एनआई सी एशिया बैंकको नयाँ शाखा चारपानेमा

असार २१, २०७५

काठमाडौं, २१ असार- एनआई सी एशिया बैंकको बिर्तामोड नगरपालिका वडा नं २, चारपाने, झापामा स्थापित चारपाने शाखाको बिहिबार एक समारोहकाबिच बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले उद्घाटन गरे ।

नयाँ शाखासँगै  मुलुकभर २२५ शाखाकार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई पुगेको बैंकले जनाएको छ ।

बैंकको वासलातको आकार रू.१७६ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १५० अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १२० अर्ब सहित निजीक्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । 

असार २१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस