×

NMB BANK
NIC ASIA

सत्तारुढ दलकै सांसद भन्छन्– ‘बजार महंगीले हामीलाई गिज्याइरहेको छ !’

असार १७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १७ असार–बजारमा भइरहेको मूल्यबृद्धि र महंगीले आफूहरुलाई गिज्जाइरहेको सत्तारुढ दलकै सांसदहरुले बताएका छन् । उनीहरुले बजारमा अनुभव गरेर कृतिम अभाव गर्नेमाथि कारवाही गर्न सरकारसँग माग गरेका छन् । 

Muktinath Bank

प्रतिनिधि सभाको आइतवार बसेको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुले बजार अनुगमनलाइ प्रभावकारी बनाएर महंगी नियन्त्रण गर्न माग गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाका खगराज अधिकारीले महंगीले आफूहरुलाई गिजाइरहेको बताए । ‘महंगीले गिजाइरहेको छ, बजार अनुगमन गरेर कृतिम अवाभ सृजना गर्नेलाई कारवाही गर्नुपर्छ’ उनले भने । 


Advertisment
Nabil box
Kumari

नेकपाकै अमृता थापाले कृतिम रुपमा भइरहेको कृतिम अभाव र महंगी नियन्त्रण गर्न बजार अनुगमन गरेर कालाबजारी माथि कारवाहीको माग गरिन । 

Vianet communication
Laxmi Bank

प्रतिनिधि सभाको बैठकमा मूल्यबृद्धि र कालोबजारीको बिषयमा प्रत्येक दिनजस्तो आवाज उठ्ने गरेको छ । 

गृहमन्त्री थापा कमल थापाको फोटोकपी !

बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदले सरकारले काठमाडौंका विभिन्न क्षेत्रमा गरेको निषेधित क्षेत्रको निर्णय फिर्ता नलिएर कांग्रेसको नेतृत्वमा निषेधित क्षेत्र तोड्ने बताए ।

सरकारका पछिल्ला निर्णयबाट आम नागरिक त्रसित भएका र प्रजातन्त्र विरोधीको रुपमा लिएको उनले दावी गरे । ‘यही खालको निर्णय, यसको फोटोकपी ज्ञानेन्द्र सरकारको पालमा तत्कालीन गृहमन्त्री कमल थापाले गरेका थिए । उनले पनि विरोध प्रदर्शनका लागि भक्तपुरको चौर देखाएका थिए’ कांग्रेस सांसद राजन केसीले भने, ‘पुनराबृत्ति दोहोरिएको छ, पात्र फेरिएका छन्, रामबहादुर थापा गृहमन्त्री भएका छन, हिजो कमल थापा थिए, यो लोकतन्त्र विरोधी काम भएको छ ।’

सरकारले निषेधित क्षेत्रको निर्णय तत्काल नसच्चाएमा कांग्रेसको नेतृत्वमा निषेधित क्षेत्र तोडिने उनले बताए । ‘जुन ठाउँमा विरोध गर्छ त्यहाँ निषेधित क्षेत्र घोषणा गरिनु । लोकतन्त्र विरोधी कदम हो, संविधान र मौलिक हक विरोधी कमद हो, प्रतिपक्षको सालिनतालाई कमजोर नलिओस्’ उनले चेतावनी दिए ।  

राज्यका ज्याजतिविरुद्ध आवाज बुलन्द गर्न नपाउनु कहाँको लोकतन्त्र हुन्छ भनेर उनले प्रश्न गरे । ‘आज सत्तापक्षमा रहेका दललाई प्रश्न गर्न चाहान्छु, विगतमा रत्नपार्क र शहीद गेटका रेलिङले के अपराध गरेका थिए ?’ एमालेप्रति कटाक्ष गर्दै केसीले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x