किन पछुताइन् दीपिका पादुकोण ?

असार २३, २०७५

पद्मावत फिल्मका कारण निकै चर्चा पाएकी भारतीय अभिनेत्री दीपिका पादुकोण यतिबेला समस्यामा परेकी छिन् । पद्मावत चलेको लामो समय भइसक्दा पनि उनले नयाँ फिल्म पाउन सकेकी छैनन् । 

बलिउड अभिनेता इरफान खानको स्वास्थ्यमा समस्या आएका कारण फिल्म ‘सपना दिदी’को सुटिङ स्थगित भयो । जसका कारण दीपिका पादुकोणलाई ठूलो घाटा भयो ।


उनको हातमा कुनै काम परेन । दीपिका सञ्जयलीला भन्सालीसँग ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’मा काम गरेपछि एक वर्षमा एउटा मात्र फिल्ममा काम गरिरहेकी थिइन् ।

अरू फिल्मका लागि निर्मातालाई ‘पर्खनु’ भनेर बसेकी थिइन् । तर,  अचानक कामको अभाव भएपछि दीपिकालाई गल्तीको महसुस भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

उनलाई एकपटकमा दुई वा तीन फिल्ममा साइन गरिराखेको भए हुने तर नगरेकोमा ग्लानिले सताएको भारतीय मिडियाले उल्लेख गरेका छन् । दीपिका ‘पद्मावत’पछि कामको खोजीमा छिन् ।
 

असार २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस