×

NMB BANK
NIC ASIA

कछुवा गतिमा मुक्तकमैया पुनर्स्थापना : १ वर्षमा ३७ जना मात्रै पुनर्स्थापित

असार २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी, २१ असार – मुक्तकमैयालाई पुनस्र्थापनाका नाममा अल्झाई राख्ने विगतको सरकारी रवैया चालू आर्थिक वर्ष पनि दोहोरिएको छ ।

Muktinath Bank

सबै मुक्तकमैयालाई पुनस्र्थापना गर्ने सरकारले आफ्नो नीति तथा कार्यक्रम ल्याएपनि न्यायोचित अनुदानको व्यवस्था नगरिँदा अनावश्यक ढिलासुस्ती भएको हो । चालू आर्थिक वर्षमा कैलालीमा जम्मा ३७ परिवार मुक्तकमैयालाई मात्रै पुनस्र्थापना गरिएको छ । सरकारी प्रतिवद्धता पूरा नभएपछि कैलालीमा अझै ४ सय ९६ परिवारको पुनस्र्थापना हुन बाँकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला भूमि सुधार कैलालीले चालू आर्थिक वर्ष २०७४÷०७५ मा प्रतिपरिवार २ लाख रुपैयाँको दरले जग्गा खरिद गरेर २३ परिवारलाई प्रतापपुर र १४ परिवारलाई धनगढी उपमहानगरपालिकाको फूलबारीमा पुनस्र्थापना गरेको हो । अघिल्लो आर्थिक वर्ष २०७३÷०७४ मा सरकारले सबै मुक्तकमैयालाई पुनस्र्थापना गर्न नसकेपछि चालू आर्थिक वर्षमा एउटा पनि परिवार बाँकी नराखेर पुनस्र्थापना गर्ने प्रतिवद्धता गरेको थियो । तर, प्रतिवद्धता अनुसार पुनस्र्थापनाको काम भने हुन नसकेको हो । अघिल्लो आर्थिक वर्षमा २ सय ९ परिवारको पुनस्र्थापना गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

सरकारले कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ जिल्लामा बधुवा मजदुर सरह जमिन्दारको घरमा पुस्तौ–पुस्तासम्म काम गर्ने कमैयालाई २०५७ साउन २ गते मुक्त घोषणा गरेको थियो । तर, पुनस्र्थापनाको कार्यलाई अल्झाइ राख्ने सरकारी रवैयाका कारण १८ वर्ष पुग्नै लाग्दा समेत पुनस्र्थापनाको कार्य पूर्णता नपाएको हो ।

Vianet communication
Laxmi Bank

भूमिसुधार कार्यालय कैलालीका कमैया फाँटका सुपरभाइजर अमरबहादुर चौधरीले सरकारको आफ्नै ढिलासुस्ती, निर्वाचन, थोरै बजेट पठाउनु लगायतको कारणले धेरै परिवारको पुनस्र्थापना हुन नसकेको बताए । ‘सरकारले जम्मा ३७ परिवार पुनस्र्थापनाको लागि बजेट पठाएको थियो,’ उनले भने, ‘हामीले पहिलो चौमासिकमै ती परिवारको पुनःस्थापना गरिसकेका छौं ।’ सरकारले ३७ परिवारलाई पुनस्र्थापना गर्नका लागि कैलालीमा ७४ लाख मात्रै बजेट पठाइएको थियो ।

थप १४ परिवारको पुनस्र्थापना गर्न असार १२ गते २८ लाख बजेट आएपनि कैलालीमा अहिले प्रमुख जिल्ला अधिकारी र जिल्ला भूमिसुधार अधिकारी नरहेकाले पुनस्र्थापनाको काम अगाडि बढ्न नसकेको जनाइएको छ । आएको बजेट फ्रिज हुने लगभग निश्चित रहेको चौधरीको भनाई छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको सरुवा भएपछि अहिलेसम्म निमित्तको भरमा प्रशासन चलिरहेको छ । यसैगरी, भूमिसुधार कार्यालयका प्रमुख मनोहर श्रेष्ठ सेवा निवृत्त भएका छन् । १४ परिवारको पुनस्र्थापना गर्नका लागि भजनी नगरपालिका–२ रजवारामा जग्गा हेरिएको थियो । प्रमुख जिल्ला अधिकारीले जग्गा खरिदको निर्णय पास नगरी सरुवा भएकाले चालू आर्थिक वर्षभित्र अब थप पुनस्र्थापना हुन नसक्ने सुभरभाइजर चौधरीले बताए । उनले अब बाँकी रहेका परिवारको आगामी आर्थिक वर्षमा पुनस्र्थापना हुने जनाए ।

कैलालीमा पुनस्र्थापना गर्नुपर्ने मुक्तकमैयाको संख्या ८ हजार ९ सय १० रहेको थियो । जसमध्ये हालसम्म ८ हजार २ सय ४१ परिवारको पुनस्र्थापना भएको छ । पुनस्र्थापना भइसकेको मध्येबाटै ४ सय ४० परिवारको सट्टाभर्ना गर्नुपर्ने जनाइएको छ । विविध कारणले ती परिवार पुनस्र्थापना भएको ठाउँमा बस्न नसक्ने अवस्था आएपछि सट्टाभर्नाका लागि सूची तयार पारेर पठाएपनि मन्त्रालयले स्वीकृत नगरेको चौधरीले जानकारी दिए ।

त्यसैगरी, १ सय ७३ परिवारको परिचयपत्र खारेज भएको छ । विक्रम सम्वत् २०५८ सालमा परिचयपत्र बनेपछि जग्गा नापको क्रममा कतिपय परिवार सम्पर्कमा नआएको लगायतका कारणले परिचयपत्र खारेज भएको जिल्ला भूमिसुधार कार्यालयले जानकारी दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x