रालय मातहतको विपद् व्यवस्थापन महाशाखाका प्रमुख सह–सचिव केदार न्यौपानेले सम्भावित विपद् व्यवस्थापन र विपद्पछिको उद्दार र राहतका लागि सम्पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताए । 

‘सकेसम्म विपद्पूर्व नै संभावित विपदका घटनाबारे नागरिकलाई सूचित गराएर क्षति कम गर्ने तयारीमा छौं,’ सह–सचिव न्यौपानेले लोकान्तरसँग भने, ‘विपद्लाई रोक्न सकिन्न । घटना भइसकेको अवस्थामा तत्काल उद्दारमा खटिन र उद्दार पछि राहत वितरणलाई प्रभावकारी बनाउन सम्पूर्ण रूपमा तयारी अवस्थामा बसेका छौं ।’

न्यौपानेका अनुसार वर्षाको समयमा हुने विपदका दृष्टिकोणाले बढी जोखिमपूर्ण मानिएका ठाउँमा परिचालन हुन सुरक्षाकर्मीसहित उद्दारकर्मीको टोली तयार भइसकेको छ । विपद्पछिको उद्दारका लागि स्थानीय तहका जनप्रतिनिधिको संयोजकत्वमा उद्दार टोली परिचालन हुनेछ । 

राहत बाँड्न ३ अर्ब रुपैयाँ तयार !

सरकारले तराईका जिल्लामा बाढी तथा डुबान र पहाडी जिल्लामा पहिरोबाट हुने सम्भावित क्षतिपछि प्रभावितहरूलाई अल्पकालीन राहत वितरणका लागि ३ अर्ब रुपैयाँ छुट्याएको छ । 

गृह मन्त्रालयका सह–सचिव न्यौपानेका अनुसार सम्भावित विपद्बाट प्रभावित हुने नागरिकलाई तत्काल राहत वितरण गर्न केन्द्रीय दैवी प्रकोप उद्दार समितिको कोषमा ३ अर्ब रुपैयाँ जम्मा छ । 

उक्त कोषबाट तत्काल आवश्यक राहतका लागि खर्च गर्न सकिने न्यौपानले बताए । 

सम्भावित बाढी, पहिरो र डुबान प्रभावितहरुलाई अल्पकालीन रूपमा वितरणका लागि ७ वटै प्रदेशमा राहत सामग्री तयारी अवस्थामा राखिएको न्यौपानेको भनाइ छ । 

एम्बुलेन्सदेखि हेलिकप्टरसम्म तयारी अवस्थामा

सरकारले ७ वटै प्रदेशमा सम्भावित बाढी–पहिरो र डुबानबाट प्रभावितहरूलाई तत्काल उद्दार गर्न हेलिकप्टरदेखि एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको जनाएको छ । 

आपतकालीन उद्दारका लागि नेपाली सेनाका ३ वटा हेलिकप्टरलाई जतिसुकै बेला पनि ‘मुभ’ हुने गरी तयारी अवस्थामा राखिएको गृह मन्त्रालयका सह–सचिव केदार न्यौपानेले बताए । थप हेलिकप्टर आवश्यक परे सेनासहित निजी कम्पनीका हेलिकप्टर पनि परिचालन गर्न सकिने न्यौपानेको भनाइ छ । 

यस्तै तराईका जिल्लामा बाढी तथा डुबानबाट हुने मानवीय क्षतिलाई कम गर्न सबै स्थानीय तहमा कम्तिमा एउटा एम्बुलेन्ससहित उद्दारका लागि आवश्यक पर्ने गाडीसहितका साधन तयारी अवस्थामा राखिएको न्यौपानले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x