×

NMB BANK
NIC ASIA

फस्ट रनरअप युमिसा : ग्र्याजुएट मोडल बन्ने यात्रामा एक फड्को !

असार १८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १८ असार –एक ग्र्याजुएट मोडल बन्ने यात्रामा निस्किएकी झापा बिर्तामोडकी युमिसा घिमिरेलाई आजभोलि थ्याङ्क्यू भन्न नै भ्याइनभ्याइ छ ।

Sagarmatha Cement
Muktinath Bank

मिस टीन पूर्वाञ्चल (प्रोभिन्स १) को चौथो संस्करणमा फस्ट रनरअप भएपछि उनलाई बधाइ दिनेको ओइरो लागेको हो । आफ्नो सफलतासँगै थप दायित्वसहित यात्रामा एक खुड्किलो उक्लिएको महसुस उनले गरेकी छन् । मोडलिङमा लागेर बिग्रिइ भन्दै कुरा काट्नेहरू समेत बधाइ दिन आउँदा आफूलाई गर्व लागेको युमिसा बताउँछिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक महिना लामो फेसन, स्टाइल, ग्ल्यामर तथा ट्यालेन्ट लगायतका पर्फमेन्सको प्रतिस्पर्धात्मक मोडलिङ मिस टीन २०१८ मा साहसी किशोरी युमिसा फस्ट रनरअपसम्म पुगेकी हुन् । उनी फिनालेमा ‘आमा’ शीर्षकमा अन द स्पट राइटिङमा सेकेन्ड भएकी थिइन् । ग्र्याजुएट मोडल बनेर समाज परिवर्तनको लक्ष्यसहित मोडलिङमा होमिएकी युमिसा, सफलताले आफ्नो अभियानलाई थप सहज बनाएको बताउँछिन् । 


Advertisment
Nabil box
Kumari

कक्षा ११ को परीक्षा दिएर बसेकी युमिसा मिस टिन प्रोभिन्स- १ को चौंथो संस्करणमा फस्ट रनरअपसम्म पुगेपछि आफ्नो करियरमा एक पाइला थप्न सफल भएको बताउँछिन् । ‘मैले बन्द प्रशिक्षणमा जे सिकेँ, त्यो समाज परिवर्तनको अभियानका लागि एक महत्त्वपूर्ण सिकाइ रह्यो । त्यही सिकाइले समाजमा रहेको विकृत सोच परिवर्तन गर्नेछु,’ उनले उत्साहित हुँदै भनिन्, ‘म सबै त्याग गरेर यो क्षेत्रमा काम गरेर देखाउने छु ।’

Vianet communication
Laxmi Bank

अहिलेसम्म नपढी पनि मोडल बन्न सकिन्छ भन्ने तथा राम्रो शरीर भए सबैथोक हुन्छ भन्ने सोचाइ रहेको भन्दै उनले त्यसलाई बदल्दै नर्सिङमा ग्र्याजुएट गर्ने अठोट लिएकी छन् । मोडलले बडी एक्पोज मात्रै गर्ने नजरले सोच्ने हुँदा यसमा काम गरिरहेकाहरूले सोच्नुपर्ने उनी बताउँछिन् ।

प्रतियोगिताअन्तर्गत मिस टीनको ताज भने रुप्सुङ गुरुगाईँले पहिरिएकी छिन् ।  यस्तै सेकेण्ड रनरअप स्वस्तिका संग्रौैला भएकी छिन् । विपमा बस्नेत र इक्षा लिम्बू पनि टप फाइभमा पुग्न सफल भएका छन् ।  

प्रतियोगिताको निर्णायक (जज) बीबीसीका उमाकान्त खनाल, झापाका जेसिसका पूर्वअध्यक्ष विनोद बस्नेत, मिस टीन नेपालकी फस्ट रनरअप मेरी लिम्बू र लाइफ पब्लिकेसन डटकमका सम्पादक
सिद्धार्थ नविन उप्रेती रहेका थिए । प्रतियोगिताका निर्देशक एलसी श्रेष्ठ रहेका थिए । यस्तै प्रतियोगिताको टाइटल स्पोन्सर (मुख्य प्रायोजक) यमाहा ग्रुप रहेको थियो ।

वीरता जेसिज बिर्तामोड र बिर्ता मिडिया एण्ड इन्टरटेनमेन्टको संयुक्त आयोजनामा १३ वर्षदेखि १९ वर्ष उमेर समूहका किशोरीहरूका लागि मिस टिन प्रोभिन्स- १ को चौथो संस्करण सम्पन्न भएको हो ।

प्रतियोगिताको उपाधि विजेतालाई विर्तामोडस्थित बोस्टन एजुकेसन फाउन्डेसनको सहयोगमा अम्बिका नर्सिङ एण्ड पारामेडिकल कलेज बैंग्लोरले नर्सिङमा शतप्रतिशत छात्रवृत्ति, फस्टरनरअपलाई ५० प्रतिशत छात्रवृत्ति र सेकेन्ड रनरअपलाई २५ प्रतिशत छात्रवृत्ति प्रदान गरेको आयोजकको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x