साउने सोमबारका लागि पशुपतिमा तयारी कम

असार २३, २०७५

काठमाडौँ, २३ असार– साउन महिनाको सोमबारका लागि गरिनुपर्ने आवश्यक पूर्व व्यवस्थापनको विषयमा पशुपति क्षेत्र विकास कोषले अहिलेसम्म कुनै सुरसार गरेकोे छैन । 

विगतमा एक महिना अगावै यहाँ आइपुग्ने बोलबम यात्री र अन्य भक्तजनका लागि के कसरी मन्दिरमा सेवा प्रदान गर्ने भन्ने विषयमा टुङ्गो लगाउने गरिन्थ्यो । 


ADVERTISEMENT

पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत डम्बरबहादुर कार्कीका अनुसार साउने सोमबारका लागि कोषमा केही कार्ययोजना बनिसकेको छैन । कोषको सञ्चालक परिषद्को बैठकले यो विषयमा निक्र्योल गथ्र्यो । 

हालै मन्त्रिपरिषद्ले केही नियुिक्त बदर गर्दा कोषका दुई पदाधिकारीको नियुक्ति बदर हुन गएकाले यहाँ उदासिनता छाएको हो भन्ने लख काटिएको छ, पशुपति मन्दिर आउनेले साउन महिनाको सोमबार के कसो व्यवःथापन गरिँदैछ भनेर सोधखोज गरिरहेका छन् ।

यो पल्ट ७, १४, २१ र २८ गते गरी चार सोमबार परेका छन् । साउन महिना र विशेष गरी यो महिनाको सोमबार महादेवको प्रिय महिना र बारको रुपमा लिइन्छ । 

जलद्रोणी दक्षिण फर्किएको खञ्जनेश्वर महादेव पनि यहीँ रहेको र अजङ्गको विराटेश्वर पनि यहीँ रहेकोले पनि साउन महिनाको सोमबारको पर्वलाई यहाँ महत्वका साथ हेरिँदै आएको छ । 

ओम् बोलवम काँवरिया सङ्घका संयोजक सुनिल ठाकुर (डिल्लीवजार) का अनुसार यहाँ तराइ र भारतबाट समेत प्रशस्त बोलबम आउन इच्छुक रहेका छन् , उनीहरुले यहाँको मन्दिर व्यवस्थापनवारे चासो दिइरहेका छन् ।, गाेरखापत्रमा खबर छ।
 

असार २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस