×

NMB BANK
NIC ASIA

बढे अटिजमका रोगी, कस्तो हुन्छ यसको लक्षण ?

असार २२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २२ असार –विश्वमा प्रत्येक ५९ जना बालबालिकामध्ये एकजनामा अटिजमको समस्या देखिए पनि नेपालमा कति बालबालिका यसबाट प्रभावित छन् भने यकिन तथ्यांक छैन । 

Muktinath Bank

वर्षेनी १५ प्रतिशतका दरले अटिजमका रोगी थपिँदै गएकामा यसको उपचारका लागि अहिलेसम्म राज्यले कुनै ध्यान नदिएको सम्बन्धित सरोकारवालाले बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अटिजम हुनुको कारण वंशाणुगतलाई आधार माने पनि अझसम्म यसको मुख्य कारण पत्ता लाग्न नसकेको अटिजम केयर नेपाल सोसाइटीकी अध्यक्ष डा सुनिता मलेकु अमात्यले बताइन् ।


Advertisment
Nabil box
Kumari

यस रोगको लक्षणमा बच्चाले आँखामा आँखा नजुधाउने, एक्लै बस्न रुचाउने, बोलेर आफ्ना कुरा व्यक्त गर्न नसक्ने, शब्द वा वाक्य दोहोर्‍याउने र फरक ढंगबाट स्नायुजन्य प्रतिक्रियाहरु देखाउने गर्छन् । 

Vianet communication
Laxmi Bank

नेपालमा कति बालबालिका यस रोगबाट पीडित छन् भन्नेतर्फ कुनै अध्ययन नभएको तर केन्द्रले सञ्चालन गरेका विभिन्न तालीम र थेरापीमा आएका बालबालिकाको संख्याका आधारमा करीब तीन लाख रहेको केन्द्रको अनुमान छ । 

विश्व स्वास्थ्य संगठनले विश्वका एक प्रतिशत जनसंख्यामा अटिजमको समस्या रहेको औँल्याएको छ । दक्षिण कोरियामा हालै गरिएको एक अध्ययनमा त्यहाँका २.६ प्रतिशत व्यक्तिमा अटिजम रहेको पाइएको छ । 

‘अटिजम भएका बिरामीका लागि सबैभन्दा प्रभावकारी उपचार भनेको उनीहरुमा रहेको कमजोरी पक्षलाई अर्थात् सञ्चार र सामाजिक बुझाईलाई ध्यानमा राखी व्यावहारिक सिद्धान्तका आधारमा शिक्षा प्रदान गर्नु नै हो’ डा अमात्यले भनिन् ।

अटिजमका लागि औषधि उपचार नभए पनि उनीहरुमा हुने विशेष लक्षणलाई उपचार गर्न विभिन्न थेरापी र औषधोपचार छ प्रयोग गर्ने भने सकिने उनको भनाइ छ । 

अटिजमका बारेमा अहिलेसम्म कुनै अध्ययन, उपचार केन्द्रको व्यवस्था नभए पनि पहिलोपटक अपाङ्गता अधिकार ऐन, २०७४ मा अपाङ्गता भएका व्यक्तिलाई १० प्रकारमा वर्गीकरण गरेकामा नवौँ स्थानमा अटिजमलाई समावेश गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x