मौद्रिक नीतिको पर्खाइमा नेप्से राताम्मे, बजारमा क्लोजिङको असर ?

असार १७, २०७५

काठमाडौं, १७ असार-मौद्रिक नीतिको पूर्वसन्ध्यामा शेयर बजारमा आइतवार पनि गिरावट अाएकाे छ । निरन्तर घटिरहेको शेयर बजार परिसूचक नेप्से आइतबार १४ दशमलव १ अंकले झर्दै राताम्मे बनेको हो । आइतवार समग्रमा १ दशमलव १७ अंकले घट्दै नेप्से १ हजार १ सय ८४ दशमलव ५३ अंकमा आएको बन्द भयो । 


ADVERTISEMENT


आइतवार दिनभरीमा १ सय ५८ कम्पनीको कारोबार भएको छ ।   जसमा  १९ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 


आइतवर सबै उपसुचकहरु रातो भएका  छन् । जसमा सबैभन्दा बढी बीमा करिब ९० अंकले झरेको छ ।  एफपीओ निश्काशन गरिरहेको नेपाल बैंकको सबैभन्दा बढि ८० लाख रुपैयाँको किनबेच भएको छ ।
बजारमा आरम्भ माइक्रोफाइनान्सका लगानीकर्तालेले प्रति शेयर २७ रुपैयाँ कमाएका छन् । गुमाउनेमा तिनाउ डेभलपमेन्ट बैंक छ । 


बजेटपछि निरास बनेका लगानीकर्ता असार मसान्तमा बजार घट्नै हुँदा त्यहि निरन्तरता भएको विश्लेषकहरु बताउँछन् । 


असारमा बैंकहरुले लोन पनि नदिने हुँदा ब्यान तिर्नै भए पनि शेयर बेच्नुपर्ने दबबाबमा लगानीकर्ता रहँदा बजार घटिरहेको बजार बिश्लेषक तथा लगानीकर्ता धु्रव निरौला बताउँछन् । उनले भने, ‘असार मसान्त क्लोजिङको समय भएकाले बैंकसँगको ब्याज तथा हिसाब किताब मिलाउनुपर्ने बेला र लोन पनि नपाउने भएकाले शेयर निरन्तर बेचिने हुन्छ । यो पोहोर परार पनि हुन्थ्यो यो पाली पनि त्यसैको निरन्तरता हो ।’ 


 तर कम्युनिष्ट सरकारसँग लगानीकर्ताको आशा हँदा हुँदै पनि अर्थमन्त्रीले प्रभावकारी भूमिका खेल्न नसक्दा पनि बजारमा नकारात्मक असर परेको निरौला बताउँछन् ।  


उनले भने, ‘कम्युनिष्ट सरकार आएदेखि नै लगानीकर्ता निराश देखिन्छन्, त्यसमाथि अर्थमन्त्रीले पटक पटक बोलेका अभिव्यक्तिका कारण पनि बजारमा नराम्रो असर परेको छ । अब मौद्रिक नीतिले बजारलाई रामोसँग सम्बोधन गर्नुपर्छ ।’ 
 

असार १७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस