×

NMB BANK
NIC ASIA

अनशनरत इन्जिनियरिङ्गका विद्यार्थी आइसीयूमा भर्ना, स्वास्थ्य अवस्था बिग्रँदै

असार २२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत, २२ असार – मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा बुधबारदेखि आमरण अनसनमा बसेका विद्यार्थीको स्वास्थ्य अवस्था नाजुक बनेको छ ।

Muktinath Bank

आज बिहान प्रेसर बढेर बेहोस भएका कारण विद्यार्थीलाई उपचार गर्न देउती अस्पतालको आइसीयूमा राखिएको छ । विद्यार्थी रोशन बस्नेतलाई आइसीयूमा राखेर उपचार भइरहेको छ । अस्पतालका डा. महेशकुमार खनालका अनुसार अहिले उनको अवस्था स्थिर छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इन्जिनियरिङ्ग संकायलाई स्वायत्त बनाइनुपर्ने, हाइड्रोपावर इन्जिनियरिङ्गको पूर्ण पाठ्यक्रम उपलब्ध गराउनुपर्ने, सम्पूर्ण प्रयोगात्मक कक्षा पूर्णरुपमा सञ्चालन गर्नुपर्ने, १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने, लाइब्रेरीमा पर्याप्त पुस्तक उपलब्ध गराउनुका साथै छुट्टै लाइब्रेरियनको व्यवस्था गर्नुपर्ने र विषयगत दक्ष शिक्षकको व्यवस्था गरिनुपर्ने माग राख्दै ३ जना विद्यार्थीले अनशन शुरू गरेका थिए । 


Advertisment
Nabil box
Kumari

अस्पतालका डा. खनालले विद्यार्थी मिलन बिसीको अवस्था ठिकै रहेको छ भने अर्का विद्यार्थी रत्न शर्माको नाडीको चाल बढेको, प्रेसर घटेको, टाउको दुख्ने, श्वास फेर्न गाह्रो भएकोजस्ता समस्या देखिएको बताए । अहिले आफूले औषधी दिएको र समस्या कम नभएको खण्डमा शर्मालाई अस्पताल भर्ना गर्नुपर्ने परिस्थिति सिर्जना हुने उनले बताए ।

Vianet communication
Laxmi Bank

विश्वविद्यालय प्रशासनले आमरण अनशन बसेको ३ दिन हुँदा पनि कुनै प्रतिक्रिया नदिएको विद्यार्थीको भनाई छ । ‘हाम्रा मागको बारेमा अहिलेसम्म विश्वविद्यालयले केही प्रतिक्रिया दिएको छैन,’ अनशनरत विद्यार्थी मिलन बिसीले लोकान्तरसँग भने, ‘हाम्रो पैसामाथि त विश्वविद्यालयले खेल्यो खेल्यो । हाम्रो ज्यानमाथि पनि खेल्ने षड्यन्त्र गरिरहेको छ ।’ इन्जिनियरिङ्ग संकायमा अध्ययनरत विद्यार्थीका माग पूरा नहुञ्जेल आमरण अनशन बसिरहने उनले बताए ।

आइसीयूमा रहेका अनशनकर्ता विद्यार्थी रोशन बस्नेतले ज्यान गएपनि माग पूरा नभएसम्म आमरण अनशन नरोक्ने बताए । ‘हामीले हाम्रा लागि मात्रै आन्दोलन गरेका होइनौ,’ उनले भने, ‘विश्वविद्यालयको बेथिति हटाएर क्षमतावान जनशक्ति उत्पादन होस् भन्ने हाम्रो चाहना हो ।’

औषधि खर्च च्याम्बरले व्यहोर्ने

अनशनमा बसेका विद्यार्थीको उपचारमा लाग्ने सम्पूर्ण खर्च सुर्खेत च्याम्बर अफ कमर्सले व्यहोर्ने बताएको छ । अनशन स्थलमा पुगेका कर्मसका अध्यक्ष चिन्तामणि शर्माले आफूहरूले सक्दो सहयोग गर्ने बताए । विद्यार्थीको अनशनप्रति ध्यानाकर्षण भएको बताउँदै उनले विद्यार्थीका जायज माग सम्बोधन गर्न प्रशासनलाई आग्रह गरे ।

अनशन स्थलमा हरेक २ घण्टामा स्वास्थ्यकर्मी

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अनशन गरिरहेका विद्यार्थीको स्वास्थ्य अवस्थाको निगरानी गर्न राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालले हरेक २ घण्टामा स्वास्थ्यकर्मी खटाउने बताएको छ । अध्यक्ष अमरबहादुर रानाले उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने र थप उपचार समेत गर्ने गरी टीम खटाइने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x