×

NMB BANK
NIC ASIA

कर्णालीको समृद्धिका लागि पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड

असार २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत, २३ असार – कर्णाली प्रदेशलाई समृद्ध बनाउन पर्यटन क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

कर्णालीमा पर्यटनको असाध्यै सम्भावना भएको बताउँदै कार्यक्रमका सहभागीले नेपाल पर्यटन बोर्ड र कर्णाली प्रदेश सरकारको सहकार्यमा नयाँ विकल्प खोज्ने र त्यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न लाग्नुपर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आज वीरेन्द्रनगरमा नेपाल पर्यटन बोर्डद्वारा आयोजित आर्थिक वर्ष २०७५/७६ को बजेटबारे अन्तक्र्रिया कार्यक्रममा सहभागी  पर्यटन व्यवसायी चिन्तामणि शर्माले बोर्डले नै कर्णाली प्रदेशमा पर्यटकीय क्षेत्रको विकास गर्न सक्रियता देखाउनुपर्ने बताए ।


Advertisment
Nabil box
Kumari

‘यसअघि हामीलाई बोर्डको कार्यालयसम्म पुग्न धौ–धौ हुने गर्दथ्यो,’ उनले भने, ‘आगामी दिनमा त्यस्तो नहोस् ।’ कर्णालीमा थुप्रै पर्यटकीय गन्तव्य भएपनि पर्यटकीय स्थलको इतिहास र जानकारी कतै नभेटिँदा समस्या हुने गरेको उनले बताए । ‘तिनको इतिहास के हो ? लिपिवद्ध गर्न जरुरी छ,’ उनले भने । पर्यटकीय स्थललाई प्रोफाइलसहित प्रचारप्रसार गर्न सके पर्यटक आकर्षित गर्न सकिने बताए । 

Vianet communication
Laxmi Bank

कर्णालीमा अहिले पनि विभिन्न खालका पर्यटकीय गन्तव्य लुकेर रहेको पत्रकार त्रिभुवन बिसीले बताए । ‘हामी पर्यटकीय क्षेत्रमा अत्यन्तै धनी छौं,’ उनले भने, ‘तर, अब ती पर्यटकीय क्षेत्रको पहिचान गरेर प्रचारप्रसारमा ध्यान दिनुपर्छ र पूर्वाधार विकासको तीव्र तयारी गर्नुपर्छ ।’

कार्यक्रममा पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले कर्णालीमा पर्यटन विकासका लागि सम्भावना सहितको थुप्रै चुनौति रहेको बताए । कर्णालीमा पर्यटक आएपनि उनीहरू गाइडको आवश्यकता रहने बताए । ‘विदेशी पर्यटक आएमा उनीहरूलाई उचित गाइडसहित म्यापको आवश्यक पर्छ,’ उनले भने । 

नेपाल पर्यटन बोर्डका कार्यकारी समिति सदस्य कृष्णकुमार अर्यालले पर्यटनसँग सम्बन्धित बन्ने नीति तथा नियम सहज बनाउन प्रदेश सरकारलाई आग्रह गरे । सरकारको नीति सहज भए मात्र पर्यटनको विकासमा फड्को मार्न सक्ने उनले बताए । प्रदेश सरकारले आफ्नो नीति आफै बनाउने हुँदा पर्यटनका क्षेत्रमा भएका नीतिगत समस्या सल्टाउन समेत उनले सरकालाई आग्रह गरे ।

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले पर्यटकलाई जबर्जस्ती आउनेभन्दा पनि स्वस्फूर्तरुपमा आउने वातावरण सिर्जना गर्नुपर्ने बताए । ‘पर्यटकलाई चाहिने आवश्यक पूर्वाधार तयार गर्न प्रदेश सरकार लाग्नुपर्ने छ,’ उनले भने, ‘अहिले आन्तरिक र बाह्य पर्यटकलाई टिकटमा भएको विभेदलाई हटाउनुपर्छ ।’

हामी सशक्त रुपमा लागेका छौं : मन्त्री बुढा

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले पर्यटनको विकासका लागि सरकार सशक्त रुपमा लागेको बताए । ‘कर्णालीमा पर्यटनको मुख्य आधार भएकाले अहिले तत्काल प्रदेश सरकारले झण्डै ९८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ,’ उनले भने, ‘बजेटबाट कर्णालीमा रहेका पर्यटकीय स्थल वा त्यहाँसम्म पुग्ने पहुँचका लागि पूर्वाधार तयार गर्ने छौं ।’

मन्त्री बुढाले निजी क्षेत्रसँग सहकार्य गरेर कर्णाली प्रदेशलाई पर्यटन गन्तव्यका रुपमा विकास गर्न सरकार लागि परेको बताए । ‘अहिले पूर्वाधार विकासमा सरकार केन्द्रित भएको छ,’ उनले भने, ‘आन्तरिकभन्दा बाह्य पर्यटक भित्र्याउने गरी प्रदेश सरकार लागि परेको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x