×

NMB BANK
NIC ASIA

मन्त्रीले भनिन् – ‘योजना पारिदिन्छु’ भन्ने गिरोहको पर्दाफास गर्नुस्

असार २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत, २३ असार – भूमि, व्यवस्था, कृषि तथा सहकारी  मन्त्री विमला केसीले ‘बजेट पारिदिन्छु’ भन्दै बजारमा गिरोह सक्रिएको भएको बताएकी छिन् ।

Sagarmatha Cement
Muktinath Bank

पत्रकार महासंघले आयोजना गरेको सञ्चार नीति विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्णालीको विकासमा बाधा पुर्याउन चाहने गिरोहको पत्रकारले पर्दाफास गर्नुपर्ने सुझाव दिइन् । ‘कर्णाली प्रदेशमा विकासका लागि बजेट माग नहुने तर पैसाका लागि बजेट माग हुने प्रवृत्ति बढेको छ,’ उनले भनिन्, ‘अब हामीलाई त्यस्तो कार्य स्वीकार्य हुने छैन । हामी हाम्रै पालमा कर्णालीको गुणात्मक रुपमा विकास गर्न चाहन्छौं, समृद्धि ल्याउन चाहन्छौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री केसीले पत्रकारका समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै पत्रकारसँग सम्वद्ध कार्यक्रमका लागि २० करोड रुपैयाँ बढी रकम विनियोजन गरिएको बताइन् । ‘हामीले छुट्याएको बजेट कम पनि  हुन सक्छ,’ मन्त्री केसीले भनिन्, ‘तर, हामीले विनियोजन गरेको बजेटलाई सदुपयोग गरेर अघि बढ्नुस्, सरकार तपाईहरूको साथमा छ ।’


Advertisment
Nabil box
Kumari

मन्त्री केसीले पत्रकारसँग मिलेर सरकारले सञ्चार नीति ल्याउने बताइन् । ‘केन्द्रले बनाएको नीति नै हामीले मान्नुपर्छ भन्ने केही छैन । यहाँहरूका माग सम्बोधन हुने गरी हामीले आवश्यकता र औचित्यका आधारमा नीति बनाउन तयार छौं,’ मन्त्री केसीले भनिन्, ‘तर, त्यसका लागि यहाँहरूबीच साझा सहमति हुन आवश्यक छ ।’ कर्णाली प्रदेशमा विज्ञापनलाई समान रुपमा वितरण गर्ने, पत्रकारका हकहितमा लागि पर्ने, सहिद पत्रकारका परिवारलाई सहयोग गर्ने जस्ता कार्यहरू गर्ने प्रतिबद्धता उनले जनाइन् ।

Vianet communication
Laxmi Bank

नेपाल कम्यूनिस्ट पार्टीका प्रदेशसभा सदस्य करविर शाहीले पत्रकारका साझा मागसहित संसदमा विधेयक आएको खण्डमा आफूहरूले थप परिमार्जनसहित पारित गर्ने प्रतिबद्धता जनाए । उनले विगतमा धेरै नीति आएपनि कार्यान्वयनमा समस्या हुने गरेको बताउँदै अब कर्णाली प्रदेश सरकारले कार्यान्वयनमा तदारुकता देखाउने बताए । उनले पत्रकारका समस्या धेरै भएको बताउँदै त्यसलाई समाधान गर्न सरकार तयार हुने अपेक्षा व्यक्त गरे ।

प्रदेशसभामा नेपाली कांग्रेसका सचेतक हिमबहादुर शाहीले महासंघले कार्यक्रमबारे स्पष्टता नल्याएको बताए । ‘कस्ता समस्या छन्, के हुन् ? ती हामीलाई जानकारी दिनुपर्यो नि !’ उनले भने, ‘बिना कार्यपत्र कसरी सुझाव दिने ? उनले प्रतिपक्षी दलले पत्रकारका समस्या समाधान गर्न संसदमा विधेयक आएको खण्डमा सहयोग गर्ने बताए ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, पूर्वकेन्द्रीय कोषाध्यक्ष सुर्यमणि गौतम, कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापा लगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको अध्यक्षता केन्द्रीय कोषाध्यक्ष राजेश मिश्रले गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x