×

NMB BANK
NIC ASIA

वर्षायाम शुरु भएसँगै टाइफाइडका बिरामी बढे, हैजा पनि भेटियो

असार २०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ २० असार– वर्षायामको शुरुआतमा टाइफाइडका बिरामी बढेका छन् ।  दूषित पानी र खानाका कारण टाइफाइडका बिरामी बढेका हुन् ।

Muktinath Bank

गत वर्षको वर्षायामको शुरुआतमा भन्दा अहिले टाइफाइडका बिरामी बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रयोगशाला प्रमुख परमान्द भण्डारीले बताउनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उहाँले भन्नुभयो, “गत वर्ष हप्तामा दुई–तीन जना मात्र टाइफाइडका बिरामी आउँथे, अहिले यो संख्या बढेको छ, अहिले हप्तामा आठ÷नौ जनासम्म यस्ता बिरामी प्रयोगशालाका जाँचमा देखिएका छन् ।”


Advertisment
Nabil box
Kumari

गत वर्ष हैजाका बिरामी टेकुमा आएका थिएनन् तर यस वर्ष वर्षायामको सुरुआतमा नै तीन जनामा हैजा देखिएको बताउनुभयो । वर्षायाम शुरु भएकाले यो संख्या बढ्न सक्ने अस्पतालको भनाइ छ । 

Vianet communication
Laxmi Bank

टेकु अस्पतालमा आएका बिरामीमा आउँका बिरामी भने गत वर्षभन्दा कम देखिएका छन् । 

वर्षा हुने समय शुरु भएकाले सरुवा रोगका बिरामी अझै बढ्न सक्ने अनुमान अस्पतालको छ । गर्मीयाममा पानीको अभाव हुन, वर्षाका कारण पानीका मुहान दूषित भएको पानी पिउँदा र खानाका कारण बिरामीको संख्या बढेको हुनसक्छ । यो संख्या शिक्षण, वीर र पाटन अस्पतालमा पनि बढेको बताइएको छ । 

वीर अस्पतालका प्रयोगशाला विभागका प्रमुख डा हरिशचन्द्र उप्रेतीले हेपाटाइटिस ए, सी र ई तथा पखालाका बिरामी पनि आइरहेको बताउनुभयो । यस वर्ष जेठ र असार १५ सम्म वीर अस्पतालको प्रयोगशालाबाट हेपाटाइटिस ई जाँच गराएका २५ बिरामीमध्ये नौ जनामा हेपाइटिस ई देखिएको थियो । उहाँले भन्नुभयो, “धेरैजसो पानीजन्य रोगका बिरामी टेकु जाने भएकाले हामी कहाँँ कम संख्यामा आउने गर्छन् ।”

निरन्तर वर्षाका कारण पानी, कीट र हावाजन्य रोगको जोखिम बढेको छ । वर्षाका कारण पानीका मुहान् दूषित हुने हुँदा पानी उमालेर मात्र पिउन चिकित्सकले सुझाएका छन् । 

सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन सिधै मुहानबाट ल्याइएको पानी मात्र नभई किनेर ल्याइएको जारको पानी पनि उमालेर मात्र प्रयोग गर्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “जारको पानीमा पनि भर पर्ने अवस्था छैन, गत वर्ष पनि जारको पानी पनि दूषित पाइएको थियो, जारको पानी शुद्धीकराण नगरी पनि बेच्ने गरेकाले जोखिम छ, पानी उमालेर मात्र पिउनुपर्छ ।” 

दूषित पानी, सरसरफाइ नपुग्दा तथा भाइरस र ब्याक्टेरिया संक्रमणले बिरामीको संख्या बढेको असपतालका सरुवा रोग विशेषज्ञ पुनले बताउनुभयो ।

दूषित  पानी, हावा र खानाबाट सर्ने टाइफाइड, हैजा, आउँ, पखाला र रुखाखोकी छिटो एकबाट अर्को व्यक्तिमा सर्ने रोग हो । समयमा उपचार नभए यस्ता रोगले ज्यानसमेत लिन सक्छ । बान्ता हुने, पातलो दिसा हुनु र जीउ शिथिल हुने लक्षण देखिने हैजा रोग ब्याक्टेरियाबाट सर्ने गर्दछ । 

यसबाट बच्न स्वच्छ पानी, सफा शौचालय प्रयोग गर्ने, सफा, ताजा खानेकुरा खाने र साबुनपानीले हात धुने गर्नुपर्ने डा पुनको भनाइ छ ।

अस्पतालमा आउने बिरामीलाई हेर्दा हैजा र पखालाका बिरामीको संख्या बढ्नुको मुख्य कारण दूषित पानी भएकाले पानीमा सचेतता अपनाउनुपर्ने चिकित्सकको सुझाव छ । 

उपत्यकामा हैजाको जोखिम सधैँ रहने गरेको छ । हैजा, पखालासँगै हेपाटाइटिस ए, टाइफाइडजस्ता सरुवा रोगको पनि यो समयमा उच्च जोखिम हुने गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x