कुरिलो खाँदा स्तन क्यान्सर बढ्छ !

असार २०, २०७५

काठमाडौं — कुरिलो तथा अन्य खानेकुरा खान छोड्दा स्तन क्यान्सर नबढ्ने नेचर जर्नलमा प्रकाशित एक आलेखले उल्लेख गरेको छ । 

कुरिलो, माछा र बदाम जस्ता खानेकुराबाट निकालिएको अमिनो एसिड एस्पाराजाइनले स्तन क्यान्सर तीव्र गतिमा फैलाउन योगदान गर्ने क्याम्ब्रिज विश्वविद्यालयको अनुसन्धानले देखाएको छ ।

मुसा र मानिसको ट्यूमर परीक्षण गर्दा वैज्ञानिकहरूले एस्पाराजाइनले रोग फैलाउने जोखिम बढाउने पत्ता लगाए । 

‘एस्पाराजाइन कम खान थाल्दा रोगीलाई फाइदा त हुन्छ तर हामी बिरामीहरूलाई कुनै पनि खानेकुरा चिकित्सकलाई नसोधिकन झ्याप्पै नछोड्नुस् भनी सल्लाह दिन्छौं,’ बेलायतको सबभन्दा ठूलो स्तन क्यान्सर अनुसन्धान च्यारिटी ब्रेस्ट क्यान्सर नाउका प्रमुख कार्यकारी ब्यारोनेस डेलिथ मोर्गनले बताइन् । 

सिन्ह्वाबाट

असार २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस